आइतबार, फागुन ११, २०७६
GokarnaNews
OnlineKhabarHub

उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी

उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी दिइएको जानकारी दिए।

‘दल दर्ताका लागि महासचिवलाई जिम्मेवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। २०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकोले नेकपा उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382