बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

मोफसलमा हुने फुटबल प्रतियोगिताको तालिका सार्वजनिक (तालिकासहित)

मोफसलमा हुने फुटबल प्रतियोगिताको तालिका सार्वजनिक (तालिकासहित)

अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गरेको छ। एन्फाले आगामी फागुन १ देखि वैशाख ६ गतेसम्म मोफसलमा हुने विभिन्न प्रतियोगिताको मिति मगंलबार सार्वजनिक गरेको हो। एन्फाले सार्वजनिक गरेको क्यालेन्डरअनुसार कतिपय प्रतियोगिताको समय एकैपटक रहेको छ। आगामी फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमती गोल्डकप हुँदै छ।

फागुन ५ देखि १५ सम्म चितवनमा राइनो गोल्डकप, फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा र धरानमा बुढासुब्बा गोल्डकप हुनेछ। फागुन ११ देखि २२ सम्म खप्तड गोल्कप हुनेछ। फागुन २२ देखि चैत १ सम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीम राजर्षी जनक र विरगंजमा विशाल मेमोरियल गोल्डकप आयोजना गरिनेछ।

फागुन २४ देखि चैत ३ सम्म नेपालगञ्जमा नेपालगञ्ज गोल्डकप र चितवनमा भरतपुर गोल्डकप हुनेछ। फागुन अन्तिम साता अर्थात फागुन २९ देखि चैत ८ सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप र धनगढीमा तेस्रो सुदुरपश्चिम गौरी गंगा गोल्डकप तथा चैत ६ देखि १५ सम्म सिमरा गोल्डकप र सुनसरीमा मदनभण्डारी गोल्डकप आयोजना हुनेछ।

चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप हुनेछ। चैत २० देखि २९ सम्म काठमाडौमा एन्फा नकआउट टुर्नामेन्ट र चैत्र २७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गनेल्डकप हुने एन्फाले जनाएको छ।

एन्फाको क्यालेन्डर अनुसार मेचीनगर, एन्फा नकआउट टुर्नामेन्ट, खप्तड गोल्डकप र राईनो गोल्डकपबाहेक अन्य प्रतियोगिताको मिति जुधेको छ।

एन्फाले प्रतियोगिताको मिति दिँदा किन ख्याल गरेन त भनेर एन्फा प्रवक्ता किरण राईलाई सोध्दा उनले भने, ‘आयोजकको माग अनुसार नै हामीले मिति दिएका हौँ। अब क्लवले सबै प्रतियोगितामा सहभागी हुनु भएन र धेरै खेलाडी राख्नुपर्‍यो।’

यस्तो छ तालिकाः

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382