विप्लवलाई अर्को झड्का : माइला लामापछि उपत्यका इञ्चार्ज सम्हालेका नवीन बिक पक्राउ

विप्लवलाई अर्को झड्का : माइला लामापछि उपत्यका इञ्चार्ज सम्हालेका नवीन बिक पक्राउ

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बिक पक्राउ परेका छन् । पक्राउ परेका बिक पूर्व राज्यमन्त्रीसमेत हुन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ । उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् ।

बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो । ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै बनेका थिए ।

प्रचण्ड समूह त्याग गर्दै बिक मोहन वैद्यको पार्टीमा प्रवेश गरेका थिए । वैद्य समूह फुटाएर विप्लवले अलग पार्टी बनाएपछि उनी त्यही समूहको गतिविधिमा संलग्न रहँदै आएका थिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: