आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार सात सय रुपैयाँले बढेर ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ६९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु