बिहिबार, मङि्सर २६, २०७६
GokarnaNews
OnlineKhabarHub

एक सातादेखि दुई बालिका बेपत्ता

एक सातादेखि दुई बालिका बेपत्ता

सल्यान– एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् ।

माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए ।

“भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् । आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भने ।

घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

फिनल्याण्डकी ३४ वर्षीय सान्ना मरिन प्रधानमन्त्री भएपछि एकाएक चर्चामा आइन्। विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री मरिनले मंगलबार शपथ ग्रहण गरेकी छन्।

प्रधानमन्त्री भएपछि कतिपयले उनलाई कसरी काम गर्ने भन्ने सल्लाह र सुझाव दिएका छन्। प्रधानमन्त्री बनेपछि केहीले राम्रो काम गर्न आफूभन्दा अनुभवी र अग्रजसँग सुझाव लिन्छन् त केहीले राम्रो गरोस् भनेरै पनि आफैं सुझाव दिने चलन पनि छ।

विश्वको सबैभन्दा जेष्ठ प्रधानमन्त्रीले पनि सबैभन्दा कान्छी प्रधानमन्त्री सान्नालाई सुझाव दिएका छन्। मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले ३४ वर्षीया सान्नालाई आफूभन्दा ठूलासँग सुझाव लिन आग्रह गरेका छन्।

उनले ‘बूढा मान्छे’ सँग सुझाव लिए राम्रो हुने बताएका हुन्।

‘हामी युवाको आदर्शवादमा विश्वास गर्छौं, तर बूढा मान्छेको अनुभवलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ,’ महाथिरले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘तबमात्रै दुई विचारको मिश्रण हुन्छ र राम्रो हुन्छ।’

२७ वर्षको उमेरमा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भएर राजनितिमा होमिएकी अहिले ३४ वर्षमा फिनल्याण्डकी प्रधानमन्त्री बनेकी छिन्। महाथिर सन् १९८१ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए त्यतिबेला सान्ना जन्मेकी पनि थिइनन्।

सन् २००३ मा प्रधानमन्त्री छोडेका महाथिर सन् २०१८ फेरि मलेसियाका प्रधानमन्त्री थिए।

विश्वकै जेष्ठ प्रधानमन्त्रीले दिए सबैभन्दा कान्छी प्रधानमन्त्रीलाई सुझाव

अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।

लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्। पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ पोर्न फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ। यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्।

तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्‍याउनसक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ। त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन।

न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार९हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।एजेन्सी

पातलि युवतीसँग यौन सम्पर्क राख्दा किन वढी आनन्द आउँछ ?

काठमाडौं– सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए । ‘अब ७–७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।

‘त्यसपछि ट्रायल पास भएकै र नवीकरणका लागि पेश गरेकै दिनमा लाइसेन्स दिन सकिने अवस्था आउँछ,’ उनले भने । यद्यपि, उनले भनेजस्तो ट्रायल पास भएकै दिनमा लाइसेन्स दिन सम्भव भने देखिँदैन, किनभने लाइसेन्सको छपाइ काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा भइरहेको छ । लाइसेन्स वितरण गर्ने जिम्मेवारी देशभरमा दर्जनभन्दा बढी यातायात कार्यालयले पाएका छन् ।

अहिले करिब ९ लाख चालक सबै प्रक्रिया पूरा गरेर लाइसेन्सको प्रतीक्षामा छन् । चालकलाई राजश्व तिरेको बिलका भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । सरकारले लामो समयदेखि स्मार्ट लाइसेन्सको माग धान्न सकेको छैन ।

देशभर लाइसेन्स वितरण भए पनि त्यसअनुसार कार्डको छपाइ गर्न नसक्दा लाखौं सवारी चालक लाइसेन्सविहीन हुन पुगेका छन् । लाइसेन्स छाप्ने ठूलो मेसिन चलाउने प्राविधिकका लागि निर्माता कम्पनीले बोलाएको तालिममा यातायात मन्त्रालयका सहसचिवहरु इटाली पुगेका थिए ।

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

काठमाडौं– काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो ।

सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनका अनुसार कम्पनीले झण्डै २० प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउनेक्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए । उनले भने, “दक्ष जनशक्ति नेपाली र जापानी दुवै हुनेछन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण शुरु भएको हो । कम्पनीले गरिरहेको तयारीका कामसमेत गरी ४२ महीनामा निर्माण सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सुरुङमार्गको निर्माण अघि बढेको छ ।

सो परियोजनाअन्तर्गत नै दुई सुरुङ र दुई ‘फ्लाई ओभर’ निर्माण हुँदैछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर सुरुङको निर्माण हुनेछ । दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु

सुर्खेत– आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका तीन जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटलाई उक्त अवधिमा पूर्ण विद्युतीकरण गरी उज्यालो जिल्ला घोषणा गर्ने लक्ष्य लिएको हो ।

सामुदायिक विद्युत्उ पभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीले पूर्ण विद्युतीकरणको लक्ष्य हासिल गर्न गत आर्थिक वर्षदेखि सुर्खेत र दैलेखमा सामुदायिक विद्युतीकरणमार्फत् विद्युतलाइन विस्तारको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिका तथा सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकामा यो कार्यक्रम लागू छ । चिंगाड गाउँपालिकामा चिंगाड विद्युत् सहकारी संस्थामार्फत विद्युतीकरण कार्य सञ्चालन भइरहेको छ । जाजरकोटमा पनि चालू आवमै सामुदायिक विद्युतीकरणमार्फत विद्युत् सेवा विस्तार गर्ने तयारी थालिएको छ ।

हाल ५३ जिल्लामा लागू भएको सामुदायिक विद्युतीकरण परियोजनामा समुदायको १०,सम्बन्धित स्थानीय तहको १० र सङ्घीय सरकारको ८० प्रतिशत लगानी छ । ‘सरकारको तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य पूरा गर्न विद्युत् प्राधिकरण, सामुदायिक विद्युतीकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आआफ्नो क्षेत्रबाट ऊर्जा उत्पादन तथा विस्तार गरिरहेको अवस्था छ’, अध्यक्ष ज्ञवालीले भने, ‘विद्युत् प्राधिकरण नपुगेको ठाउँमा उपभोक्ताको अग्रसरतामा सामुदायिक विद्युतीकरणको अवधारणा लागू गरेर विद्युत् सेवा विस्तारको काम भइरहेको छ ।’ उनले सुर्खेत र दैलेखमा विद्युतीकरणका लागि करिब रु एक अर्ब लाग्ने बताए ।

सरकारले चालू आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ । सुर्खेतमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विद्युतीय चुलोका अभियन्तासमेत रहनुभएका ज्ञवालीले सरकारले खाना पकाउने एलपी ग्यासमा दिएको अनुदानको सट्टा विद्युत् महशुलमा छुट दिने हो भने उपभोक्ताको पैसा बचत हुने धारणा राखे ।

कर्णालीका तीन जिल्लालाई उज्यालो बनाउने

सिरहा– उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् ।

अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।

आज दिउँसो दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदूर सङ्गठन प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए । ‘मारुति सिमेन्ट व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौँ’, सचिव देवले भने, ‘तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।’

मजदूरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदूरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो ।

मजदूरले आत्महत्या गरेपछि मारुति सिमेन्ट उद्योग बन्द, आज पनि प्रदर्शन जारी

वडा समाचारहरु