आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

महरालाई अदालत लगियो

महरालाई अदालत लगियो

काठमाडौँ – बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो । प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि हाल नर्भिक अस्पतालमा छन् ।

अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार जिल्ला अदालत काठमाडौँ स्थित सरकारी वकिलको कार्यालय लगिएको हो । उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् ।

प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । महरा र आरोप लगाउने महिलाको फरेन्सिक परीक्षण पनि भइसकेको छ । दुवैको प्रतिवेदन आएपछि अनुसन्धान थप अघि बढ्ने जनाइएको छ ।

महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु