बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

दिपावली,नेपाल सम्वत तथा छठको अवसर पारेर लाइन्स क्लब इन्टरनेशनलले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

दिपावली,नेपाल सम्वत तथा छठको अवसर पारेर लाइन्स क्लब इन्टरनेशनलले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

काठमाडौं – लाइन्स क्लब इन्टर नेशनल र डिष्ट्रीक (जिल्ला) ३२५ ‘ए’ १ अन्र्तगतका क्लबहरुको आयोजनमा दिपावली , छठ र नेपाल सम्बत ११४०  को अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

नजिकिदै गरेका पर्वहरुलाई लक्षित गरी क्लबले कात्तिक ८ गते (शुत्रबार) शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो ।

लाएन बिष्णुभाई श्रेष्ठको संयोजकत्वमा शुभकामना आदान प्रदान कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रम नक्सालमा रहेको स्टार भेन्युमा ४ बजेबाट संचालन हुने आयोजक क्लबले जनाएका छन् ।

जिल्ला ३२५ ए  आई अन्र्तगतका क्लबहरुमा लाइन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर,लाइन्स क्लब अफ काठमाडौं सिम्रिक,लाइन्स क्लब अफ गुप्ता गणेश,लाइन्स क्लब अफ वागमती नर्थ,लाइन्स क्लब अफ माकलवारी,लाइन्स क्लब अफ काठमाडौं एकेडेमिक,लिइयो क्लब अफ काठमाडौं गोकर्णेश्वर, लिइयो क्लब अफ काठमाडौं सिम्रिक रहेका छन् ।

आयोजकले सम्पूर्ण लाएन मेम्मवर ,र क्लवहरुलाई उपस्थितीको लागी अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु