जनप्रनिधिले मञ्चबाट बालश्रम र शिक्षामा सबैको पहुँचको भाषण गरिरहँदा,छेऊमै रहेका कलकारखानमा बालबालिका धमाधम गलैचा बुन्न बाध्य

जनप्रनिधिले मञ्चबाट बालश्रम र शिक्षामा सबैको पहुँचको भाषण गरिरहँदा,छेऊमै रहेका कलकारखानमा बालबालिका धमाधम गलैचा बुन्न बाध्य

काठमाडौं – काठमाडौं  ! त्यसमाथि देशको राजधानी ! त्यही देशकै राजधानीमा बलियो पकड सरकारकै, प्रशासनकै, कानुनकै तर काम भन्दा पनि  केही कागजी कानुन र फितलो व्यवहार । किन देशको राजधानीमै कानुन धमाधम उल्लंघन हुन्छन,भएका छन ? सरकार र सम्बन्धीत पक्षले आफ्नो पोजीसन सिहंदरवार, संसद भवनमा मात्रै ! स्थानिय सरकारले नगरपालिका,गाउँपालिका परिषर भित्रै मात्रै त ? यो प्रश्न केन्द्र, प्रदेश र स्थानिय सरकारलाई । एउटा यस्तो प्रसंग्ग जोड्न खोज्दै छौं । सिहंदरवार , कानुन मन्त्रालय,श्रम मन्त्रालय, प्रहरी हेडक्वाटर देखी अन्य प्रशासनिक निकाय भन्दा करिब १० /१५ किमि टाढा रहेको काठमाडौंको पूर्वी क्षेत्र गोकर्णेश्व नगरपालिका भित्र रहेका अधिकांश गलैचा कारपेट कारखानले ९ /१० बर्षका बालबालिकालाई श्रममा लगाइरहेको भेटिएको छ । सरकारले ४० औं राष्ट्रिय दिवस धुमधाम सँग मनायो,केन्द्रीय सरकार सिंहदरवार देखी करिव १५ किमि क्षेत्रमा भने केही बालबालिका हातमा कलम कापी होईन, गलैचा बन्ने धागो र सियो समाइरहेको भेटियो । देशभरका बालवालिकालाई शिक्षाको ज्योतीबाट बञ्चित कोही नहोस भन्दै माध्यमिक तह सम्मको शिक्षा निशुल्क पनि सरकारले बनाएको छ । एकातिर निति बनेका छन् अर्का तिर बालबालिका पढ्ने उमेरमा गलैचा बन्दै गरेका दृश्य र दृष्टान्ट भेटिदै गएका छन् । सँगै सरकारले श्रममा लगाउने समेत उमेरको हदबन्दी तोकेको छ । १४ बर्ष भन्दा मुनीका बालबालिकालाई श्रममा लगाउन नपाउने कानुन मा लिपिबद्धन्ैछ । श्रमीकहरुको न्याय मुत्ति, र बालश्रमलाई निषेध लगाएतका ठुला ठुला भाषण र गफ छाट्ने विभिन्न दलमा आबद्ध मजदुर संगठन पनि नभएका होईनन् तर किन यस्ता बालबालिका सम्म आँखा पुग्दैनन् ? किन कानुनलाई व्यवहारमा उर्तान सकिदैन त ? सरकारको काम गर्ने परिपाटी र अनुगमन गर्ने निकाय किन सुस्त छ यावत प्रश्नहरु जन्मिएका छन् ।

गोकर्णेश्वर नगरपालिका भित्र यस्ता अधिकाशं कारखानाले बालश्रम प्रयोग गरिरहेका छन् । विभिन्न जिल्लाहरुबाट कुनै ठेकेदारले ठेक्कामा बालबालिका ओसार्ने र कारखाना साहूहरुलाई दिने र ठेक्कामा काम लगाउने गरेको भेटिएको छ । गरिब तथा विपन्न परिवारका छोरा छोरीहरुका आमा बाबुलाई घरमा केही रकम दिने र बालबालिका बोकेर काठमाडौं छिर्ने काम हुँदै आएको समेत फेला परेको छ ।त्यस्ता बालबालिकाहरुमा सर्लाही,हेटौडा, नुवाकोट, धादिङ , रामेछाप, दोलखा, काभ्रे लगाएत काठमाडौं आसपासका जिल्लाहरुका बालबालिका रहेका छन् ।
उनीहरुलाई ठेक्कामा काम लगाउने एउटा ठेकेदार हुन्छ भने काम गराउने अर्को ठेकोदार,वा भनौ बालबालिका किन बेचनै गरेको अवस्था देखिन्छ । यतिसम्मकी केही बालबालिकालाई कारखान भन्दा बाहिर समेत जान नदिने गरेको स्रोत बताउछ । किनकी घरमा बाबु आमालाई रकम दिएको त्यो ठेकेदारले काम गरेर पैसा नउठाएसम्म कतै जान दिदैनन् । ति बालबालिकाहरुले रकम पाउने पनि उनीहरुले कत्ति बुन्न सक्छन त्यसका आधारमा पैसा दिने गर्छन । नकी सरकारले तोकेको मजदुरहरुको न्युनतम पारिश्रमिक भन्दा पनि कम कमाइहुने गरेको देखिन्छ । केही बालबालिकाहरुलाई हामीले एक महिनाको कति कमाउन सकिन्छ भन्ने प्रश्नमा, करिब ११ बर्षीक बालकले जम्मा ७ /८ हजार कमाउन सक्ने बताए । उनले भने ‘जति काम गर्न सकियो त्यसैका आधारमा साहुले तलव दिन्छ ।’ अर्को प्रश्न थियो कति उमेरको भयौं ? त्यसमा उनले भने १७ बर्षको भए । तर ति बालक १७ नभई १०/ ११ का मात्र देखिन्थे । अन्य बालबालिकालाई पनि यसै गरि सोधियो , उनीहरुको जवाफ पनि १६, १७ र १८ सम्मनै थियो । त्यो उनीहरुलाई आफ्नो उमेर साहुँले त्यही भन्न लगाउदो रहेछन् । उमेर अनुसार कोहीलाई १६ कोही लाई १५ त कोहीलाई १८ . उमेर फरक भन्नुपर्छ बाहिरको कोही आएर सोध्यो भने यति भन्नु भनेर ठेकेदार र कारखाना साहुँहरुले रटान लगाउँदा रहेछन । केही ९ बर्षका बालबालिका भए । उनीहरुलाई लुक्न समेत लगाईदो रहेछ । यस्तै यस्तै …

विभिन्न जिल्लाहरुबाट कुनै ठेकेदारले ठेक्कामा बालबालिका ओसार्ने र कारखाना साहूहरुलाई दिने र ठेक्कामा काम लगाउने गरेको भेटिएको छ । गरिब तथा विपन्न परिवारका छोरा छोरीहरुका आमा बाबुलाई घरमा केही रकम दिने र बालबालिका बोकेर काठमाडौं छिर्ने

केही कारखानाका संचालकहरुलाई किन बालश्रम प्रयोग गरेको भन्ने प्रश्नमा उनिहरुको जवाफ भने आफुहरुले नल्याएको आमा बाबुहरुसँग आउने गरेको बताए । तर केही प्रश्न उत्तरकै क्रममा उनिहरु बाबु आमासँग नभई त्यहाँ काम लगाउन घरबाट अन्य ठेकेदारले ल्याउने गरेको र उनिहरुलेनै पैसा के कति आफै दिन्छन त्यसमा हाम्रो जिम्मा नहुने बताए । हामी त बुनाईका आधारमा उसैलाई रकम दिने हो । हामीले बालवालिका प्रयोग नगर्न भन्दै आएका छौ । भएका भए पनि काममा लगाउदैनौ भन्दै जोगिन खोजे । तगत्तै केही समयमै हामी गोकर्णेश्वर नगरपालिका वडा ५ नारायणटारमा रहेको कान्छी माया श्रेष्ठले संचालन गरेको गलैचा कारखानामा पुग्यौ । त्यहाँ केही ९ , १० बर्ष देखी २५ बर्ष सम्मका कामदार भेटिए । संचालक श्रेष्ठलाई तपाईको कारखानको नाम के हो भन्दा उनको जवाफ , कान्छीमाया श्रेष्ठको कारखान भनेपछि सबैले चिन्छन भन्ने उत्तर आयो ।तेति मात्र होईन उनले संचालन गरेको त्यो कारखाननै दर्ता छ वा छैन भन्ने प्रश्न समेत उब्जीएको छ । उनलाई दर्ता गरेको छ वा छैन भन्ने सम्म थाहाँ छैन , यहाँका फाईल सबै वकिलले लगेका छन , मलाई केही थाहाँ छैन भन्ने उनको जवाफ थियो । सँगै कारखानामा काम गर्न सरसफाईको हिसावले कन्त विजोक रहेको पाइएको छ ।, जहाँ अध्यारा कोठा त्यसमाथि फोहर । गोकर्णेश्वर नगरपालिका भित्र रहेका धेरै यस्ता कलकारखानका अवस्था यस्तै छ ।


यता हिजो गोकर्णेश्वर नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस धुमधामले मनाए । जनप्रतिनिधि, कर्मचारी विभिन्न संघ संस्थाहरुले खादा र माला लगाएर मञ्चबाट उद्घोष गरे । सबैको पहँुचमा शिक्षा पु¥याउनु पर्छ । केन्द्र सरकार , स्थानिय सरकारले शिक्षामा लगानी गरेको छ । यस्ता यावत भाषण र बोली मञ्चबाट धन्किए तर यि जनप्रतिनिधि स्थानिय सरकारका प्रमुख , उपप्रमुख र विभिन्न शिक्षा सम्बन्धी काम गर्ने भन्दै खोलिएका संस्थाले यसै क्षेत्रमा रहेका यि बालबालिकाहरुको अवस्था भने देखेनन् वा देखेपनि चासो दिएनन् । वा भनौ शिक्षाको लागी भन्दै छुट्याइएका रकमहरु यस्तै खादा र माला लगाउँदै व्यानर टाग्दै स्टेजबाट भाषण दिएर सकाईरहे त्यो सम्बन्धीत पक्षलाई नै थाहाँ होला । तर नगरपालिका भित्र रहेका यस्ता बालबालिकाहरुलाई उद्धार गरी शिक्षाको ज्योती दिने तर्फ स्थानिय सरकार सम्बन्धीत निकाय लाग्नु पर्नेमा त्यस्तो देखिएन । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस मनाईरहँदा भने यि बालबालिका बाल श्रमीक बन्न बाध्य छन । उता नेता जनप्रतिनिधि बालश्रम लगाउन पाईदैन, शिक्षामा सबैको पहँच पुग्नुपर्छ भन्दै भाषण गर्दै गर्दा त्यही नजिकै रहेका कलकारखानामा भने बालबालिका कमल कापी र शिक्षाको कुरा गर्दै थिएनन्, गर्दै थिए त गलैचा बुन्ने धागो र सियो को । जनप्रनिधिले मञ्चबाट भाषण गर्ने मात्र हो वा अनुगमनमा गएर , समस्या के हो समाधान कसरी निस्केला भन्ने तर्फ जानु पर्नेमा दिनुहँ रिवन काट्ने, माला लगाउने र खादा लगाउने काममा मात्र व्यस्त हुँदा यि यस्ता गरिब , विपन्न बालबालिका र जनताका पक्षमा कहीले काम गर्ने त ? आफैले बनाएका निती नियम कत्ति फलदायी वा कार्यन्वयन होला त भन्ने तर्फ ध्यान कहिले जाने त ? के सिहंदरवारको अधिकार गाउँगाउँमा ,शिक्षामा सबैको पहँचु ,सारक्ष नेपाल,गाउँगाउँमा विकास भन्ने नारा वा सरकारको आनलाई यी यस्ता तस्विर र घटनाक्रमले गिज्जाइरहेन र ?

वडा समाचारहरु

सम्बन्धित समाचारहरु