त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस

त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । १९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।

अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । डाक्टर कोइराला र डा बाँस्कोटा पेशाले चिकित्सक हुन् । त्यस्तै सिफारिसमा परेका डाक्टर पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुन् ।

डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुन् । डा बाँस्कोटा वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । उनी केही समय अघि मात्र नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश भएका हुन् ।

डाक्टर पौडेल चार वर्ष त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका व्यक्ति हुन् । समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ ।

तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एंव शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो । कुलपति प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: