करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’

करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’

बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि यो जोडीबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

वास्तवमा, जियो मामी मेला इभेन्टको क्रममा करण जौहरले करिनाले रणबीर र आलियाबारे प्रश्न सोध्छन् । ‘मानौं कि एक दिन यस्तो आयो कि आलिया भट्ट तपाईंकी बुहारी बनिन्, तपाईंको प्रतिक्रिया के हुनेछ ?’ करणको यस्तो प्रश्न सुनेर आलिया लजाउँछिन् भने करिना कपुरले शानदार प्रतिक्रिया दिन्छिन् ।

उनले भनिन्, ‘म यो संसारको सबैभन्दा खुसी महिला हुनेछु ।’

करिनापछि करणको प्रश्नमा आलियाले पनि जवाफ दिइन्, ‘इमान्दारितापूर्वक भन्ने हो भने मैले यसबारे सोचेकै थिइनँ, तर यसबारे म अहिले सोच्न पनि चाहन्नँ ।’ स्मरण रहोस्, आलिया र रणबीर धेरैजसो सँगै देखिन्छन् । जी सिने अवार्डमा आलिया भट्ट र रणबीर कपुरले धमाकेदार डान्स पनि गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु