जरिन खानको खुलासाः “किसिङ सीनको बहानामा निर्देशकले मलाई दुर्व्यवहार गरे”

जरिन खानको खुलासाः “किसिङ सीनको बहानामा निर्देशकले मलाई दुर्व्यवहार गरे”

बलिउडमा अहिलेसम्म थुप्रै नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । सलमान खानसँग फिल्म ‘वीर’ मा अभिनय गरेकी जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेको उनले जानकारी दिइन् ।

पिंकभिल्लालाई दिएको अन्तरवार्तामा जरिन खानले भनिन्, ‘जब म यो क्षेत्रमा नयाँ नयाँ आएको थिएँ तब मलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेका थिए । मैले आफूभित्रको लाज निकाल्नुपर्ने उनले बताएका थिए ।’

यद्यपि, उनले निर्देशकको उक्त कुरा स्विकार नगरेको बताइन् । स्मरण रहोस्, जरिन खानले बलिउडमा आफ्नो करियरको सुरुवात सलमान खानको फिल्म वीरबाट गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा फ्लप रह्यो । पछिल्ला दिनमा जरिन खान आफ्नो एक तस्बिरका कारण चर्चामा आएकी थिइन् । तस्बिरमा जरिन खानको स्ट्रेच मार्क्स देखिएको थियो जसका कारण उनलाई सोसल मिडियामा ट्रोल गरिएको थियो । जरिन खानले एकपछि अर्को पोस्टमार्फत् कडा जवाफ दिएकी थिइन् ।

उनले लेखिन्, ‘आखिर मेरो पेटमा के भएको थियो भनेर जान्न उत्सुकहरुका लागि मेरो पोष्ट हो । यो एउटा यस्तो व्यक्तिको प्राकृतिक पेट हो जसले ५० किलोभन्दा बढी तौल घटाएकी छिन् । यो यस्तै देखिन्छ जबकी यसलाई न त फोटोशप गरिएको छ, न कुनै प्रकारको शल्यक्रिया गरिएको छ । म ती व्यक्तिमध्ये पर्छु जो वास्तविकतामा विश्वास गर्छु । यसलाई ढाक्नुको साटो गर्वका साथ मैले आफ्ना कमजोरीलाई आत्मसाथ गरेको छु ।’

जरिन खानको यो पोष्टपछि नायिका अनुष्का शर्मा समर्थनमा उत्रिएकी थिइन् । अनुष्का शर्माले लेखेकी थिइन्, ‘जरिन तिमी निकै सुन्दर, बहादुर र स्ट्रङ्ग छौ । जस्तो छौ, उत्कृष्ट छौ ।’

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: