आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

तिहार नजिकिएसँगै चोरीका घटना बढे: गोकर्णेश्‍वरबाट १ लाख ७५ हजार बराबरको गरगहना चोरी

तिहार नजिकिएसँगै चोरीका घटना बढे: गोकर्णेश्‍वरबाट १ लाख ७५ हजार बराबरको गरगहना चोरी

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीमा चोरीका घटनामा वृद्धि भएको छ । चाँड पर्वको बेलामा चोरीका घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्ने गरेको छ ।

आइतवार गोकर्णेश्‍वर नगरपालिका–५ गोकर्ण भैरव चोक बस्ने कृष्ण हरि कार्कीको घरबाट करिब १ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका–८ घर भएका २८ वर्षीय दिपक गौतमको कोठाबाट करिब ४ लाख २० हजार रुपैयाँ मूल्य बराबरको सुनका बिभिन्न किसिमका गरगहना आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ शिव चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका कुमार नेपालीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु