लिभरपुलद्धारा आर्सनल ३ –१ ले पराजित,सालाहाले गरे दुई गोल

लिभरपुलद्धारा आर्सनल ३ –१ ले पराजित,सालाहाले गरे दुई गोल

काठमाडौं –इङ्गलिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई हराएको छ ।

गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भयो । उसका लागि मोहोमद सालाहाले दुई गोल गरेभने जोएल माटिपले एक गोल गरे ।

पराजित टोली आर्सनलका लुकास टोरेराले एक गोल फर्काए । जितसँगै लिभरपुलले लिग तालिकाको अग्रतालाई फराकिलो पारेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले नरिच सिटीलाई ३–२ ले हराएको छ ।

नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरे ।

नरिचका टिमु पुक्की र टेड क्यान्टबेलले एक एक गोल गरे । नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो पहिलो लिग जित हो ।

लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको छ ।

यसैगरी वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हराउँदा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले तथा साउथह्याम्पटनले ब्राईटनलाई २–० ले पराजित गरे ।

प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । साविक विजेता म्यान्चेस्टर सिटीले बर्नमाउथसँग खेल्दा टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्ले भिड्नेछन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु