कप्तान पारसले ओमानबाट भने– ‘यसपटकको दशैं खेलेरै मनाइन्छ’

कप्तान पारसले ओमानबाट भने– ‘यसपटकको दशैं खेलेरै मनाइन्छ’

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली ५ देशबीचको टि–२० शृङ्खलाका लागि ओमानमा छ । शनिबारदेखि शुरु हुने शृङ्खलामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेलेर शृङ्खलाको शुरुवात गर्दैछ ।

दशैंको मुखमा विदेश गएको नेपालले यसअघि सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० शृङ्खला खेलिसकेको छ । दशैंमा ओमानमा रहेका नेपाली टोलीका कप्तान पारस खड्काले यो बर्षको दशैं खेलेरै मनाउने बताएका छन् ।

उनले भने,‘यसपालिको दशैं खेलेरै मनाउँछौं । शृङ्खला सकिएपछि नेपाल फर्किएर टीका लगाउछौं,’ कप्तान खड्काले भने,‘खेलाडी जीवन यस्तै हो ।’

सिंगापुरविरुद्धको त्रिकोणात्क शृङ्खलामा ऐतिहासिक शतक प्रहार गरेका कप्तान खड्काले अगाडि भने,‘खेल भएपछि कुनै विकल्प रहँदैन ।’

हङकङसँग खेल्दै शृङ्खला शुरु गर्ने नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: