सोमबार, साउन २६, २०७७
GokarnaNews

न्यूरोडबाट ६ लाख ५० हजार सहित सात जुवाडे पक्राउ

न्यूरोडबाट ६ लाख ५० हजार सहित सात जुवाडे पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौंको न्यूरोडबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार राति न्युरोडको रंजना गल्लिको एउट घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहीरीले उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका प्रदीप श्रेष्ठ, रमेश थापा, रबिन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ रहेका छन्। त्यस्तै,काभ्रेका चन्द्र लामा र ओखलढुङ्गाका कुमार केसी पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

केही समयदेखि त्यहाँ चन्द्र लामाले जुवाको अड्डा सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु