बिहिबार, चैत २७, २०७६
GokarnaNews

सागर बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

सागर बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

काठमाडौं– सागर बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, आत्तरखेलको ओशिस पार्टी प्यालेसमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमको सभापतिको रुपमा सागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी श्रीकृष्ण ज्योती रहेका थिए । यसैगरी कार्यक्रमको प्रमुख अथितीकी रुपमा पुर्व गरिवी निवारण तथा सहकारी मन्त्री एवं नेपाली काग्रेंसका केन्द्रिय सदस्य अम्बिका बस्नेत रहेकी थिईनभने बिशेष अथितीका रुपमा सागर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं नेपाली कागेंस क्षेत्र नं ३ समानुपातिक प्रतिनिधी रामलाल श्रेष्ठ रहेका थिए । कार्यक्रममा पुर्वमन्त्री बस्नेतले दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिईन् ।

कार्यक्रमको प्रमुख अथितीका रुपमा रहेकी पुर्व गरिवी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले जनताको जीवनस्तर उकास्न सहकारीको ठुलो भुमिका रहने बताएकी छन् । उनले जनतामा पुगेर काम गर्ने आर्थिक मोडेल सहकारी भएकोले अझै पनि सहकारीको विषयमा सचेतना बृद्धी गर्न आवश्यक रहेको वताईन् । ‘रोजगारी सिर्जना गर्न उत्पादन बृद्धि गर्नका लागि सहकारीले अझै पनि योगदान गर्नु पर्ने उनको विचार रहेको थियो । उनले खाद्य, उर्जा र पानीको क्षेत्रमा सहकारीले लगानी गर्न आवश्यक भएको बताउदै आर्थिक विकासमा फड्को मार्न सहकारीको ठुलो भुमिका रहने बताईन् ।

बिशेष अथितीका रुपमा रहेका सागर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं नेपाली कागेंस क्षेत्र नं ३ समानुपातिक प्रतिनिधि रामलाल श्रेष्ठले विगतका दिनमा आफुले सहकारी सञ्चालन गर्नका लागि निकै दुःख कष्ट ब्यहोर्नु परेको जानकारी दिदै आफुले संस्थाको साख जोगाईराख्न बाधा अवरोधहरु झेल्नु परेको बताए । आजको दिनमा संसारको कुनैपनि कुनामा सहकारीकै कारण मानिसको जीवनस्तर उठेको उनले बताए । श्रेष्ठले सानो सानो रकमको लागि पनि साधारण मानिसहरुले ठुलै दःख खेप्नु पर्ने अवस्था रहेको कारण सहकारी स्थापना भएको बताए ।

यसैगरी, कार्यक्रमका सभापति तथा सागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी श्रीकृष्ण ज्योतीले आफुले सहकारीको जिम्मेवारी प्राप्त गरेकोमा खुःसी महशुस भएको बताउदै सबै मिलेर सागर बचतको भबिष्य उज्वल बनाई लक्ष्यमा अगाडी बढ्न आग्रह गरेका छन् । काठमाडौं कार्यक्षेत्र भएको सहकारी २०५६ सालमा स्थापना भएको र विगतदेखि यस सहकारीले अत्यन्त कठिन यात्राहरु पार गर्दै आएको बताउदै उनले सागरलाई पुर्नः सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यबाद प्रकट गरे । संस्थाले प्रदान गर्दै आईरहेको सेवा आगामी दिनमा अझै भरपर्दो बनाउन सुझाव दिन आग्रह गरे । ज्योतीले अघिल्लो चार बर्षमा उल्लेखनिय प्रगती हासिल गरेको जानकारी गराउदै बिभिन्न प्याकेजहरुको ब्यवस्था गरेको समेत जिकिर गरे ।

कार्यक्रमका अथितीहरुमा गोकर्णेश्वर नगरपालिकाका वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, वडा नं ९ का अध्यक्ष राजिव थापा, मित्तेरी महिला विकासकी अध्यक्ष प्रमिला शेर्पा, बज्र ईन्टरनेशनल कलेजका अध्यक्ष चन्द्र प्रसाद पौडेल, कानुनी सल्लाहकार श्रीभक्त भडेंल, सामाजिक अभियन्ताहरु बटुकृष्ण ढुङ्गेल, अम्बिका निरौला, सीता थापा लगायत हजारौको संख्यामा शेयरधनी, बचत/ऋणकर्ता, सर्वसाधारण उपस्थीती रहेको थियो । कार्यक्रममा संस्थाको बार्षिक लेखापरिक्षण प्रतिवेदन पेश गरिएको थियो ।

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु