मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

अम्बानीको ड्राइभरले नै बुझ्छन् मासिक लाखौं रुपैयाँ – ड्राइभरको छनोटमा पर्न यी कुराहरु अनिवार्य

एजेन्सी । विश्वकै धनि व्यक्तिहरु मध्य पर्ने मुकेश अंबानीको जीवन शैलीको बारेमा धेरै चर्चा हुने गर्छ। उनि भारतका सबै भन्दा धनि व्यक्ति भएका कारण पनि उनि दक्षिण एसिया क्षेत्रमा राम्रै चर्चा हुने गर्छ।

उनका जीवन शैली देखि लिएर उनको लागि काम गर्ने स्टाफहरुको बारेमा पनि धेरै चर्चा हुने गरेको छ। विश्वका धेरै महंगा घरहरु मध्य एक पर्ने घरमा बस्ने गर्छन् मुकेश अंबानी। यसको अलावा उनिसँग ५०० भन्दा धेरै गाडी रहेको समेत बताउने गरिन्छ।

केही समय अगाडी सामाजिक संजालमा मुकेश अंबानीको ड्राइभरको विषयलाई लिएर धेरै चर्चा भएको थियो। सामाजिक संजालमा एक भिडियो अपलोड गरिएको थियो। जसमा मुकेश अंबानीले ड्राइभरलाई कति तलब दिन्छन् भन्ने तथ्य देखाइएको थियो। साथै ड्राइभर चुन्ने तरिकाको विषयमा पनि भिडियोमा उल्लेख गरिएको थियो।

मुकेश अंबानीको घरको नोकर बन्न पनि धेरै गार्हो रहेको बताइने गरिन्छ। ड्राइभर छनोट गर्नको लागि एक कम्पनीलाई ठेक्का दिइएको छ। उक्त कम्पनीले ड्राइभरको बारेमा गरेका तवरबाट परिक्षण गर्ने गर्छ। कुन सवारी चलाउंदा आइपर्ने अफ्ठ्यारो अवस्थामा कस्तो व्यवहार गर्छ भन्ने कुराको विशेषतः परिक्षण हुने गरेको बताइएको छ।

प्राप्त जानकरी अनुसार मुकेश अंबानी आफ्नो ड्राइभरलाई धेरै राम्रो तलब दिने गर्छन्। जसका कारण उनको घरमा ड्राइभर बन्नको लागि मात्रै पनि धेरै पढे–लेखेका विद्वानहरु समेत अन्तर्वार्तामा भाग लिने गरेको बताइएको छ। उनको घरमा ड्राइभरले मात्रै २ लाख भारतीय रुपैंया तलब पाउने गर्छन्। एक ड्राइभरको लागि यदि धेरै तलव धेरै उच्च मान्ने गरिन्छ।