फागुन पहिलो साताबाट शरु हुनेभयो धनगढी प्रिमियर लिग

फागुन पहिलो साताबाट शरु हुनेभयो धनगढी प्रिमियर लिग

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) फागुन पहिलो साता हुने भएको छ । धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने टि२० क्रिकेट लिग डीपीएलको चौथो संस्करण फागुन ३ गतेदेखि १५ गतेसम्म हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

आयोजक डीसीएले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करणको मिति तोकिएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । डीपीएलको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो।

त्यस्तै एभरेष्ट प्रिमियर लिग (ईपिएल) फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने तय भएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: