शुक्रबार, माघ १०, २०७६
GokarnaNews
OnlineKhabarHub

नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड नाघे

नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड नाघे

काठमाडौं– बहुचर्चित सामाजिक सञ्चाल फेसबुकको प्रयोगकर्ता नेपालमा १ करोड ४ लाख २९ हजार रहेका छन् । यो नेपालको जनसंङ्ख्ष्याको ३४‍।५ प्रतिशत हो । त्यस्तै, फेसबुक चलाउनेमध्ये धेरै जना पुरुष रहेको तथ्यांकले देखाएको छ ।

सामाजिक संस्था विश्लेषण गर्ने नेपोलियन क्याटका अनुसार नेपालमा फेसबुक चलाउनेमध्ये धेरै जसो २५ देखि ३४ वर्ष उमेर समूहका छन् ।

त्यस्तैगरी १२ लाखले इष्टाग्राम र ५७ लाखले फेसबुकको मेसेन्जर चलाउने गरेको तथ्याङ्कले देखाएको छ । फेसबुकको प्रयोगकर्ताको पछिल्लो प्रयोगकर्ताको अनुसार फेसबुकका एक्टिभ प्रयोगकर्ता एसिया महादेशमा रहेका छन् ।

दक्षिण एसियाली राष्ट्र र एसियाली मुलुक मध्ये धेरै फेसबुकका प्रयोगकर्ता भारतमा रहेका छन् । भारतमा २५ करोड भन्दा बढी फेसबुकका प्रयोगकर्ता रहेको जनाइन्छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382