आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

चाडपर्वको अवसर पारेर इसानले ग¥यो शुभकामना आदाप्रदान कार्यक्रम

चाडपर्वको अवसर पारेर इसानले ग¥यो शुभकामना आदाप्रदान कार्यक्रम

कठमाडौं – संस्थागत विद्यालय संघ(इसान)ले नजिकिदै गरेका नेपालीहरुका चाडपर्व दशैं , तिहार , छठ र नेपालसम्वतलाई मध्यनगर गर्दै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।


गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित छिमेकी पार्टी प्यालेसमा संस्थागत विद्यालय संघ( इसान)का केन्द्रिय अध्यक्ष एव्म होली एन्जल्स पब्लीक स्कुलका संस्थापक प्रधानाध्यापक राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एव्म नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा काठमाडौं क्षेत्र नम्बर ३ ’क’ का प्रदेश सांसद छिरिङ दोर्जे लामा रहेका थिए । त्यस्तै अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा ८ का अध्यक्ष मनोज ढुङ्गाना ,वडा ७ का अध्यक्ष केशव गुरुङ, कागेश्वरी मनोहरा नगरपालिका वडा १ का अध्यक्ष मुकुन्द गजुरेल, प्याबसन काठमाडौं जिल्ला अध्यक्ष एव्म विद्या व्याम हाई स्कुलका प्रधानाध्यापक हरीकृष्ण श्रेष्ठ,प्याब्सन गोनपा नगर अध्यक्ष मदन सुवेदी,निसान अध्यक्ष ओम ढकाल, एनब्याबसन ,मोहन दाहाल, गोनपा,कागेश्वरी शिक्षा समितिका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक लगाएतको आतिथ्यता रहेको थियो ।


इसानका महासचिव कुमार अधिकारीको संचालनमा भएको कार्यक्रममा इसानका बरिष्ठ उपाध्यक्ष एव्म एकता जेम्स एकेडेमीका संस्थापक प्रधानाध्यापक भिम दर्लामी मगरले स्वागत मन्तव्य राखेका थिए ,। स्वागत मन्तव्यकै क्रममा उपाध्यक्ष मगरले इसान कुनै क्षेत्र र वर्गको मात्र प्रतिनिधित्व नगरेको भन्दै इसान देशभर फैलने क्रममा रहेको बताए । उनले इसान सङ्ख्यात्मक रुपमा सानो देखीएपनि उसको कर्म र विद्यालयले दिएको गुणस्तर सँगै नतिजामा आफुलाई अब्बल रहेको प्रमाणीत गरिसकेको दाबी गरे ।


कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद कृष्ण राईले देशमा नीजी र सामुदायिक विद्यालय देखिएको विवादलाई हटाउनु पर्ने बताए । उनले भने ‘देशमा सामुदायिक विद्यालयलाई परिमार्जित र परिस्कृत गर्न की नीजीलाई गर्ने यस बिचमा ठुलो लडाई छ । एकाथरी पार्टी नीजीलाई बचाउने भन्छन भने एकाथरी पार्टी र सरकार सामुदायिक लाई भन्छन् यो लडाई नेपालको मात्र नभएर विश्व भरमा देखिएको लडाई हो । कसले जित्छ, कसले हार्छ भन्न सकिने अवस्था छैन ।’


सांसद राईले अमेरिकाको सन्दर्भ जोड्दै अमेरिकामा सामुदायिक विद्यालयमा पढाउनेको होडबाजि चल्छ भने नेपालमा त्यसको ठिक विपरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले सामुदायिक र निजीको दुवैले पु¥याएको योगदानलाई सम्मान गर्दै केही मापदण्ड बनाएर अगाडी लैजानु पर्ने धारणा राखे । सामुदायिकको राम्रो शिक्षा छैन भन्दै भ्रम फैलाउने कार्य समेत नगर्न सबैलाई आग्रह गरे । उनले भने ‘सामुदायिकको गुणस्तरमा केही कम भएकोलाई स्विकार्नु पर्छ । तर यो होइनकी सामुदायिक विद्यालयको नजिता राम्रो छैन । सामुदायिकमा पढ्ने विद्यालयका विद्यार्थीहरुनै देशको सर्वोच्च पद राष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधिस देखी विभिन्न सुरक्षा निकायका प्रमुख समेत रहनु भएको छ । देश सामुदायिकमा पढेका भएर देश बनेन् भन्दै हाउगुजी नफैल्याउ ।, उहाँहरुको योग्यता पुगेरै सर्वोच्च पदमा पुग्नु भएको हो । त्यसैले हामीले अर्काले गरेन भन्दा पनि हामीले के गर्दैछौं तेता ध्यान दिन जरुरी छ । यति ठुलो आन्दोलनबाट आएको राजनीति उपलब्धीलाई संस्थागत गर्नुपर्छ, सरकारले त्यही उपलब्धीलाई संस्थागत गर्न नीती नियम ल्याउदै गर्दा त्यो नीती नियमलाई जसरी चौतर्फी रुपबाट आर्कमण गरिन्छ अनी कसरी बन्छ देश कसरी बन्छ राम्रो नीती ? देशमा के धनी र गरिब बिच शिक्षाको खाडल सधै पुरानै तरिकाबाट लैजाने त ? त्यसैले नीजी पक्षले पनि यसबारे गम्भिर हुँन जरुरी छ ।

सांसद राईले सरकारले तोकेको शुल्क भन्दा बढी ल्याउन पाईदैन , त्यस्तालाई कारवाहिको दायरामा ल्याउछौं भन्दा तालाचावी बुझाउँछौ, नीती नियम च्यात्छौ भन्दै गर्दा देशलाई फेरीपनि पुरानो परम्परामा लैजान खोज्ने काम बन्द गर्न पनि सबैलाई आग्रह गरे । सरकारले नीजी पक्षले पु¥याएको योगदानको कदर गर्दै अगाडी बढ्नेमा विश्वस्त रहन नीजी पक्षलाई आग्रह गरे ।
त्यस्तै प्रदेश सांसद छिरिङ दार्जे लामाले सरकारले नीजी क्षेत्रले पु¥याएको योगदानलाई मुल्याङ्कन गर्दै त्यसै अनुरुप अगाडी बढ्नु पर्ने धारणा राखे । उनले नीजी क्षेत्रले पनि सरकारले बनाउन लागेका नीती नियमा अवरोध जनाउने र आफ्ना माग मात्र हेरेर होईन समग्र देश, विद्यार्थी र अभिभावकको माग र आवाजलाई सम्बोधन गर्ने कार्यमा लाग्नु पर्ने बताए । उनले भने ‘नीती बनाउन हामी तयार छौं तर व्यक्ति पिच्छे , संस्था पिच्छे निति नियम बनाउनु हुँदैन । समग्र देशको परिवेश र आगामी दिनको कार्ययोजनासहितको नीती नियम ऐन बनाउन हामी तयार छौं । त्यसैको लागी संसदमा पुगेका छौं ।त्यसमा सम्पूर्ण पक्षले सहयोग गर्नुपर्छ । म प्रतिपक्षको संसद भएपनि सकरात्मक काममा प्रतिपक्ष र विरोध भन्ने हुँदैन तथापी सरकारले आफुखुसी आफ्नो दल संस्था लाई मात्र समेटेर अगाडी बढ्न खोजे त्यो दुर्भाग्य हुन्छ ।


त्यस्तै प्याब्सन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले नीजी क्षेत्रलाई उपेक्षा गरेको भन्दै नीजी क्षेत्रको योगदानलाई नर्बिसन पनि आग्रह गरे । उनले भने ‘संघीय शिक्षा ऐनमा जसरी नीजी पक्षलाई उपेक्षा गरेर ल्याउन लागिएको थियो त्यसको विरोधमा हामी प्रधानमन्त्री,मन्त्री हरु सँग छलफलमा बसेर नीजी क्षेत्रको योगदानलाई स्मरण गराएका थियौं । सम्माननीय प्रधानमन्त्री स्वयले पनि निजि क्षेत्रलाई समेत समेटेर योगदानको कदर गर्दै शिक्षा ऐन आउनेमा विश्वस्त पार्नु भएको छ । हामीले १४ बुँदे माग राखेका छौं त्यसलाई सम्बोधन गरेर नीती ,ऐन आउन भन्ने हाम्रो माग हो ।’


अध्यक्ष क्षेष्ठले सरकारले नीजी क्षेत्रलाई धरासायी बनाउने खालले नीती ल्याए , त्यो नीती ऐन च्यात्न आफुहरु बाध्य हुने बताए । उनले नीती नियमले शिक्षालाई नियोजित तवरले नियन्त्रण गर्न खोजे सराकारलाई तालाचावी बुझाउनुको विकल्प नरहेको समेत चेतावनी दिए । जीवनको सम्पूर्ण महत्वपूर्ण समय शिक्षा क्षेत्रमा विताएको भन्दै त्यसको मुल्याङ्कन सरकारले गर्नुपर्ने उनको भनाई थियो ।क्षेष्ठले प्याब्सन, इसान ,निसानका एकै मुद्धा भएकोले एकबद्ध भएर जुटेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहेका इसानका अध्यक्ष राजकुमार श्रेष्ठले इसानलाई सङ्ख्यामा तुलना गर्नुभन्दा इसानमा आवद्ध विद्यालयले ल्याएको नतिजा र इसानको विचारलाई मुल्याङ्कन गर्नुपर्ने धारणा राखे । उनले इसान सम्पूर्ण वर्गको प्रतिनिधित्व गरेको भन्दै सबै वर्ग क्षेत्र र सबैको अस्तित्व स्विकार गर्न सक्ने क्षमता इसानमा रहेको दावी गरे । उनले भने ‘हामी सम्पूर्ण शिक्षा संघ संस्था, नीजी सामुदायिक विद्यालय सबैसँग हातेमालो गर्दै अगाडी बढ्न तयार छौं । सामुदायिक विद्यालयमा अहिले जसरी गुणस्तर खस्कदो छ, त्यसलाई हटाउनु पर्दछ । चाहे सामुदायिक होस चाहे नीजी जुन विद्यालय र क्षेत्रमा भएपनि विद्यार्थीले गुणस्तरिय शिक्षा पाउनुपर्छ दिनुपर्छ भन्नेमै हामी स्पष्ट छौं । तर सरकारले जसरी नीजीलाई हेर्ने दृष्टीकोण विभेदकारी छ । त्यो अन्त्य गर्नुपर्छ । नीजी विद्यालयले शिक्षामा पु¥याएको योगदानलाई सरकार र सम्बन्धीत निकायले उपेक्षा गर्नुहुँदैन भन्ने माग हाम्रो हो ।’


अध्यक्ष श्रेष्ठले देशको अर्थनिति, राजनीती, शिक्षानीती सँगै राज्यको भाग्य र भबिष्य कस्तो बनाउने भन्नेमा शिक्षा महत्वपूर्ण रहेको स्मरण गराउँदै आफुहरु त्यस्ता नीती , नियम र कानुन बनाउने सवालमा समेत आफुहरुले सुुझाव सल्लाह दिन ,सरकारलाई सहयोग गर्न सधै तयार रहेको बताए । इसान देश विकास र उन्नयनको लागी हातेमालो गरेर अगाडी बढ्न तयार रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो । श्रेष्ठले इसानको निमन्त्रणालाई स्विकार गरेर कार्यक्रममा उपस्थित सबै प्रति धन्यावाद व्यक्त गरे ।
कार्यक्रममा इसानका पूर्व अध्यक्ष बाल मुकुन्द कार्कीले संस्थाको उदय र सस्थाले आजको दिनसम्म आउदा भोगेका समस्या , चुनौती र उपलब्धीका बारेमा जानकारी गराएका थिए भने सोही कार्यक्रममा गोल्डेन फ्युचर विद्यालयकी छात्रा छिरिङ मोक्तानले नृत्य समेत प्रस्तुत गरेकी थिईन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु