बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

अर्घाखाँचीको मालारानी ५ मा निःशुल्क स्वास्थ्य शिविर हुँदै

अर्घाखाँचीको मालारानी ५ मा निःशुल्क स्वास्थ्य शिविर हुँदै

काठमाडौं – नवदिप युवा क्लबको आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा ५ मा कार्तीक २ गते (शनिवार) क्लवले १ दिने निशुल्क स्वास्थ्य शिविर राख्ने भएको हो । नवदिप युवा क्लब आयोजक रहेको उक्त कार्यक्रमको सह-आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको छ । शिविरको सहकार्य मालारानी गाँउपालिका वार्ड नम्बर ५ ले गरेको छ भने मुख्य प्राविधिक सहयोगमा चौराह हस्पिटल प्रा.लि.,बुटवल,सह–प्राविधिक सहयोगमा सि एण्ड सि हस्पिटल,जितपुर रहेको छ ।

त्यस्तै कार्यक्रमको सहयोगी संस्थाहरुमा अन्जना ग्रुप प्राइभेट लिमिटेड,बुटवल, न्यू नेपाल रेमिट,बुटवल , लालीगुराँस इन्जीनियरिङ कन्सल्टेन्सी,बुटवल, रुमाली कटेड,अर्घाखाँची रहेका छन् साथै अन्य विभिन्न व्यक्ति तथा फार्मेसीहरुबाट समेत सहयोग भएको क्लबले जनाएको छ ।

शिविरमा महिला तथा प्रसुती रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल फिजिसियन, फेमली र दन्त रोग विशेषज्ञहरुको टोलीले सेवा दिने क्लबका सचिव बिष्णु आचार्यले जानकारी दिएका छन् ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि निशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुर्य कुवरले बताए । आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई लक्षित गर्दै शिविर आयोजना गर्न लागिएको अध्यक्ष कुवरको भनाई थियो ।
शिविर मालारानी गाउँपालिका वडा ५ स्थिीत वाँगी स्वास्थ्य चौकीमा विहान ९ बजे देखी वेलुका ४ बजेसम्म संचालन हुनेछ ।

रोग लुकाएर, पालेर होइन,उपचार गरेर स्वस्थ जिवन जिउन आग्रह गर्दै क्लबले कार्यक्रमलाई भव्य एव्म सभ्य बनाई सहयोग गरिदिन समेत सम्पूर्ण वडाबासीलाई आग्रह गरेको गरेको छ ।

क्लबले सामाजिक कार्य अन्र्तगत आर्थिक रुपमा समस्यामा परेका विरामी एव्म आर्थिक विपन्नता भएका व्यक्तिहरुलाई सहयोग गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्र्तगत मालारानी गाउँपालिका वडा ५ का विद्यालयहरुमा डस्वीन समेत वितरण गरेको थियो । त्यस्तै गतबर्ष मालारानी वडा ५ भण्डारमा निशुल्क स्वास्थ शिविर संचालन गरेको थियो । उक्त शिविरमा करिव ३ सय विरामी लाभाम्वीत भएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु