शुक्रबार, मङि्सर २७, २०७६
GokarnaNews
OnlineKhabarHub

हिसिला यमी दुर्घटनामा परिन्,नाच्दै गरेको तस्बीर राखेर भट्टराईले लेखे यस्तो स्टाटस

हिसिला यमी दुर्घटनामा परिन्,नाच्दै गरेको तस्बीर राखेर भट्टराईले लेखे यस्तो स्टाटस

काठमाडौं – समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् ।

आइतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ता मुक्त भईसकेको असपताल स्रोतले जनाएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको श्रीमति रहेकी यमी पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले श्रीमति यमीलाई समाजिक संजाल फेसबुक मार्फत नाच्दै गरेको तस्बीर राखेर चाँडै ठिक हुन कामना गरेका छन् । उनले फेसवुकमा लेखेका छन्– ‘विस यू स्पीडी रिकोभरी बडि ।’

सम्बन्धित समाचारहरु

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर्ता गर्न आह्वान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २० मा सकिदै छ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।

को–कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल
पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ । उहाँहरुको आगामी फागुन २० गत कार्यकाल सकिनेछ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुने छ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् । सङ्घीय संसद्को माथिल्लो सभाका रुपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरे पनि कतिपय परिपक्व नभएका राजनीतिक कार्यकर्तालाई स्थान दिँदा संविधानको भावनाअनुरुप सभाको गरिमा कायम हुन नसकेको भनी आलोचना हुँदै आएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रुप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन्। शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

उनले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ,’ मन्त्री थापाले भने।

त्यसैगरी उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राखे।

उनले पछिल्लो समय प्रहरीले प्रशंसनिय काम गरिरहेको समेत बताए। कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो।

गृहमन्त्रीले भने– “प्रहरीको सानो गल्तीले ठूलो रुप लिन सक्छ”

काठमाडौं– समाजवादी पार्टीले पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ । आज बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा त्यस विषयमा छलफल गरि निर्णय लिइने प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोलेमा उसलाई अनुशासनको कारवाही गर्ने विषयमा निर्णय गर्ने उनले बताए ।

विगत केही दिनयता केही मिडियामा नेताको उद्धरण सहित पार्टी एकतामा असर पुग्ने गरी समाचार आएका छन् । त्यस विषयमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल भएको उनले बताए ।

कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् । दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कार्बाही प्रक्रिया अगाडि बढाउने सहमति भएको उपप्रमुख पाण्डेले बताए ।

आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठक बालकुमारीमा बस्दैछ । बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा पनि छलफल हुनेछ । साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे समेत बैठकमा छलफल हुनेछ ।

पार्टीबारे जथाभावी बोल्ने नेतालाई समाजवादी पार्टीले कारवाही गर्ने

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपमा सांगठनिक र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका थिए।

बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको थियो।

सभापति देउवाले पार्टीका विधानमा रहेका २८ विभाग बढाउन लागेको, १४ औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभएकोभन्दै पौडेल र सिटौलाले बैठक बहिष्कार गरेका हुन्।

नेता पौडेल पार्टी कार्यालय सानेपामै भए पनि बैठकमा सहभागी नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पौडेल र सिटौलाबिनै केन्द्रीय समिति बैठक बसिरहेको पनि उनले बताए।

पौडेल र सिटौलाले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौँ– सरकारले भारतसँगको सीमा विवाद समाधानका लागि राजनीतिक र कुटनीतिक प्रयास जारी राखेको जनाएको छ । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले उत्तरी छिमेकी देश चीन र भारत दुवैतिरका सीमा समस्या समाधानका लागि सरकारले आफ्नो तर्फबाट चाल्नुपर्ने कदमलाई जारी राखेको बताए ।

‘सीमा एकीन गर्न मन्त्रिपरिषदले निर्देशन दिइसकेको छ । उत्तरतर्फको सीमा एकीन गर्न हाल मौसमले साथ नदिएकाले मौसम सुधार हुनसाथ प्रकृया अगाडि बढ्छ’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाको भनाइ छ ।

उनले सुस्ता र महेशपुरमा नदीले धार परिवर्तन गरेकाले सीमा समस्या भएको भन्दै सीमाबारे हाम्रो जति चासो छ अर्को पक्षको पनि उत्तिकै चासो रहेको बताए । यद्यपी उनले भारतले गर्दै आएको दावी आफूहरुलाई मान्य नहुने पनि प्रष्ट पारे ।

‘सीमा समस्या समाधान गर्न न्यूनतम सहमति आवाश्यक हुन्छ । साथै राष्ट्रिय, अन्तराष्ट्रिय मुल्य, मान्यता र मापदण्ड पनि हुन्छन् । तिनलाई मान्दै क्रमशः समाधानको बाटोमा जाने हो’, मन्त्री बाँस्कोटाले भने, ‘सबैभन्दा पहिला विवादित स्थानबाटै काम सुरु गर्नुपर्छ ।’

सीमासँगै जोडिएको विशेष दूतका सन्दर्भमा मन्त्री बाँस्कोटाले आफूले पनि मिडियाबाट थाहा पाएको बताए । ‘मिडियाबाटै यो कुरा उठ्यो । मिडियामै चर्चा छ । जो पक्षसँग कुरा गर्नुपर्ने हुन्छ त्यसमा जानकारी गर्नुपर्ने हुन्छ । तपाईँहरुलाई थाहा नै छ यो बीचमा प्रधानमन्त्री बिरामी भएर अस्पताल बस्नुपर्यो अहिले प्रमको स्वास्थ्यमा धेरै सुधार भएको छ’ अब विषय अगाडि बढ्ने भन्दै उनले एकैचोटी मूल तहमा वार्ता गर्दा पोजिसनको कुरा हुनसक्ने भएकाले सत्य र तथ्यका आधारमा ट्रयाक वान, ट्रयाक टु वा मल्टिपल हिसावले सरकारले कुरा गर्न चाहेको बताए ।

‘लिपुलेक र कालापानीको प्रश्न होइन, प्रश्न लिम्पियाधुराको हो । सार्वजनिक बहस भन्दा पनि सम्पूर्ण प्रमाण जुटाउने र एकले अर्काको कुरा सुन्ने वातावरण बनाउनुपर्छ’,मन्त्री बाँस्कोटाको भनाइ छ । लिम्पियाधुराको सीमा समस्या पुरानै विषय भएको दोहोर्याउदै उनले समस्या समाधानका लागि वर्तमान सरकारले इतिहासमै पहिलो पटक डिप्लोमेटिक नोट पठाएको दावी गरे ।

सभामुख चयन प्रकरणमा मन्त्री बाँस्कोटाले संसदको क्षेत्र भएको भन्दै उनले संसदले सक्षम व्यक्तिलाई नै सभामुख बनाउने जवाफ दिए । उनले उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिने–नददिने उनकै विषय भएको भन्दै शिवमायालाई नेकपाले नै उपसभामुख बनाएकाले पार्टीले गरेको निर्णय उनमा पनि लागु हुने बताए ।

सरकारका प्रवक्ता बाँस्कोटाले भने –“लिपुलेक र कालापानी होइन प्रश्न लिम्पियाधुराको हो”

वडा समाचारहरु