आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

कपनमा युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर काटिदिईन् प्रेमीको लिङ्ग

कपनमा युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर काटिदिईन् प्रेमीको लिङ्ग

काठमाडौं– काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् । काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । प्रहरीसँगको बयानका क्रममा युवतीले प्रेमी युवकले विहेको प्रस्ताव अस्वीकार गर्दा उनको लिङ्ग छेदन गरिदिएको बताएकी छन् ।

फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरुको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न नसकिने जवाफ युवतीलाई दिएका थिए ।

बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक–डेढ वर्षदेखि प्रेममा रहेका जनाइएको छ । पछिल्लो समय युवतीले विवाहका लागि ‘कर’ गर्न थालेपछि युवकले उनीसँग फोन सम्पर्क गर्न समेत छाडेका थिए ।

तर, सोमबार राति प्रेमिकाले अन्तिम पल्ट भएपनि भेट्नका लागि कोठामा आउ न भन्दै बोलाएकी थिइन् । कोठामा दुवैजनाबीच त्यस्तो कुनै विवाद भएको नदेखिए पनि युवतीले चक्कुले युवकको लिङ्ग छेदन गरिदिएकी देखिएको प्रहरीले जनाएको छ ।

लिङ्ग छेदन गरिएका युवाको अहिले काठमाडौंको चावहिलस्थित ओम अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382