बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

‘छपाक’को लफडा के ?

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ रिलिज अघि विवादमा आएको छ ।

राकेश भारतीले फिल्मको कहानी चोरी भएको आरोप लगाउँदै बम्बे हाइकोर्टमा मुद्दा दर्ता गरेका छन् ।

उनको आरोप अनुसार एसिड आक्रमणमा परेकी पीडितको जुन कहानीमा फिल्म बनेको छ, त्यो कथा उनले लेखेका हुन् । फिल्ममा उनलाई लेखकको रुपमा रुपमा क्रेडिट दिइयोस् भनेर उनले अपिल गरेका छन् ।

भारतीले मुद्दा दर्ता गर्ने क्रममा उनको दिमागमा सुरुवाती टाइटल ‘ब्ल्याक डे’ नामबाट फिल्म बनाउने विचार आएको बताएका छन् । सन् २०१५ मा उनले इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स असोसिएशन (आइएमपीपीए) मा यो दर्तासमेत गरेको उनले जानकारी दिए । उनका अनुसार त्यतिबेलादेखि उनी स्क्रिप्टमा काम गरिरहेका छन् र नेरेशनका लागि कोही कलाकार र फक्स स्टार स्टुडियोसमेत थुप्रै निर्मातालाई अप्रोच गरिसकेका छन् ।

भारतीले भने, ‘अपरिहार्य परिस्थितीका कारण प्रोजेक्ट सुरु हुन सकेन । फक्स स्टार स्टुडियोलाई पनि आइडिया सुनाएको थिएँ, जसमा ‘छपाक’ बनेको छ ।’ अदालतमा २७ डिसेम्बरमा यसको सुनुवाई हुनेछ ।

फिल्म ‘छपाक’ दिल्लीकी एसिड आक्रमणकी पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो । यसमा दीपिका लक्ष्मीबाट प्रेरित मालतीको भूमिकामा देखिएकी छिन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु