“‘काण्डै काण्ड’ पुस्तकलाई देशभर वितरण गर्नुपर्छ”– सभापति देउवा

“‘काण्डै काण्ड’ पुस्तकलाई देशभर वितरण गर्नुपर्छ”– सभापति देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ पुस्तकलाई देशभर वितरण गर्नेपर्ने बताएका छन् । नेविसंघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तकको सोमबार राष्ट्रियसभा गृहमा आयोजित विमोचन समारोहमा सभापति देउवाले भने, ‘किताब राम्रो छ ।’

यसलाई देशभर बाढ्नुपर्छ । नगर–गाउँपालिका तथा संसदमा रहेका साथीहरुका हातहातमा पर्ने देखिएको छ ।’ यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीले गर्नुपर्ने काम महर गरेको भन्दै प्रसंशा गरे । उनले भने, ‘काँग्रेसले गर्नुपर्ने काम नैनसिंह महरजीले गर्नुभएको छ । उहाँले काँग्रेसका लागि गर्नुभएको छ । उहाँबाट अब काँग्रेस बितेको २५ वर्षमा गरेका राम्रा कामबारे पनि पुस्तक लेख्नुहुनेछ भन्ने आशा छ । त्यसमा काँग्रेले के गर्यो भन्ने कुरा आउनेछ ।’

यस्तै काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले बितेको दुई वर्षमा संसद र समितिमा उठेका गम्भीर विषयलाई पुस्तकमा आएको बताए । यता केन्द्रीय सदस्य गुरुराज घिमिरेले पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारकाण्ड थप्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘नैनसिंह महरजीले अरु कुरा त समेट्नुभयो । यसमा प्रधानमन्त्री ओलीजीको उपचार काण्ड पनि थप्नुपथ्र्यो ।’ उहाँ उप्रधानमन्त्री हुँदादेखि राज्यबाट ३० करोड उचार खर्च लिसक्नुभएको छ । पछिल्लो समय संगापुरमा भएको उपचार खर्च २५ कारोड भन्ने छ ।

यस्ता रोगी नेता हामीले कहिलेसम्म पाल्नुपर्ने ? यो कुरा उल्लेख गर्नुपर्ने देखिन्छ ।’ पार्टीको राष्ट्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पुरुषोत्तम दाहालले पनि सरकारले गरेका काण्डसँग काँग्रेसको राम्रा कामको उल्लेख गर्न आवश्यक रहेको बताए ।

पुस्तकका लेखक महरले ओली सरकार काण्डै काण्डको चाङ्मा आसीन रहेको भन्दै पुस्तकले त्यसको प्रदाफास गर्ने गरेको बताए । असोज ७ गते ७७ वटा जिल्ला सरकारविरुद्ध प्रदर्शन गर्ने पूर्वनिधारित कार्यक्रममा पुस्तक पुर्याउने कार्य भइरहको पनि बताए । पुस्तकमा वर्तमान सरकारले आफ्नो १८ महिने अवधिमा गरेका ५५ वटा काण्डको उल्लेख गरिएको छ ।

जसमा सुनकाण्ड, सिण्डिकेट काण्ड, अस्पतालमा गोलीकाण्ड, निर्मला हत्याकाण्ड, सन्नी खुना काण्ड, उपकुलपति काण्ड, होली वाइन काण्ड, वाइडबडी र न्यारोबडी काण्ड, बालुवाटार काण्ड, गुठी काण्डलसहित १८ वटा काण्डलाई प्रमुख रुपमा चर्चा गरिएको छ ।

जसमा काँग्रेसका २२ जना नेतालाई स्रोतका रुपमा प्रयोग गरिएको छ । पुस्तक ४ हजार ५ सय प्रति छापिएको छ ।

देउवाको बचाउ
कार्यक्रममा काँग्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीमा आफू बलियो बन्न सभापतिलाई कमजोर बनाउन खेल भइरहेको बताए । उनले भने, ‘महाधिवेशन सकिएसँग सभापतिलाई काम गर्न नदिने खेल हुन्छ ।

सभापतिको विरोध गरेर आफू बलियो भन्ने सोच देखिन्छ । आफू बलियो बन्न पार्टीलाई कमजोर पार्ने र पार्टीलाई कुनै निर्णय हुन नदिने काम भइरहेको छ ।’ साथै उनले पार्टीको केन्द्रीय समितिमा नेताहरुसामू बोल्न नसक्ने गरेको भन्दै बाहिर तथानाम भन्दै हिडेको उनको आरोप थियो ।

उनी पछि बोलेका महामन्त्री कोइरालाले सभापतिको आलोचना भन्दा पार्टीमा एकता चाहिएको बताए । उनले भने, ‘पार्टीभित्र एकता हुनुपर्यो । पार्टीको सभापतिलाई गाली गरेर होइन । उहाँलाई त सहयोग लिनुपर्यो। मैले कही पनि सभापतिबिरुद्ध टीकाटिप्पणी गरेको छैन । गर्नु पनि हुँदैन ।’

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: