आगलागी हुदाँ ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आगलागी हुदाँ ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु