नीजी विद्यालयले शिक्षामा पु¥याएको योगदानलाई राज्यले उपेक्षा नगरोस् :अध्यक्ष श्रेष्ठ

नीजी विद्यालयले शिक्षामा पु¥याएको योगदानलाई राज्यले उपेक्षा नगरोस् :अध्यक्ष श्रेष्ठ

मानव समाज र राष्ट्रका लागी शिक्षा महत्वपूर्ण मेरुदण्ड हो । शिक्षाले समाजका हरेक पक्षहरु जस्तै सामाजिक आर्थिक,राजनीतिक,नैतीक र व्यवहारिक पक्ष बोकेको हुन्छ । हरेक जाती,भाषा धर्मसँग पनि शिक्षाको अपरिहार्यता गाँसिएको हुन्छ । व्यक्तिका आचरण पनि शिक्षालेनै दिशा निर्देशन गरेको हुन्छ । समग्र राष्ट्रिय राजनीतिको आधार पनि शिक्षाले बोकेको हुन्छ । त्यसैले हरेक तह र तप्कामा शिक्षा अपरिहार्य छ ।पछिल्लो समय शिक्षा क्षेत्रमा अनेकौ विकृती देखापरेका छन् । शिक्षामा व्यापारिकण बढ्दो छ । अस्वस्थ तवरले विद्यालय,कलेज खोल्ने होडबाजी चलिरहेको छ । एकातिर महङ्गो शुल्क लगाएतका कुराहरु समस्याका रुपमा देखा परेका छन् । अर्को तिर एकैदेशमा दुई खाले शिक्षा प्रणाली भए भन्ने जमात पनि उत्तिकै यस्ता यावत समस्याहरु देखा पर्नुको कारण र यसले पारेको प्रभाव साथै शैक्षिक क्षेत्रमा देखा परेका समस्याहरुलाई कसरी समाधान गर्न सकिएला भन्ने बिषयहरुमा केन्द्रित रहेर लामो समयदेखी विभिन्न तह र तप्काका शैक्षिक संस्थाहरुमा आवद्ध हँुदै निरन्तर रुपमा शिक्षा क्षेत्रलाई योगदान दिदैं  आएका निजि तथा आवासिय विद्यालय संगठन प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष एव्म गोकर्णेश्वर नगरपालिका ९ स्थित रहेको विद्या व्यायम इङ्लिस हाई स्कुलका प्रधानाध्यापक  हरीकृष्ण श्रेष्ठसँग गोकर्णन्यूजकर्मी बिष्णु आचार्यले गरेको कुराकानीको सम्पादित अशं

लामो समयदेखी शैक्षिक क्षेत्रमा योगदान दिदै आउनु भएको छ,नेपालको शैक्षिक क्षेत्रको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भएको छ ? 

देशको पछिल्लो शैक्षिक अवस्थालाई नियाल्दा शिक्षा नीती आउने चरणमा छ । संद्यीय शिक्षा ऐन बन्ने तरखरमा छ । अहिले सरकारले जे खालको क्याबिनेटस्तरियमा जुन खालको शिक्षा नीती अगाडी बढाएको छ । त्यसैमा आधारित रहेर शिक्षा ऐन ल्याउन लागेको छ । त्यसले नीजी विद्यालयलाईको अहिले सम्मको योगदानलाई उपेक्षा गरेर, निजी विद्यालयको चाहाना,योगदान, राष्ट्रको आवश्यकतामा यति ठुलो खालको लगानी , यति धेरै रोजगारी दिइरहेको निजी शिक्षालयलाई यो वा त्यो नाममा धरासायी बनाउने , कम्पनीमा चलाउन नदिने,संविधानले दिएको अधिकारलाई समेत शिक्षा ऐन मार्फत नियन्त्रण गर्न खोज्ने , यो जुन खालको हर्कत देखाईरहेको छ । त्यसको विरुद्धमा हामीहरु लागिरहेका छौं । त्यसबारे स्वयम प्रधानमन्त्री , शिक्षामन्त्री लगाएत सम्पूर्ण मन्त्री र सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराइरहेका छौं । नीजी विद्यालयले शिक्षा क्षेत्रमा गुणस्तरिय शिक्षाकोलागी यति ठुलो योगदान पु¥याईरहेको छ । आम अभिभावकको आकर्षणको केन्द्र बनिरहेको छ । आफ्ना थौरै थोरै नीजी सम्पती बैंकका धितो  राखेर राष्ट्रको सेवामा समर्पीत गर्दै जीवनको सम्पूर्ण समयनै शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरुले अगाडी बढाएको शैक्षिक संस्थालाई सरकारले यो वा त्यो नाममा नियोजीत तवरले नियन्त्रण गर्ने कार्यमा लागेको छ । संविधानले दिएको नीजी लगानीबाटै सम्पतीको रक्षा गर्ने प्रदत्त अधिकार पाउनु पर्छ भन्नेमै हामी लागेका छौं । सरकारले पछिल्लो समय सामुदायिक विद्यालय सवलीकरण गर्ने नारा ल्याएको छ । हाम्रो त्यसका कुनै विरोध छैन । हामी पनि सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर लाई पस्किृत गर्दै नीजी विद्यालयमा शिक्षक विद्यार्थीले जसरी गुणस्तर शिक्षाको लागी खट्छ । सामुदायिकमा पनि त्यस्तै होस भन्ने हाम्रो पनि चाहना हो । यो भन्दा अगाडी ०७५ सालको एसईई रिजल्ट हेर्न हो भने सामुदायिकबाट ७० प्रतिशत र नीजीबाट ३० प्रतिशत विद्यार्थी सहभागी भए तर नतिजा हेर्ने हो भने ९० प्रतिशत नीजी विद्यालयले ल्याएको छ । यसले पनि के देखाउछ भने गुणस्तरको हिसावले पनि राष्ट्रको दक्ष जनशक्ति उत्पादन गर्न निज विद्यालयले योगदान दिएको देखाएको छ । सामुदायिक विद्यालयको खस्कदो गुणस्तरका कारण विद्यार्थी विदेश पढ्न पठाउने अभिभावकलाई नीजी विद्यालयको गुणस्तरले यही पढाउन सक्ने खालको वातावरण बनेको छ । यस्तो योगदान दिइरहेका नीज विद्यालयलाई सरकारले सम्बोधन गर्नुपर्छ रक्षा गर्नुपर्छ । कुन खालको सुविधा दिने हो त्यस तर्फ सरकार लाग्नु पर्छ । आम जनताले शिक्षाको विकासका के चाहान्छ, शिक्षाको समृद्धी कसरी हुन्छ ? त्यो भावना बुझेर अगाडी बढ्नुपर्छ । नीजी विद्यालयलाई पनि उसको योगदानलाई उचित र न्यायीक ढङ्गले हेर्दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

प्याब्सन किन विभाजितको स्थितीमा पुग्यो ? एउटै शैक्षिक मुद्धा भएर पनि विभिन्न इसान, एनप्याब्सन, निसान जस्ता संघ किन उदय भए, तिनहरुलाई किन सम्बोधन गर्नु सक्नुभएन ? के प्याब्सनले माथिल्लो वर्गलाई मात्र हेर्न जन्मिएको हो ?

वास्तवमा ०४७ सालदेखी नीजी विद्यालयहरुको पुरानो छाता संगठन भनेकै प्याब्सन नै हो । तेस्रो महाधिवेशन पछाडी केही साथीहरुका भागवण्डाका स्वभाव, पदलोलुप्ताका कारण केही नेतृत्वले असहमति जायर गर्दै एनप्याबसन खोले तर उदेश्य एउटै हुन । तर हामी सबै गोलबद्ध, एकाकार भएर बढ्नुपथ्र्यो , यो संस्थालाई अगाडी बढाउनु पर्थो । तर त्यो हुन नसक्दा एन प्याब्सन जन्मियो तथापी आधारभुत भिन्नता केही पनि छैनन् । तर पनि छुट्टा छुट्टै अस्तित्व रहेका छन् । त्यसैले प्याब्सन केन्द्रिय कमिटीले र काठमाडौं जिल्ला प्याब्सनले पनि सम्पूर्ण नीजी विद्यालयका विभिन्न संघहरु छन् तिनलाई सबैलाई एकबद्ध बनाएर अगाडी बढाउने उदेश्यमा हामी अगाडी बढेका छौं । वास्तवमा तपाईले भने जस्तो कुनै वर्ग छोड्ने र कुनै लैजाने भन्ने प्याब्सनले गरेको छैन । प्याब्सनमा हरेका साना , मझmौला र ठुला जुनसुकै क्षेत्रका विद्यालयलाई समेटिएका छन् । । जसरी पछिल्लो समय विद्यालय खोल्ने , प्याबसनमा आवद्ध नभएर आफ्नै अस्तीत्वमा संघहरु खोल्ने , फुट्ने , जुट्ने सँगै आफ्नो मौलिक अधिकार प्रयोग गरेर सस्था दर्ता गर्ने अधिकार सबैलाई छ। ७,९ ,११ स्कुल मिलेर संस्था दर्ता गर्न सकिन्छ । त्यो मौलिक अधिकार पनि हो । तर हामीले पछिल्लो समय निसानका साथीहरुलाई विभिन्न कमिटीहरुमा स्थान दिएर अगाडी बढेका छौं । त्यस्तै इसानका साथहीरुसँग पनि छलफल चलाइरहेका छौं । एन प्याव्सन सँग पनि एकबद्ध बनाउने काममा लागेका छौं । मैले काठमाडौं जिल्ला अध्यक्षकै रुपमा रहँदै सम्पूर्ण हाम्रा मुद्धा र विषयबस्तु एउटै भएका नीजी तथा आवासिय विद्यालयहरु एउटै हुनुपर्छ त्यसको अगुवा म गर्छु भनेरै अगाडी बढेको छु । त्यसैले आम रुपमा हामी काठमाडौं बाटै एक भएको सन्देश दियो भने त्यसले देशैभर एक किसमको फुटेर होइन जुटेर जानु पर्छ भन्ने सन्देश दिन्छ । त्यसमा हामीहरु लागिरहेका छौं । प्याब्सनमा झण्डै ५ हजार भन्दा बढी विद्यालयहरु छन् त्यसमा काठमाडौंमा मात्रै १ हजारमा ७ सय भन्दा धेरै त प्याब्सनमै हुनुहुन्छ । त्यसैले पनि प्याबसनले वर्ग छाडेको छैन । सबैलाई मिलाएर अगाडी बढाउने प्रयत्नमै काठमाडौं प्याब्सन छ ।

प्याब्सनमा राजनीतिकरण भयो भनिन्छ किन ?

विकुल्लै छैन । राजनीति आस्था र विश्वाससँगै देश परिवर्तन गर्न सबै राजनीति आवश्यक छ । त्यो व्यक्तिको राजनीति गर्ने अधिकारमा हामी कसैले धावा बोल्न सक्दैनौ । तर बाहिर जसरी भन्निछ त्यसको गहिराईमा गएर हेरीयो भने त्यसबाट स्वयम व्यक्ति मुक्त हुन्छन । म स्वयम नेकपाको जिल्ला सचिवालय छु तर म राजनीति गर्ने थलो र आफ्नो राजनीति बिचार सम्प्रेषण गर्ने ठाँउमा विचार सम्प्रेषण गर्ने गर्छु । जव म मेरो पेशा नीजी विद्यालयको, शिक्षक विद्यार्थी , अभिभावकको हक हित र संरक्षणको कुरामा लाग्छु त्यसबेला विशुद्ध शिक्षाका विषयमा विचार विर्मश गर्छु । जव म प्याब्सनको ढोका भित्र छिर्दै गर्दा आफ्नो राजनीती ढोका बाहिर राखेर काम गर्छु । हामीले कार्यक्रम पनि त्यसै अनुरुप ल्याउँदै आएका छौं । हामी सबैलाई गोलबन्द हुन आव्हान गरिरहेका छौं । राजनीति आस्थाका कारण प्याब्सनमा कुनै विभेद हँुदैन । छैन पनि । हरेक राजनीति आस्थाका साथीहरु गोलबन्द हुनुभएको छ ।पार्टीको आस्था को कसमा के छ त्यो व्यक्तिको कुरा हो । सँगै उसको अधिकार पनि हो ।

एकै देशमा दुई खालको शिक्षा प्रणाली जस्तो किन देखिएको छ ? धनीले पढ्ने छुट्टै गरिबले पढ्ने छुट्टै विद्यालयको वातावरण किन सृजित हुँदै गएको छ ?

२०३८ सालदेखी राज्यबाटै आव्हान भईसकेपछि निजी विद्यालयले नियम कानुन सम्बद्ध ढङ्गले आ आफ्नो निकायमा दर्ता भएर नीजी शिक्षालाय खोलेको इतिहास छ । पछि २०४६ पछिको राजनीति परिवर्तन पछी नीजी क्षेत्रलाई राज्यले जुन खालको आवहान ग¥यो । राष्ट्र विकासका नीजी क्षेत्रको आवश्यता छ भनेर जसरी आव्हान भयो त्यो सँगै नीजी विद्यालय उल्लेख्य मात्रमा खोलिएको हो । वास्तवमा नेपाल दुई खाले शिक्षा प्रणाली छैन । एकै खालको शिक्षा पाठ्यक्रम छ । सरकारले बनाएको त्यही पाठ्यक्रमका आधारमा नीजी विद्यालयले पढाईरहेका छन् । जहाँ सम्म भाषा कुरा हो । निजी विद्यालयले करिव ६ ,७ वटा पुस्तकलाई अग्रेजीमा पढाएको छ । तर सामुदायिकले त्यही नेपाली मा पढाएको स्थिती हो । त्यसले नीजीले अंग्रेजीमा सामुदायिकले नेपालीमा देखिएर कतै द्वयत शिक्षा हो की भन्ने भ्रम भएको हो । त्यो भाषाको कुरा मात्र हो । सरकारले मान्यता दिएको पाठ्यक्रम नै पढाएको हो । मान्छेले हेर्दा दुविधा देखिन्छ , वास्तवमा नीजी र सामुदायिकको पाठ्यक्रम (करिकुलम ) एउटै । त्यसैले पढाउने विधी , टेक्नोलोजीका कुरा नीजी विद्यालयका विद्यार्थीका अनुशासनका कुराले गर्दा नतिजा राम्रो आएको अवस्था हो । अभिभावकहरुको जसरी विश्वास र आस्था निजीमा छ । त्यो विश्वास नीजीले कायम गरेका छन् । अव छोराछोरी कहाँ पढाउने भन्ने त अभिभावकको निर्णय हो । त्यसमा नीजी विद्यालयमा अभिभावकले रोजे भने नीजी विद्यालयका संचालकको दोष हुने कुरा त छैन । राज्यले सरकारी विद्यालय पनि अनुशासित ढङ्गले सुव्यव्स्थीत , बालमैत्रि शिक्षा, गुणस्तरीय शिक्षा, प्रविधिलाई जोडेर पढाउने वातावरण तयार गर्ने , त्यहाँका व्यावस्थापक, नागरिक समाज र विद्यालय व्यवस्थापन समितिले त्यही ढङ्गले नीजी विद्यालयको व्यवस्थापन सिकेर अगाडी बढ्यो भए त्यहाँ पनि त शैक्षिक अवस्था राम्रो हुन्थ्यो । अभिभावक किन पैसा तिरेर जान्छ जान्थे ? त्यसैले जसरी अभिभावले सरकारी छाडेर नीजी विद्यलाय रोज्ने लहर चलेको छ । त्यो सामुदायिकले राम्रो गरे ।केही हद सम्म त्यो लहर कम हुन्थ्यो । तर जहाँ गुणस्तरिय शिक्षा, भौतिक संरचना , शैक्षिक वातावरण राम्रो हुन्छ, शिक्षकको मेहनत राम्रो हुन्छ स्वभावैले त्यहाँ जानु पर्छ त्यो वातावरण नीजीले वनाएका छन् । त्यसैले अभिभावकको लहर नीजीमै छ ।

पछिल्लो समय शिक्षामा लागनी बढ्दो छ,अस्वस्थ तवरबाट विद्यालय खोलिने क्रम बढदो छ । के शिक्षा व्यापारिक थलो हो ? व्यापारिकरण गर्न मिल्छ ?
शिक्षा व्यापारिक थलो,  व्यापार पक्कै होइन । तर शिक्षा आर्जन गर्ने सवालमा निशुल्क रुपमा कसैले कसलाई पढाउन , शिक्षा दिन सक्दैन्नै । नीजी विद्यालय संचालन गरेका हामीहरुले शिक्षकलाई तलव दिनु प¥यो, भौतिक संरचना तयार पार्नु प¥यो । हामीलाई सहयोग गर्न त सरकार आउँदैन तलब सरकारले दिदैन ।अब ति शिक्षक, कर्मचारीलाई तलव दिन त तिनै अभिभावकको सहारा लिने हो । शिक्षकले शिक्षा दिन्छ । छोराछोरी पढाएवापत शिक्षक, कर्मचारीको हातमुख जोर्न अर्थ त चाहियो त्यसको व्यवस्थापनको लागी विद्यालयले सरकारले तोकेको र विद्यालय ले निर्धारण गरेको शुल्क लिने हो । जहाँ बढि शुल्क लिनेका कुरा गर्नुभयो त्यसमा सरकारले अनुगमन गर्ने कुरा हो । काठमाडौं भर सरकाले तोकेको सम्म शुल्क लिने वातावरण समेत हाम्रा विद्यलायमा छैनन । केही ठुला ठुला विद्यलायहरुले लिएको रकममा शिक्षा ऐन र नियमावलीले व्यवस्था गरे अनुरुप शुल्कको सवालमा सोही विद्यालयका अभिभावको दुईतिहाई बहुमतले पारित गर्छ भने सुविधा दिएको छ । भने त्यसलाई कानुनले एकातिर अधिकार दिने त्यही शिक्षा ऐन र नियमावली रहेर अभिभावकले तोकिएको शुल्क तिर्न मन्जुर छौ भनेर सिग्नेचर गर्छन भने त्यस्तो अधिकार सोही विद्यालयलाई छ । होला कोहीले भर्ना गर्दै ५० हजार १ लाख सम्म ल्याएका कुरा आएका छन् । त्यसमा सरकारले नियमन गर्नु प¥यो । त्यसता विद्यालयहरुले अभिभावक भेलाले बनाएको निती, अधिकार प्रयोग गरेको छ वा छैन त्यो हेर्नु प¥यो । अभिावकलाई जवरजस्त तिर्न लगाईएको छ की वा अभिभावकले मन्जुरी गरेर आफ्ना छोरा छोरीले यो सुविधा लिए वापत मैले शुल्क तिरे त्यसको अधिकार अभिभावकलाई नै छ । त्यस्तै हरेक समय नीत नियम उंलघन गेर ल्याईयो भनेको सुन्छौ । सम्बन्धीत निकाय कहाँ छ , कारवाहीको दायरामा किन ल्याउँदैन । त्यो गम्भिर प्रश्न हो । केही एकाध विद्यालयले लिएको शुल्कलाई लिएर समग्र विद्यालयलाई त्यही रुपले हेर्ने प्रवती गलत छ यो कुरामा सचेत हुन जरुरी छ ।

प्याब्सनको नजरमा सरकारी नीती नियम र निकायले नीजी विद्यालयलाई कतिको सम्बोधन गरेको छ ? यस क्षेत्रका समस्या के के छन ?

हामीले सरकारलाई केन्द्र, जिल्ला महाधिवेशनबाटै भनिरहेका छौं ।हाम्रा मागहरु यी हुन भनेर बारम्बार भनिरहेका छौं । सरकारले ल्याउँदै गरेको विधेयका हाम्रा १४ बुँदे माग हरु छन । ति मागहरु सम्बोधन भएर आउन भनेर हामीले लेखेरै दिएका छौं । यति मात्र कुरा हो । सरकारले आफ्नो मातहतमा रहेका सरकारी विद्यालय सवलीकरण गर्ने नाममा हामी नीजी विद्यालयलाई उपेक्षा नगरोस । देशको शैक्षिक क्षेत्रलाई हाम्रा विद्यलायले पु¥याएको योगदानको कदर गरियोस । आम अभिभावकले जसरी नीजी विद्यालयलाई छनोटको आकर्षण बनाएका छन् । त्यसमा सरकारले ऐन नीती ल्याएर आफुले पनि गर्न नसक्ने अरुले गरेकोलाई समेत डाहा गरेर नियन्त्रण गर्न प्रवृती हुनु हुँदैन । हामीले सरकारले भनेको मापदण्ड पुरा गरेका छौं । शिक्षा नियमावली अनुसुची २२ लाई पनि मानेका छौं । शुल्क तिरेका छौं , राष्ट्रलाई राजश्व बढाउन समेत नीजी विद्यालयले महत्व पूर्ण भुमिका खेलेको छ । त्यस्तै २ लाख भन्दा बढिलाई प्रत्यक्ष रोजगारको दिईरहेका छौं ।अब सरकारले यसरी नीजी क्षेत्रलाई धरासयी बनाउन खोजे तिनको रोजगारी के हुने ? अझ सरकारी विद्यालय पढाउने शिक्षको तुलनामा निजी विद्यालयका शिक्षकको तलब कम भएता पनि शिक्षकलाई खुसि पारेर यो खालको रोजगार सँगै विद्यार्थीलाई शिक्षा दिने कुरालाई हामी गर्व गछौं ।

नेपाली विधार्थी विदेशीने क्रम बढ्दो छ,  के नेपालमा शैक्षिक प्रणाली,नीती वा विश्वविद्यालय राम्रो नभएर विदेशीने क्रम बढेको हो ?

वास्तवमा एउटा वेभ आएको छ । नेपाली अभिभावमा के सोच पलायो भने छोरा छोरी विदेशमा गएर पढायो भने प्रतिष्ठा बढ्छ, विदेशमा राम्रो पढाई हुन्छ भन्ने खालको भ्रमपूर्ण सोचका कारण पनि यस्तो भएको हो । अमेरीका अष्ट्रेलिया, क्यानडा , जापान जाँदा पढाई सँगै आम्दानी पनि राम्रो देखेर पनि पनि होला । तर प्लस टु सकाउन पाएको छैन आएल्स, टोफेल गर्ने दिमागमा विद्यार्थी र अभिभावकले भर्न थाल्छन यो अत्यान्तै दुःखद कुरा हो । हाम्रा यति धेरै कलेज छन् , विश्वविद्यालय छन् यहि सुविधासम्पन्न छन् । तर विद्यार्थीको लहर वाहिर जाने छ । त्यसमा सरकारको पनि कमजोरी छ । देशको राजनीति परिवेश माहोल ,देशमा रोजगारीको सम्भावना न्युन देख्नु, विकासका कुराले पनि तेता जाने वातावरण सृजित गरेको छ । तर हाम्रो चाहाना के हो भने देशमै विद्यार्थीलाई उच्च शिक्षा दिने, राष्ट्रप्रेमी , संस्कारी र आवश्यक सिपसँग जोडिने खालका शिक्षा नीती ताथा वातावरण सृजना सरकारले गराउनु पर्छ । सरकार,नीजी क्षेत्रले यसबारेमा गम्भिर हुँदै मिलेर देश विकास र रोजगारी सृजना गराउने कार्यमा लाग्नुपर्छ ।

विद्या व्यायमको शैक्षिक अवस्था कस्तो छ ?

विद्या व्यायम ३४ बर्ष अगाडी देखी खोलिएको यस विद्यालयलाई यस क्षेत्रका नागरिक समाज , अभिभावक, शिक्षक र आम नागरिकबाट विद्यालयलाई चिन्ने जुनखालको १ नम्बरमा रहेको विद्यालय भनेर जसरी बुझ्नु भएको छ । त्यो हाम्रो गौरवको कुरा हो । ३४ बर्ष देखी निरन्तर रुपमा अगाडी बढ्दै काठमाडौं प्याब्सनको प्रतिनिधित्व गराउदै अगाडी बढेको विद्या व्यायम आम अभिभावकको रोजाईको केन्द्र बन्नुले यहाँको अवस्था राम्रो छ र सन्तोष जनक छ । हामीले विद्यार्थीहरुलाई पढाउने मात्र नभई विश्व वजारसँग लड्न भिड्न सक्ने किसिमले आईटी क्षेत्रलाई समेत विभिन्न खालले विद्यालयलाई जोडेर विद्यार्थीको चौतर्फी विकासको लागी योजना अगाडी बढाएका छौं । त्यस्तै भौतिक संरचनामा करिव ११ बर्ष देखी नयाँ भवन बनाएर हरियाली देखी बालमैत्री वातावरण बनाउदैं सवल , सक्षम र गुणस्तरिय शिक्षा दिने विद्यालयको रुपमा परिचत गराउन सफल भएका छौं । अभिभावकले शैक्षिक गन्तव्यका रुपमा विद्या व्यामलाई हेर्ने खालको बनाएका छौं । ०४२ सालमा अमृता शर्माले खोल्नु भएको स्कुल तेतीबेला जम्मा ४४ जनाबाट सुरु गर्नु भएको विद्यालयलाई ५५ सालमा आईपुग्दा नियमित रुपमा एसएलसीमा विद्यार्थीलाई प्रवेश गराएका थियौं । त्यस समयमा ११ जना विद्यार्थीले एसएलसी दिएका थिए जसमा ८ जना प्रथम डिभिजनमा उर्तिण भएका थिए भने ३ जना द्धितिय श्रेणीमा उर्तीण भएका थिए । अहिले पछिल्लो ०७५को एसईईमा ३२ विद्यार्थी मध्ये ३.६ अर्थात ए प्लसमा ६० प्रतिशत भन्दा बढी विधार्थीले ल्याए भने ए प्लस ३० प्रतिशत र वी प्लस १० प्रतिशत विद्यार्थीले त्यो ग्रेणमा नतिजा ल्याएका छन् । अहिले सम्म झण्डै १ हजार विद्यार्थी निकाली सकेका छौं । अहिले करिव ६ सय विद्यार्थीलाई अध्यापन गराईरहेका छौं । यस विद्यालयबाट निस्कीएका विद्यार्थी नेपाल एव्म विदेशमा पनि विभिन्न क्षेत्रमा प्रोफेसर देखी डाक्टर , इन्जीनिएर, सुरक्षा निकायमा एसएसपी, एसपी लगाएत खेल क्षेत्रका कराते खेलाडीहरु राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेलाडी बन्न सफल भएका छन् । करिव करिव सबै क्षेत्रमा आफ्नो अब्बलताको क्षमता देखाईरहेका छन् भने केही देखाउने त केही भविष्य कोर्ने बाटोमा छन । त्यसैले पनि यहाँको शैक्षिक वातावरण राम्रो र अब्बल छ भन्न सक्छौ ।

विद्यार्थी अभिभावकले विद्या व्यायमनै किन राज्ने ?

विद्याको पहिलो कर्तव्य गणस्तरिय शिक्षा सँगै, असल, सिपमुलक र संस्कारी विद्यार्थी उत्पादन गर्ने हो । हरेक क्षेत्रमा कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ । जीवन पद्धती सिकाउने थलोका रुपमा लिएर अगाडी बढेका छौं । हामी राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरु ल्याएर विद्यार्थीहरुलाई विभिन्न विषयबारे जानकारी दिने, ट्रेनिङ गराउने लगाएतका जुन खालको वातावरण बनेको छ । त्यसले पनि विद्या व्यायम छान्ने र विद्यार्थीको आर्कषण बढ्दो छ । अभिभावकलाई समेत विभिन्न खालका विद्यार्थीसँग जोडिएका कुराहरुमा काउन्सेलिङ गर्दै , प्रत्येक महिनामा विद्यालय र विद्यार्थीले गरेको रिपोर्टहरु र धारणाहरु सार्वजनीक गछौं । जसले कमी कमजोरीलाई पनि सच्चाउने मौका पाउने र विद्यार्थीका भएको प्रतिभा समेत उजागर गराउने कार्यमा अगाडी बढेका छौं ।त्यसैले पनि विद्या व्यायम छनोटको केन्द्र बनेको छ । हामीले कोही आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेत समेट्ने गरेका छौं । छात्रावृती मार्फत त कोहीलाई शुल्क घटाएर होस ।विभिन्न तवरबाट कोही गरिबी र विपन्ताका कारण शिक्षाबाट बञ्चित नहोस भनेरै यस्ता कार्यक्रम ल्याएका छौं । पैसा नभएरै कोही शिक्षा पाउने अधिकारबाट बञ्चीत हुनुपर्दैन । त्यस्ता विद्यार्थीहरुलाई पनि विद्याले सम्बोधन गर्छ ।हामी जेहन्दार र विद्यार्थीलाई प्रोत्साहन स्वरुप शुल्कमा समेत छुट दिन्छौं । जसरी आर्थिक अवस्था कमजोर भएका , विपन्न परिवारका अभिभावले विद्या व्याममा पढाउने चाहाना र विद्या व्यामको विश्वास गरेर विद्यार्थी ल्याउनुछ भने हामी सहयोग गर्न तयार

छौं ।

असल विद्यार्थी उत्पादनको लागी के गर्नुपर्छ ?

एउटा असल विद्यार्थी उत्पादन गर्न धेरै फ्याक्टरले काम गर्ने गर्दछ । मुल कुरा त उसको उमेर अनुरुपको व्यवहार गर्न जरुरी छ । उसले चाहेको, खोजेको , सद्भावपूर्ण वातावरण र उसको इच्छा कुन क्षेत्र र बिषयमा छ त्यो बुझेर व्यवहार गर्नुपर्छ । हरेक क्षेत्रमा आत्म विश्वासको लेभल बढाउने खालका वातावरण सृजना गराउने, बच्चाले के सिक्छ होईन केमा रमाउँछ, के कुन पक्षमा प्रशिक्षण गराउँदा बच्चाले आत्मसाथ गर्छ । फरक व्यक्ति सँग फरक खालको क्षमता हुन्छ ति क्षमता र प्रतिभालाई शिक्षक अभिभावकले गाइड गर्नुपर्छ । त्यसरी सहि मार्ग निर्देशन गर्दै गएको खण्डमा असल विद्यार्थी उत्पादन हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अन्तिममा के जोड दिन चाहान्छु भने देशको राजधानी काठमाडौं करिव १ हजार भन्दा बढि प्राइभेट विद्यालय छन् । स्वभावैले अन्य जिल्लाको तुलनामा काठमाडौमा बढि छन् । हामीले आम विद्यालय , विद्यार्थी र अभिभावकलाई मध्यनजर गरेर केही ठोस खालका योजना अगाडी बढाईरहेका छौं । सबै खालका प्रविधिमा पोख्त गराउने देखि शिक्षकहरुलाई विभिन्न तालिम दिने , विद्यार्थीलाई विभिन्न क्षेत्रहरुमा सहभागी गरउँदै लैजाने काम गरिहेका छौं ।हामी अस्वस्थ प्रतिस्पर्धामा लागेका छैनौं, सबैले प्रतिस्पर्धामा विशवास गर्छौ । प्रतिस्पर्धाबाट सर्वश्रेष्ठता प्रदान गर्नुपर्छ भन्नेमा आम प्याब्सन लागेको छ । हामी सम्पूर्ण विद्यार्थीलाई पनि भनेका छौं , आफ्ना प्रतिभालाई प्रतिस्पर्धाबाटै निर्खानु पर्छ भन्ने मान्यता लिएर अगाडी बढाउका छौं । हामी आज स्थान सम्म आईपुग्दा विभिन्न चुनौती समस्यासँग लड्दै खारिदै आजको दिनसम्म आएका छौं , त्यो अनुभवलाई अझ परिस्कृत ढङ्गले अगाडी बढाउँदै जानेछौं । विद्या व्यायमले शिक्षामा पु¥याएको योगदान र विद्या व्यायमको योजनलाई सार्थकता पार्दै अझ उचाईमा पु¥याउने छौं । अभिभावकले विद्यालाई गरेको विशवासलाई सधै कायम राख्ने छौं । अन्त्यमा राज्यले नीजी क्षेत्रले पु¥याएको योगदानलाई उपेक्षा नगरोस्, ऐन नियम सबैलाई समेट्ने खालले आउन हाम्रो माग यही हो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: