मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नेकपा दक्षिणकाली नगर कमिटीले पायो पूर्णता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पाएको छ । नेकपा काठमाडौं जिल्लाले दक्षिणकाली नगर कमिटीलाई पूर्णता दिएको हो । काठमाडौं भित्रका ९ नगर मध्ये पहिलो नगर कमिटीको पूर्णता पाउनेमा दक्षिणकाली रहेको छ । जिल्लाले नगर कमिटीमा ८१ सदस्यीय नगर कमिटी र २७ सदस्यीय नगर सचिवालय चयन गरेको हो ।

सोमवार फर्पीङमा नगर कमिटीले आयोजना गरेको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रमका बिच ९ वटै वडा अध्यक्ष र सचिवको समेत टुङ्गो लगाएको हो ।
नेकमा प्रदेश ३ सहइन्चार्ज हितमान शाक्य,नेकपा काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल, नेकपा केन्द्रीय सदस्य एव्म काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, नेकपा काठमाडौं जिल्ला सचिव हिमाल शर्मा लगाएतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ चयन भएका वडा कमिटी अध्यक्ष र सचिवलाई नेता शाक्यले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एव्म जिल्ला अध्यक्ष कृष्ण राईले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा सम्पूर्ण कार्यकर्ता आ– आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न निर्देशन दिए । दक्षिणकाली वडा ३ मा हुन लागेको अध्यक्ष पदको उपनिर्वाचनमा नगर कमिटीले ध्यान दिदै पार्टीका कार्यक्रम र योजनालाई जनातमाझ पु¥याउन समेत निर्देशन दिए । उनले जनताका समस्या र आवाजलाई नगर कमिटीले सुल्झयाउँदै अगाडी बढ्नु पर्ने धारणा राखे । अध्यक्ष राईले अन्य नगर कमिटीले पनि छिट्टै पूर्णता पाउने जानकारी दिए । चयन भएका वडा अध्यक्ष र सचिवलाई अध्यक्ष राईले बधाई तथा शुभकामना समेत दिएका थिए ।