सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं – पोर्नस्टारबाट परिचय बनाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार पुनः नेपाल आउँदै छिन् ।

नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी उनी त्यही फिल्मको प्रिमियर शो का लागि नेपाल आउन लागेकी हुन् ।
पासवर्ड फिल्मका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार, उनी बिहीबार दिउँसो काठमाडौं आएर साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो सहभागी हुनेछिन् ।

सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु