गुड फुड,गुड सर्भिससँगै गुड इन्भारोमेन्ट नै रेष्टुरा व्यवसायका महत्वपूर्ण कडि हुन :संचालक कक्षपती

गुड फुड,गुड सर्भिससँगै गुड इन्भारोमेन्ट नै रेष्टुरा व्यवसायका महत्वपूर्ण कडि हुन :संचालक कक्षपती

काठमाडौं – हामी नेपालीको विदेशीनु पर्ने बाध्यता वा नियती जे भनौं, अधिकाशं युवा शक्ति स्वदेशमा रोजगार नपाएको साथै काम गर्ने वातावरण नभएको भन्दै विदेशीने क्रम बढ्दो छ । सरकारले प्रयाप्त मात्रामा रोजगार सृजना गर्न नसक्नु एक पाटो भने अर्कोतिर हामीपनि आफु कसरी रोजगारी बन्ने भन्ने बाटोमा नलाग्नु विदेशीनुका यि दुवै पाटो जिम्मेवार छन् । देशमा भएन भन्दै विदेशीनु र देशको माया विदेशमा गएपछि पोखिनु हाम्रो वाध्यता, नियती पनि होला सँगै हाम्रो काम प्रति कर्तव्य प्रति र दाहित्वबाट कति इमामन्दार र लगनशिल छौं भन्ने प्रश्न पनि उत्तीकै महत्वपूर्ण छ । तर यसो भनिरहँदा सबै विदेशीएर देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र देश धानेका छन् भन्ने मात्र पनि छैन । कुनै समय विदेशीएर नेपालमै केही गरौं र स्वदशेमै पसिना बगाऊ भन्ने युवाहरुको जमात पनि पछिल्लो समय बढ्दो छ । त्यस्तै एक उदाहरणीय पात्रका रुपमा सफल व्यवसायी ,युवा उद्यमीका रुपमा परिचत भएका छन् प्रवेशलाला कक्षपती,

२०३४ साल फागुन १८ गते रुपन्देहीको बुटवलमा बाबु यज्ञलाल कक्षपती र आमा मञ्जुदेवी कक्षपतीको कोखाबाट कान्छो छोराका रुपमा जन्मलिएका कक्षपती एक सफल युवा व्यवसायीका रुपमा परिचित हुँदै आएका छन् ।उनका एक दाजु र वहिनी पनि पनि छन् । सानो उमेरमै बाबु आमासँग काठमाडौं आएका उनलाई जन्म घरतिरको धेरै याद छैन । तर अनेकन संघर्ष गर्दै आज यस स्थानमा पुगेका छन् कक्षपती । एक कानमा मुन्द्रा, दाहिने हातमा ट्याटु र फ्रेन्च कटको द्राहीमा हसिलो मुहार सँगै अतिथि स्वागत एव्म सत्कार गर्दैमा उनलाई भ्याई नभ्याई छ । गोकर्णेश्वर नगरपालिका वडा ५ नयाँवस्ती पहेलो पुल नजिकै रातो वोर्डमा लेखिएको डि सेफ रिसोट एण्ड रेष्टुरेन्ट उनै कक्षपतीको हो

de-checf-resort-and-resturant

काठमाडौंमा छिरेको उनको परिवारले विभिन्न व्यवसाय सँगै नार्गाजुनमा होटल संचालन गरेका थिए । उनी केही समय विदेशी भुमीमा आफ्ना पसिना बगाए ।जहाँ उनले आफ्नो काम र त्यहाँको खटाईले उनलाई पोल्यो , परिवारको याद उस्तै , सोचे अब नेपाल फर्किने र नेपालमै केही गर्ने सोच बोकेर केही बर्षको विदेश यात्रा टुङ्ग्याए । नेपाल आएपछि दाजु र बाबुले गरेको होटलमा केही समय बसे र उनलाई पनि रस पर्दै गयो, केही साथीहरु मिलेर यस रेष्टुरा संचालनमा ल्याए । डि सेफ संचालन गर्नुपूर्व उनले यहाँ पार्टी प्यालेस संचालन गरेका थिए । करिब १० बर्ष अघि केही परिस्कृत र केही क्रियटिभ सोचका साथ उनले त्यसको डोकेरेसन देखी त्यहाँको फुड आइटमलाई ध्यान दिदैं करिव ७० लाँखमा संचालन गरेको रेष्टुरा अहिले मनग्य आम्दानी कमाउने मात्र बनेको छैन , १५/२० जनाले रोजगार समेत पाएका छन् । तेति मात्र होईन उनले साथीहरुसँग मिलेरे अन्य ठाँउहरुमा समेत रेष्टुरा र रिसोर्ट लगाएतका प्रोजेक्टहरु संचालन गरेका छन् । जसमा विभिन्न साथिहरुसँगै मिलेर हालेमालो गर्दै काम गरिरहेका छन । रेष्टुरा व्यवसाय देख्दा सहज भएपनि धेरै समस्या र चुनौती रहेको उनी बताउँछन् । भन्छन् ‘देख्दा खायो पियो गयो पैसा आयो भन्ने लाग्छ तर त्यसको व्यवस्थापनको पाटो उत्तिकै जटिल छ । केही ग्राहकहरु विल पेमेन्टकुरा विमती राख्ने देखी लिएर रेष्टुरा वन्द गर्ने समयमा समेत केही ग्राहक बसिरहनु हुन्छ । केहीले मदिरा लगानु भयो भने उल्टै हल्ला गर्र्ने,विल पेमा अटेर गर्ने पनि छन् ,यस्ता केही ग्राहकका समस्या छन् भने केही ग्राहक अत्यान्तै असल हुन्छन । आफुलाई चाहेको खायो निस्कियो ,त्यस्ता ग्राहक पनि छन् अर्को समस्या भन्नु पर्दा दक्ष श्रमिकको कमी छ,हामी नेपाली विदेशीने क्रम बढ्दो छ तर देशमा दक्ष जनशक्ति पनि छैन ,भएका पनि केही समय काम सिक्यो अनि अन्यमा जाने, एउटाले होटल रेष्टरा खोल्यो नजिकै अर्कोले सानो मम, चाउमिन पसल संचालन गरिदिने, हामी भ्याटविलमा जानु पर्ने सरकारलाई तिर्नुपर्ने तर ति साना भनिएर खोलिएकालाई नत भ्याट न दर्ता न केहीमा संचालन गर्न दिने, सँगै खोलेको छ, त्यसको कम्पीटिटर भएर संचालन गर्नुपर्दा, भ्याटविल तिर्ने र नतिर्नेको खाजा खाना सेटका मुल्यमा फरक पर्दा ग्राहकले त्यसमा औला उठाउने लगाएतका समस्याहरु छन् । ’

उनको रेष्टुरामा सबैभन्दा ग्राहकले मनपराउने भनेको लोकल कुखुरा, मटन, चिकेन भुटन लगाएतका लोकल स्वाद सँगै मम चाउमिन लगाएतका परिकार  डि सेफमा लोकल परिकारहरुको स्वाद लिन पाइन्छ । त्यहाँको गुड फुड, गुड सर्भिस, र वातावरणले नै ग्राहकहरु पटक पटक आउन बाध्य पार्छ । अरु रेष्टुरा जस्तो पनि छैन जहाँ हलमा राखिएको । उनको डेकोरेसन छुट्टै छ । करिव ६ वल्कमा छन् जहाँ परिवार देखी समुहमा बसेर त्यहाँको स्वाद लिने वातावरण पनि पाइन्छ । सँगै हरियाली वातावरणले अझ ग्राहकलाई मोहित बनाउँछ । सबै बल्क सेपरेट छन, एक समुहले अर्को समुहको बारेमा चियो चर्चौ गर्न पाउने वातावरया नै छैन् । छत सबैलाई ढुक्क सँग परिवार साथीभाईसँगै बसे्र लोकल परिकारहरुको स्वाद लिन पाउने । उनले मिडियम क्लासको ग्राहकलाई टार्गेट बनाएका छन् । जसले एक रेष्टुरामा गएर खान सक्ने स्थीति बनोस भन्ने हेतुले त्यही किसिमको मुल्य राखेका छन् । तर उनको सरकार र प्रशासन प्रति केही गुनासो पनि छ । सरकारसँग रिसोर्ट संचालनको लागी स्विकृत ल्याईएको छ तर प्रशासनले मन लाग्दो तवरबाट रुम चेक गर्न जाने लगाएतका कुरा अलि सान्र्दभिक होईनन की भन्ने लाग्छ,केही समस्या भए । हामी सँग के समस्या भयो त्यसमा हामीले गर्ने सहयोग गर्छौ । सरकारलाई सहयोग नगर्ने भन्ने कुरा हुँदैन तर निति नियम र परिधिमा रहेर काम गर्दा सबैलाई सहयोग पुग्छ भन्न ेलाग्छ । हो केही रेष्टुरामा नकरात्मक काम भएका सुनिन्छन त्यसलाई रोक्नुपर्छ । अवैध कार्य गर्नेलाई कारवाहिको दायरामा ल्याउनु पर्ने कुरामा हामी पनि सहयोग गर्न तयार छौं । तर रिसोर्ट संचालन गरिरहेकाहरुलाई अनावश्यक स्विकृत विनै रुममा छिर्ने लगायतका काम गर्नु मेरो विचारमा टर्र्चर हो जस्तो लाग्छ । हो केही अपराधिक गतिविधिका मान्छे आएका पनि हुन सक्छन्, त्यसमा ्हामीले पनि त सहयोग गर्छौ । तर रिर्सोटमा विभिन्न पेशा व्यवसायका मानिसहरु आएका हुन्छन , मिटिङ भएका हुन्छन, केही बसाईको लागी आएका हुन्छन त्यसलाई जे कुरामा पनि नेगेटिभ बनाएर कार्य गर्ने दुःख दिने कार्य गर्नु हँदैन भन्ने हो , त्यस्तो शंका लागेमा ग्राहकहरुको हामीले सबैको सम्बन्ध,के हो , डकुमेन्ट राखेर मात्र रिसोर्टमा राख्छौं , त्यसबाट पनि फाईल दिन हामी तयारा छौं मात्र , सिधै कसैको रुममा छिर्ने, ग्राहकहरुलाई अनावश्यक डर देखाउने काम प्रशासनले नगरिदिए हुन्थ्यो भन्ने लाग्छ । अर्को सरकारले तोकेको न्युनतम पारिश्रमिक पनि वैज्ञानिक भएनकी भन्ने लाग्छ, मानिस रोजगार नपाएर भौतारिरहेका छन् , सरकारले यस्ता नियम ल्याउदा २ जना श्रमिक राख्ने मा एउटा राखेर उसलाई काम गराउने वातावरण सृजित भएका छन् । बैकिङ टान्जेक्सन भन्ने छ , त्यो संचालकलाई भन्दा श्रमिकलाई पिर छ , उनिहरु भन्छन । के के काट्ने हो , लगाएतका कुराहरुमा उनिहरुनै तर्सित छन् , त्यसैले सरकारले केही नियम निति ल्याउदा अन्य देशको देखेर होइन आफ्नो देशको अवस्थालाई मध्यनजर गरेर ल्याउनु पर्ने उनको राय छ । जसरी एकै चोटी यस्ता कानुन ल्याईएको छ , यसले कार्यान्वयनको पाटो फिलतो हुने देखिन्छ उनी भन्छन ।

कक्षपती आफुलाई अझै सफल भएको भन्दैनन् संघर्ष गर्दै गरेको एउटा युवा उधमी भन्न रुचाउँछन् । भन्छन ‘इमान्दारीता,निरन्तर संघर्ष र लगनशिलातेनै सफल व्यवसायी बन्न सकिनेमा उनको मत छ । त्यसैले काम गर्दा कुन व्यवसाय र आफुलाई कन क्षेत्रमा लगाव छ, त्यसमा ध्यान दिएर गर्नुस । कर्म गरे फल अवस्य मिल्छ, काम गर्दा आरोह अवरोह पक्कै आउछन् त्यसबाट हत्तोत्साहित नभई निरन्तर इमान्दार पूर्वक काममा लाग्नु सबैलाई आग्रह गर्दछु । साथै नेपालीहरुका चाडवाड निजिकै छन चाडवाडमा अरुको देखेर होईन आफ्नो दक्षता क्षमतालाई मध्यनजर गरेर रमाईलो सँग चाडवाड मनाउनुहोस् ।नजिकिदै गरेका चाडपर्वहरु दशै, तिहार, छठको स्वदेश तथा विदेशमा रहँनु भएका सम्पूर्ण नेपाली आमा बुबा ,दाजुभाई दिदि बहिनीलाई सुस्वास्थय एव्म दिर्धायुको कामना गर्दै शुभकामना दिन चाहान्छु ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: