मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

न्यू लाइट इन्टरनेशनल मेनपावरको यस्तो ठगी धन्दा

"५५ हजार तलव पाइन्छ भन्दै प्रलोभना पारी कतार पठाएर कामदारलाई ५ महिना सम्म तलव विहिन''

काठमाडौ – सामाखुशीमा रहेको न्यु लाइट इन्टरनेशनल प्राइभेट लिमिटेडले वैदेशिक रोजगारीमा पठाउँदै ठगी धन्दा गर्ने गरेको भेटिएको छ । विभिन्न प्रलोभनमा पारी काभ्रे,चौरीदेउराली गाँउपालिका घर भएका सहदेव शिव भक्ति, उदयपुर घर भएका नन्द बहादुर धिमिरे र सर्वण धर्ती मगर लाई गत बैशाखमा कतारको एक कम्पनीमा सुपरमार्केटमा काम लगाउने भन्दै नेपालबाट उडायो । करिव २ लाखँ बरावरको रकम एजेन्ट मार्फत मेनपावरलाई बुझाए । ५५ हजार सेलरी र सुपरमार्केटको जागिर खानेमा मख्ख थिए यि तिन युवा । गाँउका सोझा युवाहरुलाई के थाहा मेनपावर र एजेन्टले ठगी गर्दैछ । हामी ठगीमा पर्दैछौकी भन्ने उनिहरुलाई कल्पना समेत भएन । एजेन्ट र मेनपावरका मख्ख पार्ने कुरामा उनिहरु फसेको थाहै पाएनन् । उनीहरुको श्रम लगाएतका कुरा सामाखुशीमा रहेको न्यू लाइट इन्टरनेशनल प्राइभेट लिमिटेड मार्फतनै भयो । भिषा लाग्या । उनीहरु मेनपावर कार्यालय पुगेर १ लाँख ८० हजार नगद रुपँैया बुझाए । अनपढ ति युवाहरु उनीहरुले गर्ने काम,कम्पनि,भिषा लगाएतका कुरा नबुझी मेन पावर र एजेन्टको कुरामा विश्वास गर्दा अहिले कतारमा आशुको भेल बगाउँदै बस्दैछन् काभ्रेका सहदेव ।घरको आर्थिक अवस्था कमजोर भएका कारण विदेशीएर एकसरो लाउँला र परिवार पालौला भन्ने सोच र सपना बुनेर कतार हानिएका सहदेव अहिले कतारमा १६ घण्टा काम गर्न बाध्य छन् तर ५ महिना भयो अहिले सम्म एक रुपैँया पाएका छैनन् ।

नेपालबाट गएका यि तिन युवाहरुलाई उता काममा लगाउने मान्छे नवल राई रहेछन । उनी कतारतिर सेटिङ गराउने एजेन्ट रहेछन् । उनले यि तिन युवाहरुलाई करिव एक महिना सम्म डरामै राखे । एक महिना काममा लगाईएन । राईकोे काम भनेकै विभिन्न कम्पनी परिवर्तन गराउँदै काममा लगाउने तर पैसा भने नदिने धन्दा गर्दा रहेछन । यता मेनपावरको लागी अर्थात भिषा खसाल्ने काम उनैको माध्यमबाट हुँदो रहेछ । यस्तै भिषा निकाल्ने र काममा लगाए वापत उनलाई नेपाली २० हजार छुट्टै नेपालबाट कामदारलेनै लगेर दिर्नुपर्न सर्त रहेछ । यि तिन युवाहरुले ५५ हजार कमाई र सुपरमार्कटको जागिरलाई सम्झरे २० हजार दिन तयार भए र त्यहाँ पुग्न वित्तिकै राईका हातमा २० हजार पनि थमाए । तर एक महिना पछि उनीहरुलाई सुपर मार्केटको जागरि नभई होटलमा भाडामाज्ने र सरसफाई गर्ने काममा पो लगाए । ति पिडित धिमिरे र सहदेवले सोचे काम जे भएपनि गरौं नेपालबाट ऋण काडेर ल्याएको ऋण तिरुन्जेल बसौं र काम गरौं भन्ने सोचे तर काम १६ /१८ घण्टा रातभर काम लगाउन थालेपछि सहदेव सँग गएका नन्द बहादुर करिव २० दिन त्यही १८ घण्टा काम गरे एक रुपैँया पनि पाएनन् । उनले नेपाल आउने निधो गरे । केही समय त उनीहरुलाई विभिन्न धम्कीका भाषा प्रयोग गर्दै त्यही बस्न बाध्य पारे तर नन्द बहादुर भने ऋण खोजेर भएपनि नेपाल फर्किने सोचे र नेपाल पर्किए । तर सहदेव भने घरको आर्थिक अवस्था सम्झेर तलव पाउने आशामा ५ महिना सम्म रातदिन काम गरिरहेका छन । तर उनले अहिले सम्म एक रुपैयाँ पाएका छैनन् । दिनहुँ पैसा दिने आशा र प्रलोभनमा पार्ने काम नवल राईले दिएकै छन् । तर पैसा दिने छाटकाट भने देखिएको छैन । घर आउँ जादा लागेको ऋण कसरी तिर्नु के बाट तिर्नु भन्ने पिरलोमा उतै तलव पाउने आशामा दिन काट्टै छन् ।

कतारबाट फोन सम्पर्कमा आएका सहदेव भन्छन ‘पैसा पाए लागेको ऋण तिर्ने स्थिती बने तलव आए नेपाल आउने थिए । नेपाल आउन सक्ने स्थिती छैन । ऋण घन गरेर १ लाखँ ८० हजार तिरेर कतार आयौं तर यहाँ नारकीय जिवन जिउन बाध्य छु । १८ घण्टा काममा लगाईएको छ । तलव आउने आशमा ५ महिना काटिसक्यो । नवल राईले सधै केही दिनमा दिने भन्दै झुलाउँछन, दुतावास जान डकुमेन्ट छैनन् । मेनपावर कम्पनीले यसरी ठग्ला र यस्तो अवस्थामा पु¥याउला भन्ने सोचेको थिएन ।यस्तै विलौना गर्दै छन् सहदेव ।

यता धिमिरे नेपाल पर्किएपछि उनलाई मेनपावरबाट जम्मा ८७ हजार पाएका छन् । पाउनु पर्ने १ लाँख ८० हजारमा जम्मा ८७ हजार पाएका छन् । अरु पैसा भने हामीलाई थाहा भएन भन्दै एजेन्ट तिर जान लगाउँछ । एजेन्ट सम्पर्कमा छैनन् । सहदेव र धिमिरेलाई मेनपावर पु¥याउने एजेन्ट विष्णु तामाङ र विजय मोक्तान हुन । उनिहरु पनि केही समय सम्पर्कमै थिए तर अहिले भने उनिहरुका नत फोन लाग्छन नत कुनै सम्पर्कनै । उता सहदेव विदेशमा आशु बगाँउदै छन् भने यता धिमिरे पैसा फिर्ता आउने आशामा दिनरात मेनपावरको ढोका ढकढकाउन गएकै छन । मेनपावरले भने नत सहदेवको नत उनको कुरा सुनुवाई गरेको छ । केही समय अघि सहदेवका दाजु मेनपावर पुगेर सोही मेनपावरका अध्यक्ष भुमी मगरसँग यसबारे कुरा गरे । उनको आश्वासन थियो सहदेवको समस्या हल गर्ने र त्यसबारे नवल सँग बुझेर कुरा गर्ने बाचा राखे तर महिना दिन भयो नत कुरा बुझे नत भाईका बारेमा नत तलव र नेपाल ल्याएर पैसा पिर्ता गर्ने काम गरे । बरु विस्तारै धम्काउने र आफुहरुको जिम्मा नभएको भन्दै तर्किन लागेका छन् । उनैको मेनपावरबाट मान्छे उडाईएको छ ,उनकै मेनपावरबाट सबै डकुमेन्ट बनेर कतार पठाईएको छ तर संचालक मगर भने आफ्नो जिम्मा नभएको भन्दै तर्किदै गएका छन । उनलाई बारम्बार फोन सम्पर्क गर्दा भने उनले फोन विजी बनाएर फोन राखेको सहदेवका दाईले बताए । केही दिन सम्म सम्पर्क हुँदै थियो तर अहिले उनी कुनै माध्यमबाट पनि सम्पर्कमा आएका छैनन , बरु उल्टै फेसवुक र ह्वाटसपबाट समेत व्लक गरेको बताए । उनलाई हामीले पनि सम्पर्क गर्न खोज्दा उनको फोन विजी मोडमा राखिएको पाएका छौं । यसरी मेनपावरका नाममा कसैको जिन्दगी र श्रममाथि खेडवाल गर्ने र कसैलाई आशुको रहमा डुबाउने अधिकार कसैलाई छैन । पिडामा परेका पिडितलाई अविलम्ब न्याय र त्यो अवस्थाबाट फर्काउने काममा मेनपावर लागोस, अन्याथा कसैलाई ठगी गरेर आफुहरु नेपालमा रमाउने र धन्दा जलाउनेलाई कानुनको दायरामा ल्याउन जरुरी छ ।