सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

कागेश्वरी मनोहराका मेयरको रबैया नसच्चीए नगरपालिकामा ताला लाग्छ : संयोजक थापा

कागेश्वरी मनोहराका मेयरको रबैया नसच्चीए नगरपालिकामा ताला लाग्छ : संयोजक थापा

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकामा चरम बेथिती,अनियमितता र भष्ट्रचार भएको भन्दै नेपाली कांग्रेसले भष्ट्रचार विरुद्धको अभियान चलाएको छ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले नगरपालिकामा भएका अनियमितता, चरम बेथिती र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारीता लगायतको बिरोधमा अभियान चलाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित मेयर कृष्णहरी थापाले कानुन,नियम ऐनलाई आफु अनुकुल बनाउँदै चरम लापरवाही, मनोमानी र स्वच्छाचारी रुपले अगाडी बढेको भन्दै त्यसको विरोध स्वरुप यो अभियान संचालन गरेको नगर संघर्ष समितिका संयोजक शंकर थापाले जानकारी दिए । उनले मेयर थापा एकलौटी ढङ्गबाट नियम कानुनलाई लत्याएर अगाडी बढ्न थालेपछि आफुहरु बाध्य भएर अभियान चलाउनु परेको बताए । उनले भने ‘नगरपालिका भित्र भएका अनियमितता, वेथितिका बारे मेयरलाईलाई पटक पटक जानकारीसँगै ज्ञापन पत्र बुझाउदा समेत अटेर गर्दै अगाडी बढेका छन् । शिक्षा, स्वास्थ्य,खानेपानी,सडक निमार्णका काम लथालिङ्ग छन् । नगरपालिका भर जथाभावी प्लटिङ भएका छन् त्यसमा मेयरलेनै नगरसभाले गरेका निर्णयलाई वेवास्ता गर्दै स्विकृत दिने, नगरपालिका भित्रका विभिन्न निकाए र संस्थामा आफ्ना मान्छे भर्ती गर्दै भर्तीकेन्द्र बनाएका छन् । यस्ता कानुन नियम विपरितका कार्यको कांग्रेस शक्त विरोधमा छ ।’

संयोजक थापाका अनुसार सरकार सम्पती अन्र्तगतको १५६ रोपनी जग्गालाई मदन भण्डारी फाउन्डेसनका नाममा राख्दै ९ करोडको ठेक्का लगाएर अवैध रुपमा माटो र वालुवा बेच्ने काम भएको छ । सरकारी सम्पती कोही व्यक्ति र संस्थालाई दिन मेयर लागेको भन्दै त्यसको पूर्ण विरोध कांग्रेसले गर्ने बताए । उनले मदन भण्डारी फाउन्डेसनले कुनै जनता र वडासँग समन्वय नगरी ठाडो आदेशमा २५ बर्षे लिजमा लिएको भन्दै त्यसको विरोध समेत गरे ।

संयोजक थापाले नगरपालिका प्रमुखले नगरपालिका स्वास्थ्य प्रमुखमा समेत नगरकार्यसमितिले पारित गरेको ८ आंै तहको कर्मचारी राख्नु पनेर्मा आफ्ना मान्छे भर्ती गर्दै छैटौ तहको कर्मचारी राखेको आरोप लगाए । उनले पटक पटक यसबारे मेयरलाई सचेत गराउँदा समेत अटेर गर्दै कानुनी राज्यको खिल्ली मेयरलनै उडाउँदै आउको बताए ।

थापाले मेयरलेका एक मात्र हर्कत नभई शिक्षामा समेत त्यसै गरेको बताए । उनले भने ‘नगरप्रमुखले संद्यीय ऐन बाझिने गरी आफु अनुकुलको नगर शिक्षा ऐन बनाएर कानूनको ठाडो उलंघन गरेका छन । विद्यालयहरुमा शिक्षक नियुक्ती देखी सरुवामा समेत आफ्ना पार्टीका मान्छे भर्ती गर्ने थलो बनाउँदै आएका छन् । नगपालिका प्रमुखनै संस्थागत रुपमै भष्ट्रचार र अनियमिततामा लागका छन् । ’

अभियान अन्र्तगत संघर्ष समितिले कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु सुदर्शन धिमाल, भाईकाजी अधिकारी ,जीवन थापा तथा वडा सदस्यहरु सहदेव कार्की, शर्मिला थापा कार्की र लक्ष्मण पुरी, बिना थापा, आत्माराम बस्नेत लगायतले नगरपालिका र प्रमुखको रवैया विरुद्ध हातमा कालो पट्टि बाधेर काम गर्दै आएको जनाइएको छ भने कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुद्वारा नगर प्रमुख सम्मिलित औपचारिक कार्यक्रमहरु समेत बहिस्कार गरेका छन् ।

संघर्ष समितीले यहि मङ्सिर २८ गते नगरपालिका भित्रका पेशाकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरुसङ कांग्रेसले अगाडी सारेका माग र नगरपालिकाको हालको अबस्थाबारे अन्तरकृया समेत गरेको थियो ।

नगरपालिका भित्र भएका अनियमितता र मेयरको रवैयाका विरुद्ध पुस ३ र ४ गते नगरपालिका घेराउ कार्यक्रमका साथै मेयरलाई कार्यकक्ष प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको संयोजक थापाले बताए । उनले नगरभित्रको वेथिति, अनियमितता र भष्ट्रचार विरुद्धको अभियान निरन्तर चलाइराख्ने बताए ।

संघर्ष समितिले २७ बुँदे माग प्रस्तुत गर्दै माग सम्बोधन गर्दै मेयर सच्चीएर अगाडी नबढे चरण बद्ध आन्दोलनमा लाग्ने जनाएको छ । मेयर सच्चिएर आएनन् भने नगरपालिकामा ताला लगाउन समेत संघर्ष समिति बाध्य हुनेछ।’ ।
संघर्ष समितिको आयोजनामा गत मंसिर २० मा नगरपालिकाको प्राङ्गण्मा विरोध स्वरुप सभा भएको थियो । जसलाई नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सम्वोधन गरेका थिए ।

उक्त नगरपालिका नेकपाका वरिष्ठ नेता माधव नेपालको चुनावी क्षेत्र समेत पर्दछ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382