पहिलो पटक अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुँदै

पहिलो पटक अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुँदै

काठमाडौं – पहिलो पटक अनलाइन मार्फत शेर्पा उद्घोषण प्रतियोगिता हुने भएको छ ।

परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान ,यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान भन्ने मुल नारा सहित शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता गर्ने भएको हो ।

शेर्पा भाषा, कला संस्कृतिको संरक्षण र विकासमा टेवा पुग्ने र विज्ञान र प्रविधिको युग(age of technology) युवा पुस्तामा पनि शेर्पा परम्परागत भाषा धर्म सस्कार संस्कृतिहरुको संचार गराउने र समय परिस्थिती अनुसार शेर्पा संस्कृतिको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने आशाका साथ प्रथम अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

उद्घोषण प्रतियोगिताले शेर्पा युवाहरुलाई प्रोत्साहित  र नयाँ अनुभव समेत हुने भएकोले यस्तो प्रतियोगिता राखिएको जनाइएको छ । शेर्पाहरुको संस्कृति, पहिचान र विविध संस्कृति मुल्य र मान्यताहरुलाई सदैब जीबन्त राख्ने र जसको समुचित विकास गराउने उद्देश्य लिइ नेपालमै पहिलो पटक प्रथम शेर्पा अनलाइन उद्घोषण प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकको भनाई छ ।

प्रतियोगितामा सहभागीहुन प्रतियोगिहरुले विभिन्न शर्त,नियम र परिधिमा रहेर प्रतियोगितामा भाग लिन पाउँने छन ।जसमा सहभागी हुनका लागि शेर्पा भाषामा कार्यक्रम संचालन तथा उद्घोषण गरि रेकर्ड गरिएको भिडियो शेर्पा इभेन्ट अर्गनाइजर(sherpa event organizer)को फेसबुक पेजमा एसएमएस गर्नु पर्नेछ । भिडियो बढिमा ३ मिनेट सम्मको हुनु पर्नेछ भने शेर्पा भाषा वाहेककको अन्य भाषामा प्रस्तुत गरिएको भिडियो प्रतियोगितामा सहभागी गराईने छैन साथै शुद्ध शेर्पा भाषामा रेकर्ड गरिएको भिडियो क्लिप सहित आफ्नो परिचय समेत खुलाउनु पर्ने छ । उक्त भिडियो क्लिपलाई जस्ताको तस्तै प्रतिस्पर्धामा सहभागी गराईने छ । प्रतियोगिताको विजेताले २२ हजार २ सय २२ नगद रकम जित्ने छ ।
प्रतियोगिलाई प्रथम छनोट गर्ने तरिका मध्ये ४० प्रतिशत लाइक(Like), कमेन्ट(Comment), र सेयर(Share)बाट गरिने छ भने २० प्रतिशत भ्युज(View)बाट, २० प्रतिशत शुद्व शेर्पा भाषाबाट र २० प्रतिशत कार्यक्रम प्रस्तुत एवम् सम्बोधन गर्ने शैली र भेषभुषाबाट गरिनेछ ।
प्रतियोगितामा सहभागीको खुल्ला प्रतिस्पर्धा रहनेछ । प्रतियोगितामा भाग लिन स्वदेश तथा बिदेशबाट अनलाइन मार्फत सहभागी हुन पाइने छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु