पढ्ने मान्छेले जस्तोमा पनि पढ्छ, नपढ्नेले काही गए पनी पढ्दो रहेनछ भन्ने पाठ – उनले आफैबाट सिके

पढ्ने मान्छेले जस्तोमा पनि पढ्छ, नपढ्नेले काही गए पनी पढ्दो रहेनछ भन्ने पाठ – उनले आफैबाट सिके

हरेक मानिसका स्वभाव,सोचाई फरक–फरक हुन्छन् । कोही मानिसलाई उसको लवाई खवाई र बाहिरी आवरणबाट मुल्याङ्कन गर्नु मुर्खता हुनसक्छ । व्यक्तिको भित्रि व्यवहार र आचरणको मुल्याङ्कन गर्नुपर्छ नकी कुनै बाहिरी आवरण । व्यक्तिका आ– आफ्ना सोच र शोक हुनसक्छन् । ति शोखलाई वा इच्छालाई पुरा गर्न उसले विभिन्न पहिरन देखी बस्त्र लगाउन सक्छ । त्यसलाई पुरा गर्ने मुन्द्रा लगाउने, कपाल पाल्ने,नङ पाल्ने यावत हुन सक्छन् । हाम्रो नेपाली समाजमा कपाल पाल्ने मुन्द्रा पाल्नेलाई नकरात्मक दृष्टिकोणले हेर्ने सोच हावी छ । तर त्यो सोच पूर्णत गलत छ । त्यही मुन्द्रा लगाउने कपाल पाल्ने मानिसको हृदय अत्यान्त कोमल र उसले गर्ने कर्म अत्यान्त प्रशंसनीय पनि हुन सक्छ त्यसैले व्यक्तिलाई आवरणबाट मुल्याङ्कन गर्नु हुँदैन । उसको काम र व्यवहारलाई मुल्याङ्कन गर्नुपर्छ । त्यस्तै एक व्यक्ति छन् ।उनलाई देख्दा जोकोही डराउन सक्छन्,कोही अनौठो मान्न सक्छन् ,त कोही उनको लवाईलाई देखेर जिज्ञासु हुन सक्छन् ।तर ति व्यक्ति आवरणमा जस्ता देखिन्छ । भित्र उनको छुट्टै कथा छ । उनको कर्म छुट्टै छ । करिब २० बर्ष देखी राजधानीलाई सफा राख्ने अभियानमा लागेका छन् मिलिजुली वातवरण नेपाल प्रालीका संचालक एव्म कलाकार सुवास लामा(मुन्द्रेदाई) ।

उनलाई मानिसले यावत नामले चिन्छन् ‘कोही २२ मुन्द्रे,झकास,नेपाली पपुलरी,सुनमान्छे ले चिन्छन् । नभनुपनि कसरी उनको हातका सम्पूर्ण औलामा औठी, गलामा चेन,कान र अनुहार भरी विभिन्न किसिमका मुन्द्रा छन् । उनले लगाएको सुन करिव ३५ तोला भन्दा माथि छ । उनको त्यो शोख हो । उनको आफ्नो दुःखले कमाएको केही रकम आफ्नो यस्तै मुन्द्रा लगाउने शोखलाई पुरा गराउँदै आएका छन् । धनकुटा जिल्लाको पाख्री नगरपालिमा २०३१ सालमा बाबु दिल बहादुर तामाङ र आमा चन्द्रमाया तामाङको कोखबाट ९ छोराछारी मध्ये एक्लो छोराका रुपमा जन्मीएका सुवास ‘मुन्दे्रदाई’ ले आफ्नो जिन्दगीमा कैयौ दुःख पिडा भोग्दै आज सम्मको दिनमा आईपुग्दा देशको राजधानी सफा गराउने मनासयका साथ फोहरमैला व्यवसायमा लागेका छन् ।

सुवास सानैदेखी खरो र चञ्चल स्वभावको मान्छे । उनी बच्चै देखी गेटअपमा स्वखीन थिए । घरमा बाबु आमाले किनेर ल्याईदिएका कपडा लगाउँदैनथे । आफै बजार गएर अति स्टाइलिस्ट कपडा रोज्थे र त्यो किनेर लगाउने गर्थे । उनको पहिरनमा देखिएको मुन्द्रा मध्ये एकजोडी मुन्द्रा सानो उमेरमै उनी घरका छोरा मध्ये एउटा मात्र भएकोले पनि बाबु आमालेनै लगाईदिएका थिए । अन्य मुन्द्रा भने उनले काठमाडौं छिरेपछि आफ्नो रगत पसिना बगाएर लगाएका हुन । देख्नेले भन्छन् के कसरी लगायो भनेर त्यो दिन र त्यो समयमा गरेको दुःख सम्झदा कसरी कमाएर लगाएको त्यो उनलाई मात्रै थाहा छ । बाहिर देख्नेलाई भन्न सहज छ । तर त्यो त्यसै फलेको पक्कै होईन । उनको त्यो जीवन कालको संघर्ष, मेहनत र परिश्रमले सम्भव भएको हो । उनलाई बाटोमा देख्नेहरु कोही डराउँछन्, कोही लेडिजहरु उनलाई देखेपछि बोकी रहेको झोला समेत काखीमा च्यापेर कुद्ने सम्म गर्छन कोही तस्बिर खिचाउन मन गर्छन तर भन्न डराउँछन , उनी सँग भएका साथीहरुलाई भन्छन् र तस्बिर खिचाउछन् ,उनलाई हेर्दा बाटोको खाल्डोमा लडेका समेत किस्साहरु धेरै छन् । केही समय अघि रातको को घटना कामबाट अबेर फर्कने क्रममा उनलाई बाटो छेक्न पनि ३ जना केटा आए । तर मुन्द्रेदाई के कम रामधुलाई गरेर पठाईदिए । मुन्द्रेदाईले धेरै कक्षा पढ्न भने पाएनन् । त्यो उनको कारण थियो । अल्लारे बैशमा उनको जवानीले त्यो सोचेन भोली के गर्ने कुन बाटो रोज्ने भन्ने । त्यो अपरिपक्कको उमेरमै लभ प¥यो र केटी भगाएर घरबाट हिडे काठमाडौं । काठमाडौं त छिरे तर काठमाडौंमा आफ्नो आफ्न्त कोही नाई । त्यो अल्लारे उमेर अनेक दुःख कष्ट भोगे त्यो समयमा उनले ।

उनका बाबु तेती बेलाका प्रधानपञ्च उनलाई घरमा त्यस्तो आर्थिक को संकट पर्ने कुरा थिएन । बाबु आमाको छोराछोरी ९ दिदी भाईमा एक्लो छोरा त्यसमाथि । बाबुआमा दिदी बहिनीकोे मायाले मातिए मुन्द्रे । बाबु आमाले छोरालाई कसरी राम्रो पढाउने भन्दै विद्यालय खोज्दै हिड्ने सुवास भने लभ देखी झगडा गर्ने कार्यमा पो अगाडी रहे । उनी सानैमा उनको स्वभाव मुर्ख थियो । कसैले केही अन्याए गरे कुटी पनि हाल्ने उनको स्वभाव थियो । उनले पढाईमा करिव ५ स्कुल भन्दा बढि परिवर्तन गरे । काकडभित्ता, दमक , झापा, विराटनगर, पाख्रीवास नपढेको काही भएन तर पढ्ने मान्छेले जस्तोमा पनि पढ्छ ,नपढ्नेले काही गए पढ्दो रहेनछ भन्ने पाठ उनले आफैबाट सिके ।

जव लभ गरेर केटी भगाएर काठमाडौं छिरे उनका दुःखका दिन सुरु भए । बल्ल जव काठमाडौंको दुःख पिडा भोगे त्यसवेला उनलाई बाबुआमाको माया फिल भयो । काठमाडौं उनको लागी नयाँ ठाँउ, आश्रय दिने कोही छैन् । एक्लो भएपनि हुन्थ्यो सँगै भगाएर ल्याएकी श्रीमती पनि । घरबाट ल्याएको पैसा खादा हिड्दा सकियो , अब जागिर के गर्ने र पेट कसरी पाल्ने भन्ने हुन थाल्यो । धेरै ठाँउ भौतारिए जागिर नपाएर पिरोल्यो ।

जागिर खोज्ने सिलसिलामा काटेश्वर पुगे त्यहाँ एउटा चाउमिन फ्याक्ट्रीमा काम पाए । तर तलव भने जम्मा १५ सय थियो । बस्नलाई एउटा माटोको घर भेटाए । घरवेटीलाई अनुरोध गरे । आफ्नो दुःख सुनाए । घरवेटी मञ्जुर भए । बस्ने ठाँउ त भयो कपडा ओड्ने ओछ्याने के गर्ने त्यही घरवेटीले एउटा सुकुल ल्याएर दिए , त्यो बेलामा केटीहरुले ओड्ने पछ्यौरा टाटनकोे पछ्यौरा चलेको थियो । त्यो उनको श्रीमतीले बोकेकी थिईन । खाने, लाउने अन्य कुरा अरु थिएनन् । त्यही घरवेटीले दिएको सुकुल थियो । त्यसैमुनी काठका फ्याल्क राखेर उनको श्रीमतीले बोकेको पछ्यौरा ओडर रात विताउदाको , त्यो क्षण सम्झदा उनको आखाँ रसाउँछ । मन खिन्न हुन्छ । विगतलाई सम्झदा । त्यसरी गुजारेका थिए । त्यसबेलाको समय । ग्यासको चलन थिएन । करिव ६/७ रुपैयाँमा एक लिटर मटिलेत, ६/७ रुपैयाँमा चामल एक केजी पाइन्थ्यो । घर भाडा भने ९ सय थियो । त्यो चाउमिन फ्याक्ट्रीको जागिरले के पुग्थ्यो र तर पनि पेट र श्रीमती पाल्ने बाध्यता छदै थियो ।

त्यो कामबाट उपलब्धी नदेखेपछि त्यो ठाँउनै छाडेर बौद्धक्षेत्र छिरे । तात्कालिन समयमा नेपाल जित लामा गाविस अध्यक्ष थिए । सुवास(मुन्द्रेदाई) त्यही वडामै गएर जागिर लगाई दिन लामा लाई आग्रह गरे । तर सुवासले उनलाई न कहिले देखेका थिए नत चिनेका नै । दुखको पाएको सुनाएपछि नेपाल जितले त्यही वडामै पोस्टर ,पम्प्लेट , सुचना टासिएका उप्क्याउने र त्यसलाई सफा गराउने काम दिए । सँगै आफ्नै जग्गामा भएको एउटा टहरो पनि दिए, त्यो टहरोको भाडा पनि सुवासले तिर्नु परेन । त्यही टहरोमा बस्दै काम गर्दै अगाडी बढे । कामकै दौरानमा उनलाई सरकारी जागिरको लागी समेत नगरपालीकामा उनको नाम समेत पठाईदिए । उनको तलव करिव १७/१८ सय थियो । काम पनि थियो । भाडा पनि तिर्न पर्दैनथ्यो तथापी तलव कम तेती मात्रले पुग्न छाड्यो त्यहाँको काम सकाएर पार्ट टाईम जागरिको लागी नयाँ बस्ती तिर छिरे । त्यही क्रममा फोहर व्यवसायतिर लाग्ने इच्छा जाग्यो । तात्कालिन समयमा समाजसेवीका रुपमा रहेका शिवहरी पोखरेललाई भेटे । नयाँबस्तीमा जहाँ फोहरको व्यवस्थापन को काम नै सुरु भएको थिएन । नगरपालिका जाँदा समेत तिमिहरुको फहोर उठाउन मिल्दैन भन्थे ।पौडेल नयाँबस्ती क्लवको पछाडी चेम्बर बनाएर कम्पोष्ट बनाउने काममागरेका थिए

सोही क्रममा सुवासलाई उनीसँगै आएका एक जना साथीले पौडेललाई चिनाईदिए । सुवासले पनि काम गर्ने इच्छा व्यक्त गरे । तर पौडेलले उनको सरसफाई देखी पहिरन हेरेर फोहरमा यस्तो मान्छेले के काम गर्ला भन्ने सोचे तर पनि काम गर्ने इच्छा शक्ति भएको मान्छे पाए गराउने सोचमा पौडेलमा पनि थियो । सुवास जस्ता अन्य व्यक्ति पनि आएका रहेछन् । काम अलिअली गर्ने पैसा लिएर हिड्ने प्रवृतीका आएका रहेछन् । कतै सुवास पनि त्यस्तै होकी भन्ने पनि सोचे र सोधे काम गर्छौ? सक्छौ ? भनेपछि सुवासले मौका दिनुहोस केही गरेर देखाउँछु भन्दै आग्रह गरेपछि काम दिए। जम्मा नयाँ बस्ती मा ७० घरबाट फोहर उठाउने काम सुर गरे । त्यो समयमा ग्राहक पनि बुझकी थिए कि भन्ने लाग्छ उनलाई । किनकी उनले कम्पोष्ट मलको लागी समेत फोहर संकलन गर्नु पथ्र्यो । ग्राहकहरुले पनी प्लास्टीक ,सिसा र कुहिने फोहर छुट्टाछुट्टै गराएर दिन्थे । त्यो गर्दा फिल्टरीङमा समेत सहज हुन्थ्यो । सिस्टम राम्रो हँुदै गएको थियो ।पछि चेम्बर भत्काउने काम भयो । स्थानिय वासीन्दाको विरोध पछि त्यो काम रोकियो तर उनले फोहर उठाउने ठेलागाडा फेल्ने, सिटी फुक्ने काम भने निरन्तर गरिरहे । काम बढ्दै जाँदा सवारी को आवश्यता बढ्दै गयो। सुरुमा ट्याक्टर भाडामा लिएर चलाए । विस्तारै अन्य गाडी को आवश्यकता भयो । त्यसैगर्दै लोन लिदै गाडी जोड्दै गर्दा आजसम्म ८ गाडी बनाएका छन् । सुरुमा नगरपालिकाले तोकको क्षेत्र लगे हुन्थ्यो जव नयाँ गाडी आयो त्यसपछि सिधै सिसडोल पु¥याउनु पर्ने पत्र आयो ।त्यसै अनुरुप अहिले सिडोलमै डम्पीङ साइट पु¥याउनु पर्छ । सुवासका गाह्रक अहिले करिव २५ सय छन् । उनको क्षेत्र गोकर्णेश्वर नगरपालिका ५ र ६ वडा साथै कामनपा वडा ६ भित्र फोहर उठाउने कार्य क्षेत्र हो । सुवासले २० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।

विगतलाई सम्झदै सुवास मुन्द्रेदाई भन्छन् ‘हिजोको अवस्था र अहिले अवस्था सम्झदा आफैलाई अनौठो लाग्छ । हिजो रित्तो हातबाट आएको म, के खाउ के लाउ भन्ने परिवेश भोग्नु परेका पिडा दर्दले आज आफ्नो परिवारको पेट पाल्न सकेको छु ।,२० जनालाई प्रत्यक्ष रोगजार दिन सकेको छु । यसमै गर्व लाग्छ ।’

उनको गुनासो स्थानिय सरकार वडा र नगरपालिका र जनप्रतिनिधीहरुसँग समेत छ । यो व्यवसायमा देखिएको सबैभन्दा ठुलो समस्यानै फोहर राखेर, फोहर पोल्ट्री गर्ने ठाँउ नहँुदा सडकका किनारहरुमा समेत गर्नुपरिरहेको छ । यस्तो समस्या हटाउन नगरपालिका वडा सबैसँग जग्गा उपलब्ध गराईदिन आग्रह उनको छ । पटक पटक यसको लागी उनले पत्र निवेदन गरेका छन् तर सुनुवाई भएको छैन ।,आफ्नो क्षेत्रमा पर्ने ग्राहकहरुको फोहर संकलन गर्दा ठुला गाडी गल्ली भित्र छिर्दैनन् , साना साना गाडी बाट ल्याउनु पर्ने बाध्यता छ, तेती साना गाडीबाट ल्याएको फोहर ठुलामा पोल्ट्री गर्ने जग्गा मिलाईदिन आग्रह गर्दा सम्म कसैले सुनेको छैन ।डम्पीङ साइटमा समस्या छ । तेती मात्र होईन, गाडी अनुसार फरक फरक कर उठाउने, डम्पी«ङ साईटमा बाटो को समस्या छ । हामी व्यवसायीबाट कर उठाउने तर तेती बाटो सम्म बनाईदिन नसक्ने परिपाटीले व्यवसायीलाई अत्यान्तै दुःख छ । गाह्रकहरुको घर पुग्दा उहाँहरुले फालेको फाहेर उठाईरहेका छौं । तर उहाँहरुसँग २÷४सय पैसा उठाउन जाँदा समेत भिग मागे जसरी माग्नु पर्ने,हाम्रो दुःखलाई कसैले नदेख्दा दुःख लाग्छ । गाह्रकको सम्म गाली खानुपर्छ तर उहाँहरुलाई थाहा छैन भनौ भने कसरी भर्नौ यति धेरै मिडियामा समाचार आएका हुन्छन । डम्पीङ साईटको समस्याले कहिले पानिको कारण त कहिले स्थानियको कारण बाट अवरोध भएको हुन्छ ,गाडी कहिले ४ दिनसम्म आउन सक्दैनन् । तर गाह्रकहरु ले ३ दिन नआएपनि ३ महिना देखी फोहर आएन भन्दै बोल्नुहुन्छ यस्ता यावत समस्या झेल्नै परेको छ यो व्यवसायमा । कहिले काही मानिसको स्वभाव हो । व्यवसायीका समस्या नबुझि लान्छाना लगाउँदा रिस पनि उठ्ने गर्छ सुनमान्छेलाई । भन्छन् ग्राहकले कहिले काही अत्ती गर्छन अनी म ५सय म दिन्छु फोहर उठाउनु हुन्छ भनेर फोन काट्नु परेका घटना पनि उनीसँगै छन् । उनले गोकर्र्णेेश्वर नगरपालिका,वडा देखी माननिय सांसदहरु समक्ष समेत यस्ता गुनासो राखेका छन् । उनीहरुबाट आश्वासन मात्र आएको छ । उपलब्धी भने केही भएको छैन । उनलाई फोहर बाटोमा उठायो भनेर पुलिस रिपोर्ट पनि प¥यो त्यो पनि सामान गरे । केहीले त तिमिहरुको समस्या तिमिहरु आफै व्यवस्थापन गर भने, केहीले फोहर उठाउँछ पैसा कमाछ भुडी लगाछ, कान भरी सुन लगाछ यावत भने । भात कहाँबाट कसरी खाएको छु त्यो मलाई थाहा छ । त्यसैले यस्ता लान्छना आउँछन् । जनप्रतिनिधि, नगरपालिका,वडाले हाम्रा समस्यामा पनि नजर जाहोस् । नगरपालिकाले जग्गा उपलब्ध गराएर सहयोग गर यस मिलिजुलीलाई नमुना बनाएर राख्ने मन छ । काठमाडौंभर नम्बर १ बनाएर राख्ने योजना छ ।

सुवासले कम्पोष्टमल बनाउने सम्बन्धी अनुभवी भएकोले नगरपालिकाले जग्गा मिलाईदिएर,सहयोग गरे कम्पोष्ट मल बनाउने देखी कवाडी छ्ट्याएर पुनः प्रयोगमा आउने चिजको व्यवस्थापन गर्नेसाथै त्यसका रोजगारीको पनि सृजना हुने वातावरण रहने उनको योजना छ । त्यसका नगरपालिकाकै सहयोग खड्कीएको छ । तर जुन योजना छ ,त्यसको लागी व्यवस्थापन गर्ने सवालमा नगरपालिका वडा लगाएत सम्बन्धीत निकायको सहयोग नहुँदा काम गर्ने वातावरण पनि कहिले काही समस्या आउने गरेको सुनाउँछन सुवास । यो व्यवसायमा आउने व्यवसायीलाई सुवास मुन्द्रेदाइ को सुझाव पनि छ । भन्छन् ‘सानो विरुवा रोपेपछि त्यसलाई हुर्काउन कति संघर्ष गर्नुपर्छ , मलजल गर्ने पानी हाल्ने देखी त्यसलाई हुर्काउने जसरी मेहनत गरीन्छ । यस व्यवसायमा टिक्न, र व्यवसायलाइ मर्यादित, व्यवस्थीत बनाउन संघर्षनै पहिलो कुरा हो । अरु व्यवसायीलाई हटाएर कसरी आफुले हड्प्ने, फोहरमा मोहर छ भन्दै बाहिरी आवरण हरेर हाम नफाल्नुस , अन्र्तवस्तु बुझेर, मेहनत र परिश्रम गर्न सक्ने व्यक्ति आऊँदा राम्रो हुन्छ । ‘

उनी व्यवसायी मात्र होईनन् उनी व्यवसाय सँगै मेनपावर र, कलकारीता क्षेत्रमा समेत हात हालेका छन् । उनले टेलिसिरियल गोलमाल , रिसानी माफ, बज्र तामाङमा फिल्मीमा काम गरेका छन् भने भद्र गोल मेरी बास्सै पनि खेल्न अफर आर्एका छन् तर कामका कारण अलि भ्याएका छैनन् । सँगै कलाकारीता क्षेत्रमा सुन मान्छे, सित्तैमा खेल्दीए हुन्थ्यो भन्ने सोचमा रहेका प्रति उनको सहमत छैन । भन्छन् मैले पनि केही काम छाडेर गएको हुन्छु त्यहाँ पारिश्रमिकको कुरा आउँदा अलि चित्त बुझ्दैन त्यसरी काम गर्न कसरी सकिन्छ । त्यसैले सबै क्षेत्रमा सबैलाई पारिश्रमिकको कुरामा सबैलाई चित्त बुझाएर काम गराउदा त्यो काम अझ राम्रो र प्रभावकारी हुन्छ । मुन्द्रेदाईले पछिल्लो समय सामाजि क संजाल मार्फत चर्चामा आएका अघोरी बाबाको ¥याप गितमा समेत मुन्द्रेंदाई सुनमान्छेले अभिनय गर्दै छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: