महोत्तरीमा जङ्गली बँदेलको आतंक बढ्यो

महोत्तरीमा जङ्गली बँदेलको आतंक बढ्यो

बर्दिवास– दसैँको आगमनसँगै किसानहरुसमेत पारिवारिक जमघटमा व्यस्त भएपछि महोत्तरीमा जङ्गली बँदेलले खेत बारीमा बाली सखाप पार्दै आतङ्क मच्चाएको छ ।

जिल्लाका उत्तरी क्षेत्र भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्ती तथा खेत बारीमा बँदेल आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । केही दिनयता एकै पटकमा १०–१२ वटाको सङ्ख्यामा एकै पटक खेत बारीमा पसेर बँदेलले काउली र अन्य तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाउने गरेको छ ।

बँदेलले भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोल बनरा, प्रेमनगर, सीतापुर, धतियाटोल राजपुरमा र बर्दिवास नगरपालिकाको मनहरीपुर, किसाननगर फुलबारीटोल र पशुपतिनगरमा समेत तरकारी बाली नष्ट गरेको स्थानीय किसानहरुको भनाइ छ ।

बँदेलले खेत बारीमा काउली, लौका र काँक्रालाई बढी नोक्सान गर्ने गरेको बर्दिवास–९ पशुपतिनगरका स्थानीय किसान दिनेश मण्डल बताउँछन् । उनले बँदेल आतंक नियन्त्रण गर्न डिभिजन वन कार्यालय र नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लगाए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: