सोमबार, साउन २६, २०७७
GokarnaNews

नेपालले दियो माल्दिभ्सलाई १६४ रनको लक्ष्य

नेपालले दियो माल्दिभ्सलाई १६४ रनको लक्ष्य

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। नेपालको तर्फबाट आठौं नम्बरमा आएका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए। उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए। उनले १६ बलमा ४० रन बनाए ।
माल्दिभ्सले अन्तिम ओभरमा मात्रै २४ रन दिएको थियो। यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए।

माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिए।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु