आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

सडकमा फोहर फाल्ने पुरानो मानसिकता अझै हटेन करोडौंको घर बनाउन सक्छौं तर विडम्बना फोहर फाल्ने डस्विन बनाएर राख्न सक्दैनौंं

सडकमा फोहर फाल्ने पुरानो मानसिकता अझै हटेन करोडौंको घर बनाउन सक्छौं तर विडम्बना फोहर फाल्ने डस्विन बनाएर राख्न सक्दैनौंं

काठमाडौंमा फोहरको समस्या अहिलेको मात्र होईन । यो समस्या बर्षै देखीनै समस्याका रुपमा आएको छ । फोहोर ब्यवस्थापनको समस्या ०५२ ०५३ सालदेखी देखिएको समस्या अहिलेपनि उस्तै छ । सिसडोलमा फोहोर फ्याक्न नदिने लगायतका समस्याहरु काठमाडौबासीले बिगतदेखि नै भोग्दै आएका छन् । भन्नलाई सहज छ । फोहरमा मोहर फलाउने तर त्यसमा आउने समस्या के कति छन् कसता समस्या भोग्नुपर्छ त्यो त्यही व्यवसायमा हातराखेका व्यत्तिलाई मात्र थाहा हुन्छ । विगत लामो समयदेखी काठमाडौंमा देखिएको फोहरलाई व्यवस्थापन गर्ने कार्यमा क्रियाशिल रहेका छन् । व्यवसायी बौद्ध सरसफाई केन्द्रका सदस्य तथा एक्टिभ नेपाल क्लीन सर्भिसका सञ्चालक ओमराज लामा । सिन्धुपाल्चोकमा पिता रामसिहँ लामा र माता सुनमाया लामाको जेठो सुपुत्रका रुपमा जन्मीएका ओमराज सानो उमेरमै काठमाडौं छिरे । करिव ४२ साल तिर आमा बाबुसँग काठमाडौं छिरेका ओमराजले कक्षा १२ सम्मको अध्ययन गरेका छन् ।

आफ्ना नातागोता तथा ईस्टमित्र बौद्ध क्षेत्रमै भएको कारण बालापनदेखि नै बौद्धमा उनको बसोबास रह्यो । उनले बौद्ध क्षेत्रमा यो सरसफाई व्यवसायमा काम गरेको झण्डै २०–२२ बर्ष भईसक्यो । सामाजिक सेवामा रुचि भएका लामा तात्कालिन समयमा बौद्ध क्षेत्रको समस्यालाई नियाल्ने क्रममा बौद्ध क्षेत्रमा फोहोरको समस्या भएको देखे । २०५२÷०५३ सालदेखि नै बौद्ध क्षेत्रका मानिसहरु सडकमै फोहोर फ्याल्ने परिपाटीले उनलाई पिरोल्यो र एउटा संकल्प गरे । अब यस क्षेत्रलाई सरसफाई गर्ने बौद्ध क्षेत्रमा फोहोरको समस्या निकै जटिल अवस्थामा पुगेको देखेपछि फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर अनुसन्धान तथा बुद्धिजिवीहरुसँग परामर्श लिन थाले ।

बौद्ध क्षेत्रको फोहोर ब्यवस्थापनकै लागि उनीहरुले बौद्ध युवा समुह नामक संस्थाको गठन गरे । यसक्रममा बौद्ध क्षेत्रकै लामो समयदेखी समाज सेवा गर्दै आएका धनराज लामा लगाएतका व्यक्तिहरुको परामर्शपछि उनी सडकमा भएको फोहोरलाई खाली ठाँउमा लगेर व्यवस्थापन गर्ने कार्यमा जुटे । तर त्यतो ठाँउमा पनि फोहर व्यवस्थापन गर्न समस्या देखेपछि । उनको भेट एकजना फोहोर ब्यवस्थापन गर्न व्यक्ति सँग भयो । उनैले लामालाई फोहर व्यवस्थापन गर्दा कसरी कुन सामाग्री पुन ः प्रयोगमा ल्याउन सकिन्छ , कसरी रिसाईकल गर्ने भन्ने बारे तिनै व्यक्तिबाट जानकार लिए । ओमराजले त्यही व्यक्तिलाई तलवमा राखेर काम गराउने कार्यमा लागे । कामको सिलसिलामा अनेकौ समस्या आउथे ति समस्यालाई समाधान गर्दै चुनौती र अवरोधको सामना गर्दै अगाडी बढे । बौद्ध सरसफाई केन्द्रपछि २०६२ सालमा एक्टिभ नेपाल क्लीन सर्भिसको सञ्चालन गरे । अहिले सोही कम्पनी मार्फत विभिन्न क्षेत्रहरुमा फोहर उठाउने र त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेका छन् ।

उनले संचालन गरेको एक्टिभ नेपाल क्लीन सर्भिसमा अहिले ३ वटा गाडी संचालित छन् भने बौद्ध नेपाल सरसफाईसहित गर्दा करिव ९ गाडी संचालनमा आएका छन् । उनको स्वामित्वमा रहेको एक्टिभ नेपालले मात्र करिव २० जना कामदारलाई प्रत्यक्ष रोजगारी दिएको छ । लामाको कम्पनीले कामनपा ६ वडा भित्रको फोहर उठाउने जिम्मा पाएका छन् । त्यसमा एक्टिभको कार्यक्षेत्र भनेको बौद्ध पिपलबोट देखि केएलटावरसम्मको क्षेत्र हो । उनका ग्राहक घरधुरीका हिसाबले हेर्दा करिव २२ सय देखी २५ सय सम्म छन् । उनले एक ग्राहक बराबर २ सय देखी फोहरको प्रकृतीहरेर ५ सम्म लिन्छन । अन्य फोहर बढि ठाउँहरुमा भने फोहरको परिमाण हेरर लिने गर्छन । ओमराजले यस व्यवसायमा विभन्न समस्याहरु पनि भएको बताउँछन । भन्छन् ‘यस व्यवसायमा जहाँ पनि समस्यै समस्याहरु छन् । कामदारको समस्या छ, नेपालमा १२–१४ घण्टा काम गर्ने ब्यक्तिहरु निकै कम मात्र छन् ।

कामदारको पाउने देखी काममा टिक्ने नसक्ने समस्या छ । ग्राहकहरुको त्यस्तै समस्या छ । बिहान ६ बजे फोहोर उठायो १०-११ बजेपछि फोहोर ल्याएर फालेका हुन्छन । तेती मात्र होइन एउटा समयमा फोहर ल्याउन गयो । त्यो समयमा ल्याउदैंनन् पछि यति दिनदेखी किन फोहर आएन भन्दै फोनमा कराउँछन , फोहर ल्याउन जाँदा सिटि बजायो । टपमा बस्नेले सुन्दैनन् । रुममा ठुलो भोलुम लगाएर बस्छन । सिटी फुकेको कसरी सुन्ने ? कहिले काही फोहर घर भित्रबाट ल्याईदियो । कोही अन्यले सामान चोरेको रहेछन भनेपनि फोहरवाला आएको थियो । उसैले लग्यो भन्छन् यस्ता कुरा कति सुन्यौ त्यसैले घर भित्र गएर फोहर ल्याउने काम बन्द गरेका छौं । त्यस्तै आर्थिक कारोबारको सम्बन्धमा पनि वार्गेनिङ गर्छन । कोहीले पैसा तिरेका छौं । जतिवेला फाल्दा पनि हुन्छ जसो गरेर फोहर फाल्छन् । यस क्षेत्रमा ल्यान्डफिल्डको पनि समस्या उत्तिकै छ । सिसडोलमा लाने क्रममा असारको समयमा कतै पानी परेको हुन्छ त कतै घाम लागेको । यता घाम लाग्दा उता पानि परिरहेको हुदो रहेछ । त्यस्तोसमयमा गाडी लैजान ल्याउन अत्यान्तै समस्या हुन्छ । गाडी बिग्रीयो बनाउनु प¥यो । इन्धन राख्नै प¥यो यस्ता अनेक समस्या छन् ।

अझ केही ग्राहक त शनिबार मात्र आए हुन्थ्यो भन्नु हुन्छ । उहाँहरु जस्तो अन्य व्यक्तिको फोहर फाल्न नपर्ने जस्तो सोचाईले भन्नुहुन्छ । दुःखको कुरा त के लाग्छ भने करोडौको घर बनाउदा पनि फोहोर राख्ने ठाँउ(डीवीन राख्ने) ठाँउ हुँदैन , बनाउन सक्नुहुन्न हाम्रा काठमाडौं वासी । त्यसैले मुख्य समस्या यो हो छ की हामीले हाम्रो र हाम्रो ग्राहको समयतालिका मिलाउन सकिरहेका छैनौं । बिभिन्न समस्याका कारण ग्राहकले भनेको समयमा हामीले पनि सर्भिस दिन सकिरहेका हुँदैनौं । समस्या कहाँ छ ? कसरी फोहर आएन ? त्यो ग्राहकले बुझ्दीनुपर्छ । अर्को समस्याको रुपमा रहेको अस्पतालबाट निस्कने फोहर जस्तै केमीकल, सिरिन्जले कामदारलाई काट्ने र सिरिन्जबाट लाग्ने रोगहरुबाट समेत रोगको सिकार बन्नु पर्ने स्थीती छ ।केही अस्पतालमा यस्ता बस्तु डिस्पोज गर्ने मेसिन पनि छैन । जसरी ति सामाग्री प्रयोग गर्नेले फोहर त हो जुन फोहरमा फ्यालेपनि हुन्छ भन्ने मानसिकता र केयरलेस ले समस्या निम्त्याउने गर्छन । त्यस्तै यस क्षेत्रमा आउने श्रमिकका नागरिकता नहुने, केही आएपनि मानसिक रुपमा कमजोर भएका आउने । एक दुई दिन काम गर्ने अनि हिड्ने यस्ता यावत समस्या छन् ।

ओमराजको स्थानिय सरकारसँग पनि गुनासा छन् स्थानिय सरकारका प्रतिनिधिहरुले समस्यामा सहयोग गर्ने आश्वासन दिन्छन तर समस्या पर्दा सहयोग भने पाएका छैनन । भन्छन् ‘उहाँँहरुको पनि बिभिन्न प्रकारका समस्या, प्रक्रियाहरु होलान तर हामीले जति सहयोग पाउनु पथ्र्यो त्यो पाएका छैनौं । नगरपालिकाले ठाँउ–ठाँउमा फोहोर राख्नको लागि डम्पिङ स्टेशनको निर्माण गरिदिए हुन्थ्यो जस्तो लाग्छ । हामीसँग स्टेशन त छ तर त्यो त्यती प्रभावकारी रुपमा छैन् । नगरपालिकाले केही मात्रामा सार्वजनिक जग्गा उपलब्ध गराएर डम्पीङ स्टेशन बनाई काम गर्नेलाई जिम्मा दिए सुनमा सुगन्ध हुन्थ्यो ।हामी खुःसी समेत हुन्थ्यौ । अर्को कुरा अहिले हामी घाटामा गईरहेको अवस्था छ । यदि हामी कवाडी आफै सङ्कलन गर्न सक्यौ भने हामीलाई पनि फाईदा हुन्थ्यो , त्यसलाई पुन ः प्रयोगमा ल्याउन सकिन्थ्यो । त्यसले हामीलाई मात्र होईन नगरपालिका र वडालाई समेत फाईदा हुन्थ्यो भन्ने लाग्छ ।

यस व्यवसायका लाग्ने व्यवसायलाई उनको सुझाव छ । काम कुनैपनि ठुलोसानो नभनी निरन्तर रुपमा काम गरे फोहरमा मोहर छ । तर त्यसको लागी निरन्तरत संघर्ष गर्दै अनुभव बटुदै अगाडी बढे फोहरमा पनि मोहर छ । अबको दिनमा नयाँ नयाँ प्रविधिसँग जोडिदै यस क्षेत्रमा लाग्न अनुरोघ गर्छन । ओमराज भन्छन काम गर्न सबै क्षेत्र गाह्रो नै हुन्छ । यसमाथि यो क्षेत्रमा काम गर्न सबैभन्दा गाह्रो काम हो । तपाँईहरुले देखेको र फोहोरमा मोहोर भनेजस्तो पनि सजिलो छैन् । अरु काम गर्न जति सजिलो छ, यो फोहोरमैलाको काम गर्न त्यती गाह्रो छ । कामगर्ने श्रमिकहरु पाउन गाह्रो छ । ल्याण्डफिल्ड स्टेशन पाउन गाह्रो छ । गाडी बिग्रदा बनाउन समस्या छ र गाडी राख्दा समेत गन्हाउने जस्ता समस्या भएको क्षेत्र हो । यस क्षेत्र सबैले अवहेलना गर्ने क्षेत्रका रुपमा रहेको छ । फोहोरमा काम गर्ने भन्दैमा सबै फोहोरी नै हुन्छ भन्ने सोच जनमानसमा छ । त्यसैले सबैजनाले सोचमा परिवर्तन गर्न जरुरी छ । फोहोर उठाउदैमा कोही फोहोरी हुन्छ भन्ने कुरालाई त्याग्न जरुरी छ । यस क्षेत्रमा लाग्ने मनशायमा हुनुहुन्छ भने पहिलो त कडा मेअनत परिश्रम गर्ने, फोहरमा काम गर्ने। सोच बनाउनुहोस् । त्यो सँगै यस क्षेत्रका अनुभवको पनि उत्तीकै खाँचो छ । पुरानाहरुसँग सल्लाह,सुझाव लिदै काममा लाग्नुस ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु