प्रहरीको गाडीमा एम्बुस आक्रमण : कम्तिमा १४ प्रहरीको मृत्यु

प्रहरीको गाडीमा एम्बुस आक्रमण : कम्तिमा १४ प्रहरीको मृत्यु

मेक्सिको –आपराधिक समूहको आक्रमणबाट मेक्सिकोमा १४ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । अरु तीन प्रहरी अधिकारी घाइते भएका छन् ।

मेक्सिकोको पश्चिमी क्षेत्रमा अदालतको आदेश लिएर जाँदै गरेको प्रहरीको गाडीलाई लक्षित गरेर आपराधिक समूहले आक्रमण गरेको हो । मिचोआकान राज्यको एल अग्वाखेमा प्रहरीको गाडीमा एम्बुस आक्रमण भएको मेक्सिकोका सञ्चार माध्यमले जनाएका छन् ।

मेक्सिकोको शक्तिशाली आपराधिक समूह खालिस्को नुइभा खेनेरासिओन कार्तेल आक्रमण गरेको अनुमान छ । प्रहरीको गाडी एल अग्वाखे पार गर्दै गर्दा एम्बुस आक्रमण भएको हो ।

हतियारधारीले प्रहरीको गाडीलाई घेरेका थिए । त्यसपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका हुन्।

आक्रमणमा संलग्नको खोजीका लागि सबै संयन्त्र परिचान गरिएको सरकारी अधिकारीले बताएका छन् । आक्रमण भएको क्षेत्र लागुऔषध उत्पादक तथा तस्करको बाहुल्यता रहेको ठाउँ हो र त्यहाँ भिडन्त हुने गरेका छन् ।

गएको वर्षको डिसेम्बरमा सत्तामा आएका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर लागुऔषध सम्बन्धी अपराध नियन्त्रणमा लिन प्रयासरत छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु