बिहिबार, चैत २७, २०७६
GokarnaNews

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

काठमाडौं– पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका–९ स्थीत गोकर्णेश्वर ब्याङ्क्वेटमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतिका रुपमा प्याब्सन जिल्ला अध्यक्ष तथा पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ रहेका थिए । यसैगरी प्रमुख अतिथीमा प्रतिनिधि सभा सदस्य कृष्ण राई रहेका थिएभने बिशेष अतिथिका रुपमा प्रदेश सभा सदस्य रामेश्वर फुयाँल, डा बिदुर चालिसे लगायतका ब्यक्तित्वहरु रहेका थिए । यसैगरि अतिथीहरुमा पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, संस्थाका सञ्चालक समितिकी सचिव ज्ञानदेवी श्रेष्ठ, लेखा समितीका संयोजक कृष्ण भक्त श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा सासंद राईले दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा सासंद कृष्ण राईले गत बर्षभन्दा यो बर्ष आर्थीक उपलब्धि हासिल गरेकोमा बधाई दिएका छन् । उनले बचत तथा ऋणकर्ताहरुले पनि आफ्नो जीवनयापनमा अझै प्रगति गरुन भन्ने कामना ब्यक्त गरेका छन् । अबको समय आर्थिक समृद्धि र सामाजिक परिवर्तनको रहेको उल्लेख गर्दै सहकारीले आर्थिक समृद्धिको बाटोमा फ्ड्को मार्न सहयोग पुर्याउने बताएका छन् । नेपाल सरकारको ‘शुःखी नेपाली, समृद्ध नेपाल’को नारालाई हितदेखि नै सहयोग पुर्याउने उद्देश्यले संस्था अगाडी बढाउन राईले सुझाव दिएका छन् । उनले विपन्न बर्गलाई पनि ध्यानमा राखेर केही गर्छु भनेर लागिपर्ने युवालाई सहयोग गर्न आग्रह गरेका छन् ।

यसैगरि प्याब्सन जिल्ला अध्यक्ष तथा पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आ.व. २०७५/७६को बार्षिक प्रतिवेदन सभामा पेश गर्दै गत बर्षभन्दा यो बर्ष झनै आर्थिक उपलब्धि हासिल गरेको बताउदै सञ्चालक समितिका पदाधिकारीहरु, लेखा समितिका सदस्यहरु, शेयरधनी, बचतकर्ता तथा ऋणकर्ताहरुलाई धन्यबाद प्रकट गरेका छन् । श्रेष्ठले सानो सानो रकमको लागि पनि साधारण मानिसहरुले ठुलै दःख खेप्नु पर्ने अवस्था रहेको कारण सहकारी स्थापना भएको बताए । ‘एकका लागि सबै, सबैका लागि एक नै सहकारीता हो’ भन्ने नारालाई आत्मसाथ गर्दै सहकारी अगाडी बढाइएको जानकारी गराए । संस्थाले बिभिन्न रेमिट्यान्सहरुको सुविधा उपलब्ध गराउदै आएको बताउदै आगामी दिनहरुमा पासा ग्वाहाली बचत तथा ऋण सहकारीले बिशेष प्याकेजहरु ल्याउने बताए ।

कार्यक्रमका बिशेष अतिथी तथा प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले सहकारी क्षेत्रको विकास गर्न संविधानले नै स्पष्ट नीति ल्याएको हुदा सबैलाई बचत गर्ने बानीको विकासमा जोड दिन आग्रह गरे । बचत गर्ने बानीको विकासले आर्थिक समृद्धिको खाका कोर्ने भएकोले निकट भविश्यमा बचत रकमले आफ्ना सन्तानको आर्थिक स्तरमा वृद्धि गर्ने र समस्या समाधान गर्दै जाने बताए । उनले सहकारीमार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा जोड दिनु पर्ने बताउँदै उत्पादन र नाफाको व्यवसायको रुपमा लिनुपर्ने उल्लेख गरे ।

कम्प्युटराइज्ड प्रणालीबाट सञ्चालित संस्थाले सदस्यहरुलाई वेष्टर्न यूनियन, एक्सप्रेस मनि र मनिग्रामसँग सहकार्य गरी रेमिटान्स सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

     

सम्बन्धित समाचारहरु

वडा समाचारहरु