१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ

१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ

काठमाडौं– १ हजार रुपैयाँ घुससहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरुषेत्तम पोखरेल र सहजकर्ता केदार प्रसाद न्यौपाने १ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरेलाई १ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पोखरेलले सहजकर्ता (कर सहयोगी) केदार प्रसाद न्यौपानेबाट १ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारको टोलीले घुस लिने पोखरेल र दिने न्यौपानेलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु