बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

कुवेतमा प्यारालाईसिस भएका प्रेम वान्तवा राईलाई सहयोग रकम हस्तान्तरण

कुवेतमा प्यारालाईसिस भएका प्रेम वान्तवा राईलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं– भोजपुर नगरपालिका वडा नं १, शिबुखाम स्थायी घर भई रोजगारीको शिलशिलामा कुबेत पुगेका र कुवेतमा रहदा उच्च रक्त चापको कारण बेहोस भई हाल उपचारको क्रममा रहेका प्रेम बान्तवा राई(प्रेम सिहं राई)को वायाँतर्फको हात र खुट्टा प्यारालाईसिस भई नचल्ने अवस्थामा रहेको छ ।

उच्च रक्त चापको कारण बिरामी भइ कुवेतको आदन हस्पिटलमा करिब ९ महिना उपचार गरि वाँयातर्फको हात र खुट्टा नचल्ने अबस्थामा मङ्सिर ६ गते नेपाल आईपुगेपछि दिर्घायु सु–स्वास्थ्य हस्पिटल, नयाँवानेश्वरमा उपचार भई रहेको अभियन्ता छिरिङ तामाङले जानकारी दिएका छन् । नेपालमा आएपछि उनको स्वास्थ्यमा निकै सुधार भएको फिजियोथेराफिष्ट अनिल पाण्डेले जानकारी दिए । उनलाई सहयोग गर्ने सहयोगी हातहरुले एन आई सी एसिया बैंकको खाता नं ०४९७५५६८६२७००१ (प्रेम सिहं राई) मा बचत गरेर उनलाई सहयोग गर्न सक्नु हुनेछ ।

प्रेम राई उपचारार्थको लागि कोरियाका सहयोगी हातहरुबाट संङ्कलन हुन आएको रकम प्रेम राई परिवारलाई लक्ष्मी माया तामाङको हातबाट मिति ०७६/०८/१४ गते शबिारको दिन हस्तान्तरण गरिएको छ। अभियन्ता छिरिङ तामाङले सहयोगी मनहरु प्रती हृदय देखि नै धन्यवाद व्यक्त गरेका छन् । हालसम्म कोरियाबाट सहयोगदाताहरुबाट सङ्कलन भएको रकम र नाम निम्न बमोजिम रहेको छ –

1) सरु लिम्बू 50,000 won
2) बिक्रम जिसि 50,000 won
3)एलेक्स लामा 30,000 won
4) सुमि राई 30,000 won
5) पुश्पा मगर 20,000 won
6) दुर्गा मगर 20,000 won
7) छिरिङ तामाङ (आफै) 1,10,000 won
8) मुकुन्द ढकाल 20,000 won
9)पङ्कज गुप्ता 11,000 won
10) राम चौधरी 10,000 won
11) युब राज मगर 20,000 won
12) मान्य बम्जन 20,000 won
13) आदर्श मगर 25,000 won
14) अजय राय 20,000 won
15) सुश्मा ढकाल 20,000 won
16) टीका हाङ लिम्बु 20,000 won
17) सन्देश राई 20,000 won
18)बिनिता पाख्रीन 15,000 won
19)ह्यरी थापा 14,000 won
20) किरण गुरुङ 30,000 won
21) सुशील तामाङ 20,000 won
22) अभिषेक गुरुङ 30,000 won
23) निर्मल ओलि 20,000 won
24) मन हरि अधिकारी 20,000 won
25)राकेश ओलि 21,000 won
26) अर्जुन भण्डारी 20,000 won
27) मीन बा.तामाङ 10,000 won
28) टीका कठेत 20,000 won
29) दिल मगर 20,000 won

जम्मा = 7,50,000 (ने रु ७२,३७१)

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु