सोमबार, साउन २६, २०७७
GokarnaNews

गोकर्णेश्वर नगरपालिकाले ऐन मिच्चै अवैध पत्र दिदैं,नुवाकोटको वालुवा उद्योग गोकर्णेश्वरमा कसरी ?

गोकर्णेश्वर नगरपालिकाले ऐन मिच्चै अवैध पत्र दिदैं,नुवाकोटको वालुवा उद्योग गोकर्णेश्वरमा कसरी ?

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले कानुन र नियमको खिल्ली उडाउँदै अवैध रुपमा पत्र दिएको पाइएको छ । नगरपालिकाले मनोमानी ढङ्गबाट एक वालुवा तथा ढुङ्गा उद्योगलाई खानी संचालन तथा वालुवा प्रशोधन संचालनको लागी स्विकृत पत्र दिएको पाइएको हो ।

नगरपालिकाले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ लाई सम्बोधन गर्दै पत्र दिएको छ । महानगरपालिका भित्र पर्ने कम्पनी वा कार्यालयलाई वडा ३१ले पत्र दिनुको साटो गोकर्णेश्वर नगरपालिकाले पत्र दिनुले स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार नियम कानुन भन्दा वाहिर गएर खानी तथा प्रशोधन अनुमती दिनुले ऐनकै खिल्ली उडाएको देखिएन र ?  

नुवाकोट जिल्लाको ओखरपौवा गाविस वडा नम्बर १ मा उद्योग रहने गरी कम्पनी दर्ता तथा कम्पनीको प्रबन्ध पत्रमा उक्त कुरा उल्लेख भए पनि उक्त उद्योग गोकर्णेश्वर ३ मा धमाधम चलिरहेको छ । सो कम्पनीको प्रबन्ध पत्रमा कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शंखमुल रहने जनाइए पनि कम्पनीको कर्यालय मात्र नभई उद्योग नै गोकर्णेश्वरमा चल्दै आएको देखिन्छ ।

तेती मात्र होइन नगरपालिकाको गम्भीर लापरवाही के देखिन्छ भने प्रमाणीत कागजातका आधारमा गोकर्णेश्वर नगरपालिकाले सो कम्पनीलाई कुनै आधारमा नत कुनै पत्र काट्न मिल्छ नत स्विकृत दिननै । तर नगरपालिकाले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ लाई सम्बोधन गर्दै पत्र दिएको छ । महानगरपालिका भित्र पर्ने कम्पनी वा कार्यालयलाई वडा ३१ले पत्र दिनुको साटो गोकर्णेश्वर नगरपालिकाले पत्र दिनुले स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार नियम कानुन भन्दा वाहिर गएर खानी तथा प्रशोधन अनुमती दिनुले ऐनकै खिल्ली उडाएको देखिएन र ?

यसबारे सम्बन्धीत निकाय मात्र नभई काठमाडौं महानगरपालिकाले समेत चासो दिनुपर्ने होइन र ?
यस्ता अन्धधुन्ध पत्रले प्राकृतिक स्रोत साधनको दोहन गर्न राज्य निकायनै लागेको देखिन्छ । लाखौं रकमको चलखेलमा गोकर्णेश्वर नगरपालिकाले यस्ता पत्र काट्ने कार्य गर्दै आएको स्रोत बताउँछ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु