बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

नारायणगढ–मुग्लिन सडक पुस २२ गतेसम्म ४ घन्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक पुस २२ गतेसम्म ४ घन्टा बन्द हुने

चितवन– नारायणगढ मुग्लिन सडक आगामी पुस २२ गतेसम्मका लागि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने प्रयोजनका लागि मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको थियो । तर तोकिएको अवधिमा काम नसकिएपछि समय थप भएको हो ।

नारायणगढमुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ। सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ।

एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु