आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

सांसद शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सांसद शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो वर्षगाँठको उपलक्ष्यमा आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम–२०७६’ भव्यताका साथ सम्पन्न भएको छ । कामनपा ६ बाग्मतीनगरमा आयोजित कार्यक्रमको आयोजक संघिय सासंद कृष्ण राई र प्रदेश सांसद रामेश्वर फुयाँल रहेका छन् । डा. बिदुर चालिसेले संयोजन गरेको कार्यक्रममा काठमाडौं जिल्ला ईन्चार्ज साबित्रा भुसाल, बिश्वनाथ प्याकुरेल, हिमाल शर्मा, कृष्ण केसी लगायत केन्द्रदेखि नगर कमिटीका सदस्य सर्वसाधारण बुद्धिजीवि को उपीस्थति रहेको थियो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले जनताको माया र सदभावका कारण आफु सेवकको रुपमा काम गर्ने अवसर पाएकोमा धन्यबाद प्रकट गरेका छन् । उनले कार्यक्रममा बाग्मती ब्युटिफिकेसन आयोजना शुरु हुने र पीडित किसानलको माग पनि सम्बोधन हुने बताए । उनले आयोजना र पीडित किसानको समस्याबारे संसदमा समेत पटक–पटक कुरा उठाएको बताए । उनले बाग्मती ब्युटिफिकेसन निर्माण अघि बढाउन सरकारले बिषेश समिती अन्तर्गत कार्य अगाडी बढाएको जानकारी गराए । सांसद राईले आफु निर्वाचित भएर आएपछि गरेका विकास निर्माणका योजना तथा विभिन्न चुनौतिकका बारेमा स्पष्ट पारे । जनताको सेवकको रुपमा काम गर्दा आफुले चुनौतिहरु सामाना गर्नुपरे पनि क्षेत्रको विकासका पक्षमा आएको समस्याहरुलाई हल गर्दै लैजाने बताए । उनले कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय अध्यक्ष प्रचण्डको समय ब्यस्तताका कारण उपस्थीत हुन नसकेको जानकारी समेत गराए ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले विकासका पक्षमा कुनै सम्झौता नगरी अघि बढ्ने बताए । अबको समय आर्थिक समृद्धि सामाजिक परिवर्तनको रहेको उल्लेख गर्दै विकास निर्माणको काममा जनता र सरकारले हातेमालो गर्दै अघि बढ्नका लागि आग्रह गरे ।

कामर्यक्रम सास्कृतिक नाचगानले छुट्टै रोनक बनाएको थियो र चियापान गरि सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382