जनकपुर – बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
सांसद साह पक्राउ परेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले पुष्टि गरे ।सांसद साहले पनि आफू पक्राउ परेको फेसबुक वालमा लेखेका छन् ।
जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको थियो ।
काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको थियो ।