देशको नाम कहलाउने एक खेलाडी तथा प्रशिक्षक अनाथ बालबालिकाको पनि साहारा बन्दै

देशको नाम कहलाउने एक खेलाडी तथा प्रशिक्षक अनाथ बालबालिकाको पनि साहारा बन्दै

काठमाडौं –हरेक मानिसका फरक फरक इच्चा आकांक्षा र सपनाहरु हुन्छन । आफ्ना इच्छा आकांक्षा र सपना पुरा गर्ने दौडमा जो कोही आफ्नै गतीमा दौडिरहेको हुन्छ । कोहीका सपना पुरा हुन्छन त कोहीको नहुन पनि सक्लान । त्यो व्यक्ति र उसले गर्ने कर्ममा भर पर्छ । हाम्रो नेपाली समाज त्यस्तो परिवेश र परिस्थीतीबाट गुज्रिदै आएको छ , जहाँ कसैले केही काम गर्छ भने उसलाई कसरी खुट्टा तान्ने र उसलाई लडाउने भन्ने प्रवृती पछिल्लो समय हावी हुँदै आएको छ । तर त्यस्ता मानिसको व्यवहार र सोचलाई वेवास्ता गर्दै मानिसले आफ्नो बाटोमा इमान्दारपूर्वक लाग्छ भने त्यो मानिसले सफलताको उचाई चुम्न सक्छ भन्नेमा दुईमत छैन । मानिसले गरे के हुन्न भन्ने ज्वलन्त उदाहरण पेश गर्दै सफलताको श्रेणीमा पाईला टेक्ने युवा जमात पनि उत्तीकै छ । आफ्ना सपना पुरा गर्न मानिसमा दृढ इच्छा शक्ति र लगनसिलतानै प्रमुख आयाम हो । हामी नेपालीहरुमा क्षमता दक्षता नभएको होईन् ।हाम्रा नेपाली युवाहरुले विभिन्न क्षेत्रमा विश्व समुदायसामु देशको शिर ठाडो राख्ने काम गरेका छन् ।देशको परिचयलाई विश्वसामु पु¥याउने गरेका छन् । नेपाली समाजमा खेललाई तेती धेरै प्रोत्साहन दिएको पाईदैन । खेल क्षेत्रको लागी भन्दै अरबौं बजेट तर्जुमा गरिन्छ । तर कतिपय अवस्थामा त्यो बजेट कुन क्षेत्रमा खर्च भएको छ । त्यसको जानकारी नागरीकहरुलाई त छैनन् नै खेल पे्रमी खेलाडीहरुलाई समेत थाहाँ हुँदैन । अन्य देशको तुलना गर्ने हो भने हाम्रो सरकारले खेलाडी एव्म खेल क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई त्यस्तो कुनै सुविधा र सम्मान दिन सकेको छैन । खेल क्षेत्रमै भविष्य बनाउ भन्ने युवाहरु कमै मात्रामा देखा पर्नुपर्ने स्थीती छ । त्यसको प्रमुख कारण भनेकै सरकारले खेलक्षेत्रमा चासो नदिनु नै हो । खेलकुद मन्त्रालयनै छ, राष्ट्रिय खेलकुद परिषद छ तर खेलाडी र खेलक्षेत्रको अवस्था भने नाजुक छ । सरकारले खेलक्षेत्रमा गरेको लगानी कहाँ गएको छ । यस्ता यावत कुराहरु छन् । एउटा खेलाडी देशको लागी खेल्छ । देशको नाम चम्काउँछ । केही समय विभिन्न संघ सस्था र सरकारले हेरेजस्तो गर्छ । तब उ कुनै कारणबाट कमजोर बन्न थाल्छ । विस्तारै सबैले विर्सदै जान्छन् ।त्यो खेलाडी आफ्नो रुममा देशको प्रतिनिधित्व गर्दै जितेका मेडल र प्रमाण पत्र उसको भित्ताहरुमा देख्छ । तर हिजो देश र नेपालीको शिर ठाडो पार्न आफ्ना अमुल्य जीवन यसैमा समर्पीत गरेको त्यो खेलाडीलाई भोली के खाने कसरी परिवार पाल्ने भन्ने स्थीतीले पिरोल्छ । किनकी त्यस्ता खेलाडी जसले देशको नाम उच्चो पारे तिनै खेलाडीलाई समेत सरकारले देख्दैन । त्यो उनिहरुले गरेको त्यागलाई सम्झदैन । त्यो खेलाडीको मनमा चिसो पस्छ । देशको नाम कहालाउन गरेको कर्मलाई धिर्काछ । नयाँ आउने पिढीलाई पनि उसको कथा व्यथा थाहाँ हुन्छ । जुन खेलाडीको अवस्था नयाँ पिडिले देख्छ तब त्यो पिढि पनि खेल क्षेत्रमा जति सहभागी हुनुपर्ने हो तेती हुँदैन । भएपनि विकल्प खोज्दै अगाडी बढ्छ । एकातिर उसले आफ्नो पेट पाल्ने विल्कप रोजेको कार्य गर्छ सँगै खेल पनि । त्यसरी पर्याप्त मात्रामा उसले गर्नुपर्ने अभ्यास (प्राक्टिस) गर्न सक्दैन । अनी त्यस्तो खेलाडीले कसरी अन्य देशका सदावहार खेलमै लागेका प्रतियोगीसँग भिड्न सक्छ ? नेपाली खेल क्षेत्रको खस्कदो स्थीतीको कारक तत्व यो पनि एक हो । यस्तो अवस्थामा राम्रा प्रतिभावान खेलाडीहरु यस्तै कारणले हराएका छन् । खेलाडीहरुको अवस्थाबारे सरकार र सम्बन्धीत निकायलाई जानकार नभएका होईनन् तर यस्ता क्षेत्रमा पनि राजनीतीक भर्ती गर्ने नातावाद कृपावाद भईदिदा योग्य र सक्षम खेलाडी समेत पछि पर्ने स्थीतीहरु देखा परेका छन् । सरकारले गरेन भनेर आफुमा भएको प्रतिभा र क्षमतालाई लुकाउनु पक्कै पनि हुँदैन । त्यो क्षमता र प्र्रतिभाको कुनै न कुन रुपबाट एक दिन सम्बोधन हुन्छ । त्यस्तै आफ्नो इच्छा सपना पुरा गर्न अनेकन दुःख कष्ठ झेल्दै ति कष्ठको सामना गर्दै कहिले भोको पोटे,कहिले अनिद्रा यस्तै यस्तै दुःखको भुमरिबाट आफ्नो सपनालाई साकार पार्दै,राष्ट्र र नेपालीको नाम चिनाउँदै संघर्ष गर्दै सितोरिया कराँतेको एक अन्तराष्ट्रिय खेलाडी , अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक(एकेफ जज वी)का रुपमा परिचित भएका अजय लामा(सानुबाबु)को कथा

ajaya-lama-kavre
 

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका –७ होक्से(साविक ५) मा बाबु रत्न बहादुर तामाङ र आमा ज्ञानीमाया तामाङको कोखबाट २०४० सालमा कान्छो छोराका रुपमा जन्म लिएका अजयले आजको दिन सम्म आईपुग्न अनेकन हन्डर र ठक्करलाई छिचोल्दै आज एसियन सितोरिया करातेका रेफ्री तथा प्रशिक्षका रुपमा आफ्नो नाम साथै देशको नाम चिनाईरहेका छन् । जनता मावी होक्सेबाट ०६२ सालमा एसएसलसी उर्तीण गरेका अजयले १२ सम्मको मात्र पढाई सकाएका छन् । उनी १२ सकाएपछि काठमाडौं छिरेका थिए । सानै उमेर देखी करातेको नशा उनमा चढेको थियो । उनलाई पढाई भन्दा पनि खेल क्षेत्रमै उनको ध्यान थियो । करिब ५ बर्षको उमेरमै उनी पाँचखाल डोजो हलबाटै कराते खेल्ने अवसर पाएका थिए । उनलाई यस क्षेत्रमा ल्याउन हौसला दिने साथै उनकोे पहिलो प्रशिक्षक एव्म गुरु झडक बहादुर दनुवार हुन । अजयले करिब १० बर्ष पछि ब्याल्क वेल्ट पाएका थिए । गाँउठाँउको सुविधा लगाएतका कारण पनि बेल्ट टेष्ट छिटो नगर्दा ब्याल्क बेल्ट भने खेल्न लागेको समयको अन्तरालमा ढिलो पाए । तर उनलाई करातेनै थियो भित्रै मनबाट खेल्छु र यसमा केही गर्छु भन्ने तिव्र भोक । त्यस समयमा जिल्लाभरका खेलाडीलाई भेलापारी बनेपामा ग्रेडिङ हुन्थ्यो । उनी त्यस्ता भाग्यमानी पनी यस कारण मानिन्छन् उनले प्राप्त गर्ने ग्रेडिङ वा भनौं ब्याल्क बेल्टको फष्ट दान थमाउने नेपालमा करातेको सुरुवात गराउने थानेश्वर राई हुन । भने उनलाई ब्याल्कबेल्टको हिस्सेदारी दिलाउने कार्यमा प्रशिक्षकको रुपमा राजेन्द्र कपालीले गरेका थिए । अजय(सानुबाबु)२००३ मा ब्याल्क बेल्टको हिस्सेदार भएका थिए । उनलाई करातेको भोक थियो ,त्यही भोक र करातेको हुटहुटीले उनलाई काठमाडौं तान्यो । काठमाडौं आएपछि नर्थ ब्रान्च शाखा डोजोहल बूढानिलकण्ठबाट सुरुवात गरे । जहाँ उनको गुरु प्रेमलाल बोमजन थिए । उनै बोमजनको परिक्षणबाटै आज अजय राष्ट्रिय हुँदै अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय एव्म अन्तराष्ट्रिय रेफ्री(एसिएन) तथा प्रशिक्षकका रुपमा पुगेका छन् । उनलाई दोस्रो दान देखी चौथो दान हात पार्न उनै प्रेमलालले प्रशिक्षित गराए ।

ajaya-lama-international-refere

यो स्थान सम्म आईपुग्न अजय(सानुबाबु)ले अनेकन पिडा र दुःख झेले । घरबाट कसैको सपोर्ट थिएन काठमाडौं जान र त्यो बेलाको समय एसएसलसी सकायो काम गर्न विदेशीनु पर्ने जस्ता परिवेश त्यो समयमा थियो तर उनलाई विदेश जाने र धन कमाउने भन्दा पनि करातेबाटै आफ्नो सँगै देशको नाम उचो राख्ने र नेपाललाई विश्व समुदाय सम्म चिनाउने इच्छा थियो । तर घरको आर्थिक अवस्था राम्रो नभएकोले काठमाडौं छिरियो तर पेट कसरी पाल्ने र खेललाई कसरी निरन्तरता दिने भन्ने कुराले पिरोल्न थाल्यो । त्यसैक्रममा ट्याक्सी चलाउन सुरु गरे । ट्याक्सी चलाउँदै केही पैसा बचाउँदै करातेलाई पनि निरन्तरता दिदै गए । ट्याक्सी पछि काठमाडौं–गौर नाइट बस पनि चलाए । त्यसैसमय वरिपरि साउदी अरबमा एक खेल सेन्टरबाट प्रशिक्षको कामको अफर आयो करिब एक बर्ष त्यहाँ काम गरेपछि नेपाल फर्किय । पुनः खेल क्षेत्रमै लागे । नेपाल आएपछि यसै बस्दा उही पेट पाल्नु पर्ने बाध्यता । पहिले गरेको ड्राईभिङ क्षेत्र छाडेर ट्राभल एजेन्सीमा जागिर सुरुवात गरे । त्यहाँ पनि केही समय फेरी बसको स्टेरिङनै समाउनु प¥यो, जहाँ टुरिष्ट बस चलाउनु पथ्र्याे । त्यहाँ करिब २ बर्ष गरेपछि ,अर्को टा«भलमा मार्कटिङ अफिसरका रुपमा काम गर्दै खेललाई पनि निरन्तरता दिदैं अगाडी बढे । ति जीवनका अनेकन संघर्षले उनलाई आज यो स्थानमा पु¥याएको छ ।

जसरी प्रधानमन्त्री,मन्त्री, राज्यका विभिन्न निकायका अधिकारीहरुलाई घर वंगला र कारमा पछि सम्म सयर गराउन सक्ने तर त्यही देशको नाम चिनाउने खेलाडी प्रशिक्षकहरुलाई पेट पाल्न समेत अफठ्यारो स्थीती आउनु पर्ने यो अवस्था अत्यान्तै दुख लाग्दो भएन र

लामाले क्षेत्रिय स्तरका धेरै खेलहरु खेलेका छन् । उनी मलेसियामा २०११ तिर एक अन्तराष्ट्रिय स्तरको खेल खेलेका थिए, तर अफसोच उनी सेमीफाइनलबाट वाहिरिनु परेको थियो । अजयले सोचे अब खेल खेल्न पुग्यो, बरु नयाँ भाई बहिना नयाँ खेलाडी उत्पादन गरौं भन्ने सोच जाग्यो । आफुहरुले नपुगेको स्थानमा नयाँ पिढिका खेलाडी उत्पादन गरेर त्यो स्तरको बनाउँ भन्ने लाग्यो र प्रशिक्षकका रुपमा लागे । रेफ्रीको लागी गर्नुपर्ने मापदण्डहरु पुरा गरे ।राष्ट्रिय रेफ्रीको लागी सुरुवातमा जज वी लेभल प्राप्त गरे त्यो सँगै काम गर्दै जादाँ जज ए हुँदै २०१७ मा एसिएन रेफ्रीको स्थान हासिल गरे ।

ajaya-lama-in-international-karate-games
उनी तेतीमा मात्र सिमित रहेनन् उनको आफ्नो खेलमा सेमीमा पराजित हुनु परेको पिडा बिर्सेका थिएनन् । आफुले नसकेको ठाँउमा नयाँ पिढि पुग्छ भन्ने मा विश्वस्त थिए । यस्तै घटनाक्रमबाट उनले संङ्खपार्क डोजोहल संचालन गरे । त्यो सँगै अहिले अनाथ बालबालिका हरुलाई समेट्दै सिफलमा बालमन्दीर डोजो हल संचालन गरेका छन् । सानुबाबुनै संखपार्क र बाल मन्दीर डोजो हलको प्रमुख प्रशिक्षक का रुपमा रहँदै आएका छन । संखपार्क डोजोहलमा करिव १७ ÷ १८ जना सिनियर लेवलका खेलाडी छन् । उनले उत्पादन र प्रशिक्षित गरेका केही खेलाडी राष्ट्रिय खेलाडीका रुपमा दख्खल राख्ने भएका छन् भने केही अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेर खेल खेलेका छन । बालमन्दीरमा करिव २२ जना अनाथ वालबालिका लाई दुई बर्षदेखी निशुल्क रुपमा प्रशिक्षण मात्र दिएका छैनन् । कुनै अभिभावकले आफ्नो सन्तानको लागी गर्नुपर्ने कार्य र दाहित्व जसरी निभाउँछ , त्यसरीनै अजय( सानुबाबु)ले आफ्नो क्षेत्रबाट हुने र पुग्ने सहयोग ति अनाथ बालबालिका लाई दिएका छन् । करातेको गुरु मात्र नभई एक अभिभावक बनेर उनीहरुको छाता बनेका छन् । उनीहरुलाई यस खेलमा आवश्यक पर्ने ड्रेस, बेल्टमात्र नभई हलमा प्रयोग हुने सम्पूर्ण सामाग्रीको जोहो अजयलेनै गरेका छन् । करिव २२ जना मध्ये ७ जना सनियर लेभलका खेलाडी छन् । उनीहरु पनी राष्ट्रिय खेलाडीका रुपमा भिड्ने बनाएका छन् भन्छन ‘अब छिट्टै यि भाईबहिनाहरु पनि देशको नाम चिनाउने र खेल क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने बाटोमा छन् । मलाई गर्व लाग्छ यि खेलाडी देख्दा उनको खेल प्रतिको मोह र मेहनत देख्दा,अहिले अभिभावक हामी भएका छौं। यिनीहरुको खेलले भोली देश र देशका नीती निर्मातालाई हाम्रा सन्तान हुन भन्ने बोध यिनै खेलाडीले गराउनेछन् ।’ सानुबाबुले आफ्नो गाउँ काभ्रेमा पनि डोजोहल संचालन गरेर आफ्नो गाँउ समेत खेलक्षेत्रबाट चिनाउने सोचमा थिए । तर देशका हेरक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपका कारण त्यहाँ डोजो हल संचालन गर्न सकेनन् ।
उनलाई सरकार र सम्बन्धीत निकायहरुसँग पनि गुनासो छ । भन्छन् ‘सरकारले करातेप्रति देखाएको उदासिनताले दुःख लाग्छ ,एउटा खेलाडी आफ्नो जीवन भर देशका लागी खेल्छ बल छउन्जेल त खेलेरै खान सक्ला तर जब बल सकिन्छ अनी उसको अवस्था सुन्य हुन्छ , आर्थिक सुन्य हुन थाल्छ । के त्यस्ता देशका लागी खेलेका खेलाडीहरुलाई सरकारले सम्मान गर्ने र उनीहरुलागी केही सोच्नु पर्ने होईन र ? जस्तो म एउटा खेल क्षेत्रहुँदै एसियन रेफ्रीको भुमिका सम्म पाएको छु । म मेरै बलबुत्ताले मेरा गुरुहरुको सहयोगले आजको दिन सम्म आएको छु । एउटा अन्तराष्ट्रिय रेफ्री(एसिएन)को लाइसेन्स करिब ४ बर्षमा रिनु गर्नुपर्छ त्यो समयमा विदेश जाँदा आउदा लगाएत करिव २ लाँख भन्दा बढि खर्च हुन्छ त्यस्तोमा स्वयम हामी आफैले म्यानेज गर्नुपर्ने स्थीती छ । हिजो देशको लागी खेलीयो आज देशको प्रतिनिधित्व गर्दै रेफ्रीको भुमिकाबाट चिनाउने काम गरेका छौं । यस्ता कुरामा सरकारले ध्यान दिनुपर्ने सहयोग गर्नुपर्ने होईन र ? तेति मात्र होईन कराते महासंघ छ, राखेप छ,मन्त्रालय छ खेलक्षेत्रको लागी भन्दै विभिन्न पदमा विभिन्न व्यक्ति हुनुहुन्छ तर सम्बन्धीत निकायहरुमा कति कुन लेवलको रेफ्री देशमा छन् कुन, कति एसियन रेफ्री प्रशिक्षक छन् त्यसको विवरण र डाटा समेत हाम्रो सरकार र निकायले राख्न सकेको छैन् । के साच्चै खेलाडी प्रशिक्षकहरुलाई यसरी व्यवहार गर्दा खेल क्षेत्रको विकास होला ? के यस्तो व्यवहारले नयाँ पिढी यस क्षेत्रमा आउन प्रोत्साहित होलान त ? जसरी प्रधानमन्त्री,मन्त्री, राज्यका विभिन्न निकायका अधिकारीहरुलाई घर वंगला र कारमा पछि सम्म सयर गराउन सक्ने तर त्यही देशको नाम चिनाउने खेलाडी प्रशिक्षकहरुलाई पेट पाल्न समेत अफठ्यारो स्थीती आउनु पर्ने यो अवस्था अत्यान्तै दुख लाग्दो भएन र ? यसबारे सरकार सम्बन्धीत पक्षले गम्भिरता पूर्वक लिने बिषय हो जस्तो मलाई लाग्छ ।’

bal-mandir-children

कराते महासंघ छ महासंघ पनि हामीहरुले नै चलाएको संघ हो तर महासंघले पनि चाल्नु पर्ने कदमहरु चलेको पाईदैन खेलाडी , प्रशिक्षकको हक हितको लागी राज्य निकाय सँग यस्ता जायज माग राख्न हिचकिचाउनु भएन भन्ने हो । महासंघ पनि डोजो हल दर्ता गराउने र स्वीकृती दिने संस्था जस्तो मात्र नबनोस् अन्य देशका खेलाडी रेफ्रीलाई सरकारले ,प्राइभेट क्षेत्रमा रहेका संघ सस्थाले गरेको लगानी जस्तै नेपाल सरकार र विभिन्न निकायले गर्ने हो भने नेपाली खेलाडी पनि कम छैनन् । जस्तो उदाहरणका रुपमा भन्दा जापान एयरलाइन्सले त्यहाँका खेलाडीहहरुलाई अन्य देशमा खेल्न जादैछन् भने स्वयम एयरलाइन्सलेनै लाने लैजाने काममा निस्वार्थ रुपमा निशुल्क सहयोग गर्छ । त्यस्तै अन्य संस्थाले अन्य कुराहरुमा स्पोन्सर गर्छन । यसरी सहयोग गर्दा खेलाडीलाई समेत हौसला बढ्छ । हाम्रो मा त्यो अवस्था छैन । नेपाली खेलाडी घरमा बसेर चना खाँदै भिड्नु पर्छ । अन्य देशको लाई विभिन्न फ्यासेलिटी छ । कुनै देशमा एउटा सितोरीया प्रतियोगिता भयो भने स्वयम डोजो हलले आफ्नो खर्चमा बाहिर पठाउने र भिडाउने वाध्यता छ । त्यसमा सरकारको जिम्मेवारी होईन । नेपालको प्रतिनिधित्व गर्दा सरकारको नाम उचो राख्ने होइन ? यस्ता यावत कुराहरु सरकारी पक्षबाट कमजोरीका रुपमा रहेका छन् । यता तिर ध्यान दिनुपर्छ ।’

sanubabu-lama

सानुबाबुले राष्ट्रिय रेफ्रीको रुपमा रहँदा नेपाल र भारतमा भएका विभिन्न खेलमा रेफ्रीको भुमिका निभाएका थिए भने अन्तराष्ट्रिय रेफ्रीको भुमिका २०१७ श्रिलंकाबाट पाएका थिए । त्यहाँ उनले रेफ्रीको मापदण्ड पुरा गरी त्यसको लागी लिएको परीक्षा पास गरेर एकेएफ जज वीको भुमिका पाएका थिए । त्यही क्रममै सुरुवात श्रिलंकामा भएको एक प्रतियोगितामा एकेएफ रेफ्रीको भुमिका निर्वाह गरेका हुन । इन्डोनेसियाको वाङडोमा २०१७ डिसेम्बर १५ देखी १७ सम्म भएको प्रतियोगिता र २०१९मा थाइल्याण्डमा भएको कराते प्रतियोगिताको रेफ्रीको भुमिका निर्वाह गरिसकेका छन् । यस्तै कार्य सँगै अनाथहरुको सहरा र छाता पनि बनेर अगाडी बढिरहेका छन् । उनी करातेमा आउने इच्छा भएका नयाँ पिढिलाई भन्छन् कराते खेल्दैमा बिग्रने र सप्रीने भन्ने होइन । कराते त एक व्यक्तिको लागी, आफ्नो आत्मरक्षाको लागी, सँगै स्वास्थ्यको लागी समेत फाइदाको कुरा हो । राम्रो खेल्न सके आफ्नो र देशको नाम उचो राख्न सकियो, विभिन्न कारणबाट निरन्तरता दिन सकिएन भने त्यो स्वास्थ्य सँगै आत्मरक्षाको लागी हुन्छ । हामी देख्छौ विहान विहान विभिन्न पार्कहरुमा योगा गरिरहेको, मानिस स्वस्थ्य रहन अनेकन उपाए अपनाइरहेको देख्छौं । कराते त्यस्तो खेल हो त्यसले योग गर्नुपर्ने बाध्यतानै हुँदैन । किनकी करातेमै योगाका सम्पूर्ण स्टेपहरु समाहित हुन्छन । त्यसैले कराते किन खेल्ने भन्ने प्रश्नमा म भन्छु ‘राम्रो खेले देश र आफ्नो नाम उचो राख्न,खेलाडी मार्फत देश चिनाउन,सकिएन भने आफ्नो स्वास्थ्य र आत्म रक्षाको लागी कराते आवश्यक छ ।

ajaya-lama-at-bal-mandir-dojo

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: