मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

महिलालाई पुरै निर्वस्त्र भएर काम गर्ने जागिर खुल्यो,जहाँ चप्पल र पञ्जा मात्र लगाउन पाइने नियम

एजेन्सी – लण्डनको एक कम्पनीले हालै प्रकाशित गरेको विज्ञापनले सबैलाई आश्चर्य चकित बनाएको छ ।

प्रकृतिवाद तथा सरसफाइसम्बन्धी सेवा दिने बेलायतको कम्पनी नेचुरिष्ट क्लिनर्सले यस्ता महिला कर्मचारीका लागि विज्ञापन खोलेको हो । जसले निर्वस्त्र भएर निजी घरहरूको सरसफाइ गर्नेछन् । सफाइको कामका बेला ती महिला कामदारहरूले चप्पल र पञ्जा मात्र लगाउन पाउने नियममा उल्लेख छ ।

सबै उमेर र साइजका महिलाहरूले दरखास्त हाल्न पाउने कम्पनीले सूचनामा उल्लेख गरेको छ । जागिरमा छनोट हुनेले घण्टाको ६ हजार रुपैयाँका दरले तलब पाउनेछन् ।

‘महिला प्राकृतिक सरसफाइकर्ताको खोजीमा छौँ, जसले निर्वस्त्र भएर निजी घरहरूको सफाइ गर्नेछन्’, विज्ञापनमा भनिएको छ ।

‘उनीहरूले धुलो बढार्ने, भ्याकुम लगाउने, बगैँचामा पानी हाल्ने, ओछ्यान मिलाउने, वासिंग मेसिन प्रयोग गरेर कपडा धुने, आइरन गर्ने तथा झ्याल सफा गर्ने जस्ता सफाइ सम्बन्धी सबै काम गर्नुपर्नेछ’, विज्ञापनमा भनिएको छ ।

कम्पनीले निर्वस्त्रवादलाई समर्थन गर्ने न्यूडिस्ट कम्युनिटीका सदस्यहरूलाई प्राथमिकताका साथ सेवा दिनेछ । कामदारहरूलाई छुन भने नपाउने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले तीन प्रकारका सेवा दिँदै आएको छ । एउटामा कामदार निर्वस्त्र हुन्छन् । अर्कोमा घरधनी निर्वस्त्र हुन्छन् । अर्कोमा दुबै नै निर्वस्त्र हुन्छन् ।

यो कम्पनी दुई वर्ष पहिले स्थापित भएको हो । अहिले लन्डन बाहिर पनि सेवा प्रवाह गर्न थालिसकेको छ ।

कम्पनीकी संस्थापक लाउराले निर्वस्त्र सफाइ व्यवसाय न्यूडिस्ट समुदायका लागि भएको भन्दै यसमा यौनसम्पर्कको कुनै छनक नरहेको दाबी गरेकी छिन् ।