शुक्रबार, माघ १०, २०७६
GokarnaNews
OnlineKhabarHub

जोरपाटी-सुन्दरीजल सडकखण्ड निमार्ण कार्यको लागी घर-टहरा भत्काउन सुरु

जोरपाटी-सुन्दरीजल सडकखण्ड निमार्ण कार्यको लागी घर-टहरा भत्काउन सुरु

काठमाडौं – बर्षैदेखी हिलाम्मे धुलाम्वे र अस्तव्यस्त बन्दै आएको सुन्दरीजल जोरपाटी सडकखण्ड विस्तारको काम अगाडी बढेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त कुमार नेम्बाङको उपस्थितीमा सिहंदरवारमा भएको बैठकमा सडक विस्तारलाई तत्काल सुरु गर्ने बारे हिजो(विहिबार) भएका निर्णयको कार्यान्यवन स्वरुप आजदेखी निमार्ण कार्यको सुरुवात भएको हो ।

सडक निमार्ण कार्यलाई सुरुवात गर्न प्रतिनिधि सभा सदस्य कृष्ण राई,भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायका सचिव देवेन्द्र कार्की,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, सांसद रामेश्वर फुँयाल,काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि सहितको टोली आज जोरपाटी पुगेको थियो । गोकर्णेश्वर नगरपालिकाका प्राविधिकटोलीले ७ किमीमा रहेको उक्त सडकखण्डको चौडाई २२ मिटर कायम गराउने कार्यमा नापजाँच र सिमांकन गरेपछि सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य जोरपाटी चोकबाट सुरु भएको हो । सडक छेछाउका घर टहरा र रुख कटान गरी बाटो क्लीयर गराउँने जिम्मा स्थानिय सरकारले गर्ने निर्णयमा उल्लेख थियो ।

बिहिवार सिंहदरवारमा बसेको बैठकले सडक निमार्णका बारेमा विभिन्न ५ निर्णय गराएको थियो । जसमा जोरापाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरुलाई १ महिना भित्र स्थानिय सरकार( गोकर्णेश्वर नगरपालिका)ले हटाउनु पर्ने,विद्युत पोलहरु हटाउने सम्बन्धमा विद्युत प्राद्यिकरणले तत्काल कार्य सुरु गर्ने, उक्त सडकमा पर्ने टेलिफोनका तारवार व्यवस्थापन गर्ने जिम्मा नेपाल टेलिकमले लिने, खानेपानी तथा सरसफाईसँग समन्वय गर्ने र ०७७ असार मसान्त सम्म ठेकेदार कम्पनी(आषिस सिएम जेभी कम्पनी)ले साइड क्लिएर भएका स्थानमा कालोपत्रे गरीसक्नु पर्ने लगाएतका निर्णय भएका थिए ।

बैठकमा काठमाडौं क्षेत्र नम्बर ३ मा सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की, विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

केन्द्रिय योजनामा परेको उक्त आट्रियल सडक २२ मिटर चैडाई हुनेछ । सो सडक ७ किमीको रहेको छ ।

०७३ असारमा भएको ठेक्का सम्झैतामा ०७५ असारमा सकि सक्नुपर्ने सम्झौता पुरा नभएपछि स्थानियवासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै विभिन्न समयमा अवरोध समेत गर्दै आएका थिए । अव सडक निमार्ण कार्यको सुरुवातले स्थानिय हर्षीत बनेका छन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382