शुक्रबार, माघ १०, २०७६
GokarnaNews
OnlineKhabarHub

गल्फमा सुवास तामाङले जिते दुई स्वर्ण

गल्फमा सुवास तामाङले जिते दुई स्वर्ण

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । व्यक्तिगत र टिम इभेन्टतर्फ तामाङले स्वर्ण जितेका हुन् ।

सुवासले बंगलादेशका मोहमद फरहादलाई पराजित गरे । यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जिते ।त्यसैगरी महिला तर्फ नेपालले टिमतर्फ कास्य जितेको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले दोहोरो स्वर्ण हासिल गरेको छ । नेपालका लागि सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फ दुई स्वर्ण जितेका छन् ।

तामाङको जितसँगै सागमा नेपालले गल्फमा जितेको यो पहिलो स्वर्ण हो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382