बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

देउवाले एकलौटी निर्णय गरेको भन्दै कांग्रेसका असन्तुष्ट पक्ष छलफलमा

देउवाले एकलौटी निर्णय गरेको भन्दै कांग्रेसका असन्तुष्ट पक्ष छलफलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्ष छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय कार्यसमिति बैठकबाट शुक्रवार आफ्नो कार्यकाल एक वर्ष थप गरेपछि असन्तुष्ट पक्ष थप छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय समिति बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने निर्णय गरेका थिए ।

सभापति देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भएका हुन् ।

बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु पछिल्लो परिस्थिति बारे छलफलमा जुटेका हुन्‌ । बैठकमा नेताहरुबीच सभापति देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ ।

नेपाली कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दल, विभागको संख्या लगायतमा असन्तुष्ट रहँदै आएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु